विविध
प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार उदयपुर, २४ मंसिर । उदयपुर जिल्लाका सामुदायिक तथा सरकारी विद्यालयमा अधिकांश शिक्षक तथा शिक्षिका जिल्लाको सहरी क्षेत्र र सुगम क्षेत्रका विद्यालयमा केन्द्रीकृत हुन थालेपछि दुर्गम क्षेत्रका विद्यालय खाली हुन थालेका छन् । जिल्ला शिक्षा कार्यालय, उदयपुरका अनुसार अहिले जिल्लाको सहरी क्षेत्रका विद्यालयमा विद्यार्थीको सङ्ख्याभन्दा शिक्षक तथा शिक्षिकाको सङ्ख्या धेरै रहेको छ । […]


प्रकाशित मिति: २३ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार धनगढी, २३ मंसिर । । खाद्य सुरक्षाको अवस्था कमजोर रहेका कैलाली जिल्लाका मुक्त कमैया, बादी, कम्लरी, हलिया, सुकुम्बासी, दलितका साथै, बाढी तथा पहिरोपीडित नागरिकको खाद्य सुरक्षाको सवाललाई सबै सामु ल्याई सरोकारवाला निकायको ध्यानाकर्षण गर्ने उद्देश्यले जिल्ला खाद्य अधिकार सञ्जाल कैलालीको पहलमा धनसिंहपुर देखि धनगढीसम्मको किसान मार्च २०७३ (जागरण अभियान) सुरु गरिएको छ […]


प्रकाशित मिति: २३ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार हेटौँडा, २३ मंसिर । परम्परादेखि  जीविकोपार्जनका लागि आधारभूत आवश्यकताको माग राख्दै आफ्नो परम्परागत पेसा रोक्न नहुनेमा   मकवानपुरको मनहरि गाविसका बोटे समुदायले जोड दिएका छन् । रमौली प्रतापपुरमा बस्दै आएका उनीहरुले आफ्नो परम्परादेखि  जीविकोपार्जनका लागि आधारभूत आवश्यकताको माग राख्दै आज पर्सा वन्यजन्तु आरक्षणको कार्यालयमा मागपत्र बुझाएका हुन् । दैनिकी गुजाराका लागि जंगली […]


प्रकाशित मिति: २३ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार जाजरकोट, २३ मंसिर ।  जाजरकोट जिल्लाको डाडाँगाउँ–१ पालिका का महिला बजेटको जोहो गर्दै आफै गाउँको बाटो निर्माणमा जुटेका छन् । पुरुष कमाईका लागि भारततिर गएका कारण महिला मात्र बाटो निर्माणमा जुटेको उनीहरू बताउँछन् । रुकुमको भल्म जोड्ने भेरी नदी पुलदेखि पालीको ठूला गाउँ सम्मको बाटो निर्माणका लागि नमुना हरियाली महिला सहकारी र स्वास्थ्य आमा समूहका […]


प्रकाशित मिति: २३ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार भक्तपुर, २३ मंसिर । पहिलो चरणअन्तर्गत खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको भक्तपुरमा पूर्ण सरसफाइ अभियानअन्तर्गत दोस्रो चरणको खानेपानी तथा सरसफाइ कार्यक्रम सञ्चालन हुने भएको छ ।  अभियान सञ्चालनका लागि खानेपानी मन्त्रालयअन्तर्गतको ग्रामीण खानेपानी तथा सरसफाइ विकास कोषले जिल्ला विकास समिति भक्तपुर, जिल्लाका चार नगरपालिका र सहयोगी संस्थाबीच रु छ करोड २० लाख […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार म्याग्दी, २२ मंसिर । म्याग्दीकी एकजना मिर्गौला रोगीको उपचारका लागि बेलायतबाट करिब दुई लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । ताकम–४ की २७ वर्षीया इन्द्रा खत्रीको उपचारका लागि म्याग्दी प्रवासी नेपाली संघ ९मोना० बेलायतले एक लाख ९५ हजार ७७५ रुपैयाँ सहयोग गरेको हो । ओमकुमारी शान्ति कोषले मङ्गलबार बेनीमा आयोजना गरेको कार्यक्रममा […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार धनकुटा, २२ मंसिर । नेपालभर व्यावसायिक शिक्षाको माग उच्च भएको बेला प्राविधिक शिक्षा सञ्चालन भएका सामुदायिक विद्यालयका शिक्षकको भेला सुरु भएको छ । मङ्गलबार धनकुटाको पाख्रिवासस्थित जाल्पादेवी माध्यमिक विद्यालयमा सुरु भएको भेलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष डा कुलबहादुर बस्नेतले नेपालमा प्राविधिक शिक्षा व्यावसायिक शिक्षाको माग उच्च भएपनि महँगो […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार बनेपा, २२ मंसिर । बनेपा हुँदै बहने पुण्यमाता खोला र आसपासको क्षेत्रलाई प्रदूषणमुक्त बनाउन सरोकार भएकाले गुरुयोजना बनाएर अघि बढ्न सुझाव दिएका छन् । काठमाडौं विश्वविद्यालयको वातावरण विभागका विद्यार्थीले मङ्गलबार धुलिखेलमा आयोजना गरेको पुण्यमाता सरसफाइ छलफल कार्यक्रममा उनीहरूले सो सुझाव दिएका हुन् । केयुका चार विद्यार्थीले सुरु गरेको अभियानलाई हौस्याउँदै उनीहरूले पुण्यमाता […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार उदयपुर, २२ मंसिर । जिल्ला अस्पताल उदयपुरमा दुई महिनादेखि प्रसूतिसम्बन्धी चिकित्सक नहुँदा अस्पतालमा प्रसूति सेवाका लागि आउने बिरामीले दुःख पाउन थालेका छन् । दुई महिनादेखि अस्पतालमा प्रसूति सेवाको चिकित्सक नभएपछि अहिले प्रसूति सेवाका लागि अधिकांश बिरामीले शल्यक्रिया सहितको सेवा लिन दशौँ हजार खर्च गरेर विराटनगर तथा धरान जान बाध्य हुनु परेको बिरामीका आफन्त […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार जाजरकोट, २२ मंसिर । जुम्लाको सिमानासँग जोडिएको रोकायगाउँको पारामुल्साम र मुलसामका स्थानीयवासी फोन गर्न चारघन्टा हिँड्नुपर्ने बाध्यता रहेको छ । जिल्लाको अति विकट बस्ती मध्येमा पर्ने यी दुई गाउँका स्थानीयवासीले देशमा जुन व्यवस्था आएपनि आफूहरूलाई छुन नसकेको बताउने गरेका छन् । रोकायगाउँ–१ र २ पर्ने यी दुई गाउँका स्थानीयवासी चारघन्टा हिँडेर रम्सिल […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार म्याग्दी, २२ मंसिर । केही वर्षअघिसम्म मंसिर–पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा दुई वर्षयता लालुपाते फुल्नै छोडेको छ । माटोमा अम्लीयपना बढ्नुका साथै तापक्रम वृद्धिको असरका कारण फूल फुल्ने र बाली पाक्ने समयमा समेत परिवर्तन आउन थालेपछि यस्तो समस्या देखिएको वन तथा वातावरणको क्षेत्रमा काम […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार सप्तरी, २२ मङ्सिर । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको माग गर्दै विगत १५ दिनदेखि नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले आमरण अनशन बसेका छन् । उनको समर्थनमा मङ्गलबार राजविराजमा विद्यार्थीले ऐक्यबद्धता जनाउँदै प्रदर्शन र्यालीसमेत गरेका थिए । सदरमुकाम राजविराजमा रहेका विभिन्न विद्यालय र कलेजका विद्यार्थीले तिवारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार मोरङ, २२ मंसिर । विराटनगर उपमहानगरपालिका र बैजनाथपुर गाविस जोड्ने गरी सिङ्घिया खोलामा निर्माण गरिन लागेको पक्की पुलको मङ्गलबार शिलान्यास गरिएको छ । पूर्वअर्थमन्त्री तथा सांसद महेश आचार्यले पुलको शिलान्यास गरेका हुन् । पुल निर्माण भएपछि बैजनाथपुर, झोराहाट, खुनियाकटाका बासिन्दाले सुविधा पाउने र सवारी आवतजावतमा समेत सहज हुने बताइएको छ । रु […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार दाङ, २२ मंसिर । जिल्ला शिक्षा कार्यालय, दाङले सहरका विद्यालयमा थुप्रिएका शिक्षकलाई गाउँका विद्यालयमा पठाउने बताएको छ । जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले जिल्लामा दरबन्दी मिलानका लागि छिट्टै अगाडि बढ्ने जानकारी दिए । जिल्लाका सामुदायिक विद्यालयको अनुगमन गर्दा कतिपय विद्यालयमा दरबन्दी थुप्रिएको छ कति विद्यालयमा दरबन्दी नै नभएको अवस्था छ । ग्रामीणस्तरमा […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार इटहरी, २२ मंसिर । इलाका प्रहरी कार्यालयले केही दिनदेखि राजमार्ग क्षेत्रमा सवारी जाँचका क्रममा बरामद गरेको पाँचहजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीको सक्रियतामा मोरङ झापालगायतका जिल्ला र इटहरीकै आसपासका क्षेत्रमा उत्पादन गरी विराटनगर एवम् भारतको जोगबनीसम्म लैजाने उद्देश्यले ल्याइएका घरेलु मदिरा सवारी […]



 

 

 

 

 

 

 


ताजा अपडेट