न्यूटनलाई यू–१८ पुरुष भलिबलको उपाधि

प्रकाशित मिति: २१ कार्तिक २०७४, मंगलवार

राजेश थापामगर
काठमाडौं, २१ कात्तिक । बालुवाटरको न्यूटन हाईस्कुलले प्रथम प्याब्सन यू–१८ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाईनल खेलमा न्यूटनले नुवाकोटको बुङताङ भलिबल टोलीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

नयँँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरमा भएको फाइनल खेलमा न्यूटनले बुङताङ भलिबल टिमलाई पहिलो सेट २५–२०, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१७ को स्कोरमा पराजित ग¥यो । उपाधि विजेता न्यूटनले नगद रु एक लाख, उपविजेता बुङताङले नगद रु ६० हजार तथा संयुक्त रुपमा तेस्रो भएका थ्रीस्टार एकेडेमी काठमाडौं र कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले नगद रु ३५ हजार हात पारे ।

सर्वोत्कृष्ट खेलाडी भएका न्युटन स्कुलका अजय सुनारले नगद रु ५ हजार प्राप्त गरे । यसैगरी विधागततर्फ उत्कृष्ट स्पाइकरमा बुङताङका आशिस मगर, डिफेन्डरमा बुङताङकै जहिल तामाङ, सेटरमा न्यूटनका छामकुमार कुँवर, ब्लकरमा न्यूटनकै हरि घर्तीमगर र सर्भरमा न्यूटनकै ओमप्रसाद घिमिर घोािषत भए । उत्कृष्ट सबैले नगद रु ३/३ हजार प्राप्त गरे ।

नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को मुख्य प्रायोजनमा पहिलो पटक आयोजना भएको यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ १६ र पुरुषतर्फ २३ टोलीको सहभागिता रहेको थियो । महिलातर्फको उपाधि भने न्यु डायमण्डले जितेको थियो ।

कात्तिक १२ गतेदेखि सुरु भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २४ महिला र २४ पुरुष छनोट गरी यू–१८ को राष्ट्रिय टोली निर्माण गरिने छ । नेपाली टोलीले आगामी चैतमा माल्दिभ्समा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउँनेछ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट