विविध
प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

झापा, ३१ भदौ । हरियो चियापत्तीको उचित मूल्य निर्धारण हुनुपर्ने लगायतका माग राखी झापाली चिया किसान धर्नामा बसेका छन् । विर्तामोडस्थित चिया तथा कफी विकास बोर्डको कार्यालयमा ३२ दिनदेखि किसान धर्ना बसेका हुन् । साना किसान झापाली चिया व्यवसायी सङ्घका अध्यक्ष पूर्णकुमार कार्कीको नेतृत्वमा साना चिया किसान धर्नामा बसेका छन् । तर किसानको शान्तिपूर्ण आन्दोलनप्रति […]


प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

उदयपुर, ३१ भदौ । नेपाली सेना १८ नम्बर वाहिनी भुल्केअन्तर्गत उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित बोक्सेमा रहेको भवानीदल गण नेपाली सेनाको टोलीले हालै जिल्लाका पूर्वी क्षेत्रका विभिन्न स्थानमा नदी कटान नियन्त्रण रोक्न गरेको बाँध निर्माण कार्य सम्पन्न भएको छ । यही भदौ २२ देखि ३० गतेसम्ममा नेपाली सेना भवानीदल गणका सेनाले जिल्लाको हँडिया–२ मा त्रियुगा नदीले […]


प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

डडेल्धुरा, ३१ भदौ । डडेल्धुराको चिपुर गाविसको धारीमा बिहीबार बेलुका बाघको आक्रमणले १४ वटा बाख्रा मरेका छन् । दिउँसो जङ्गलमा चराउन लगेको बेला बाघले एकैचोटि ठूलो सङ्ख्यामा बाख्रालाई मारेको धारी गाउँका राम ऐडीले जानकारी गराए । बाघले चिपुर गाविस धारीका राम ऐडीका तीन, भोज साहुका चार, आम्मर ऐरका तीन, दान विकका दुई र दिनेश ऐरका […]


प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

भोजपुर, ३१ भदौ । भोजपुर बहुुमुखी क्याम्पस भोजपुरको लामो समयदेखि रिक्त क्याम्पस प्रमुख पदमा उपप्राध्यापक डा रोहितकुमार श्रेष्ठ नियुक्त हुनुभएको छ । बिहीबार आफ्नो पदभार ग्रहण गर्दै उहाँले क्याम्पसलाई शैक्षिक एवं प्रशासनिक रूपमा गति प्रदान गर्न सबै विचार समूह, विद्यार्थी र कर्मचारीसँगको समन्वयमा नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको क्याम्पसका सूचना अधिकारी नोदनाथ त्रितालले जानकारी […]


प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

बनेपा, ३१ भदौ । काभ्रेपलाञ्चोकबाट चालु आर्थिक वर्षको दुई महिनामा हराएका १८ जना महिला अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय, धुलिखेलले दिएको जानकारीअनुसार आव २०७३÷७४ मा २३ महिला हराएकामा पाँचजना फेला परेका छन् । सो आवमा ६ जना बालबालिकासमेत हराएका छन् । त्यस्तै, आव २०७२÷७३ मा ८० महिला हराएकामा २३ जना फेला परेका […]


प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

मोरङ, ३१ भदौ । मोरङ राजघाट–८ निवासी मिर्गाैलाबाट पीडित हुनुभएकी राधादेवी कटुवालको उपचारका लागि बिहीबार साँझ उर्लाबारीमा सहयोग रकम हस्तान्तरण गरिएको छ । छोरी घर उर्लाबारीमा साउदी अरबबाट छुट्टीमा स्वदेश आएका उर्लाबारी—४ का गोपाल कार्कीले १५ हजार रुपैयाँ मिर्गौैला रोगी कटुवालकै हातमा हस्तान्तरण गरेको हो । कार्कीले आफ्नो घरगाउँको पीडालाई आफ्नै पीडा सम्झेर सानो सहयोग […]


प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

पर्वत, ३१ भदौ । सदरमुकाम कुश्माबजार जोडिने पोखरा–बागलुङ सडकबाहेक पहिलोपटक कालोपत्र हुन थालेको पर्वतको एक ग्रामीण सडकको काम तीव्र गतिमा भइरहेको छ । दक्षिण पर्वतको मुडिकुवादेखि लुङ्खुदेउराली हुँदै हुवास जोड्ने सडकको मुडिकुवा–लमाए खण्डको काम तीव्रगतिमा भइरहेको हो । फलेवासको मुडीकुवादेखि लमाएखोलासम्मको करिब ७.६ किलोमिटर सडकखण्डमा अहिले कालोपत्रको काम भइरहेको छ । अहिले सडकको स्तरोन्नतिअन्तर्गत चक्ल्याउने, […]


प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

इटहरी, ३१ भदौ । धरानस्थित पिण्डेश्वर विद्यापीठका नवनियुक्त प्राचार्य डा चन्द्रमणि नेपाललाई बिहीबार विद्यापीठ परिसरमा स्वागत गरिएको छ । नेपाल विद्यार्थी सङ्घ पीण्डेश्वर इकाईले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा काँग्रेस सुनसरी सचिव एवं प्रवक्ता सुजेन्द्र तामाङले लामो समयदेखि प्राचार्यविहीन हुंँदा क्याम्पसको प्रशासनिक कामकारबाही तथा पठनपाठनमा असहजता हुँदै आएकामा प्राचार्य नियुक्तिपछि क्याम्पसको सबै गतिविधि सञ्चालन […]


प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

चितवन, ३१ भदौ । बाघ, गैँडाको मुख्य बासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जले २० अर्ना र २५ वटा बाह्रसिङ्गे ल्याउने गरी तयारी थालेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले कोसीटप्पु वन्यजन्तु आरक्षबाट अर्ना र शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट संरक्षित वन्यजन्तु बाह्रसिङ्गे ल्याउने गरी तयारी थालेको जानकारी दिए । अर्ना ल्याउने विषयमा प्रमुख कँडेलसहितको टोलीले कोसीटप्पुका अधिकारी […]


प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

कञ्चनपुर, ३१ भदौ । कञ्चनपुरमा डेङ्गुका बिरामी पत्ता लगाउने ‘किट’ अभाव भएको छ । ‘किट’ अभाव हुँदा डेङ्गुका बिरामी पत्ता लगाउन गाह्रो भएको हो । जनस्वास्थ्य कार्यालय कञ्चनपुरका किटजन्य रोग अधिकृत हेमराज जोशीले डेङ्गु रोग पत्ता लगाउने ‘किट’ स्वास्थ्य विभागबाट माग गरेको धेरै समय बिते पनि अझैसम्म उपलब्ध हुन नसकेको बताए । बारम्बार विभागलाई किट […]


प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

कञ्चनपुर, ३१ भदौ । संयुक्त बजार अनुगमन टोलीले महेन्द्रनगर बजारको गल्ली नम्बर—२ स्थित श्रीराम डेन्टल हस्पिटलमा बिहीबार ताला लगाएको छ । श्रीराम डेन्टल हस्पिटल दर्ता नभएको र हस्पिटलमा सम्बन्धित व्यक्ति नभेटिएकाले अनुगमन टोलीले ताला लगाइएको हो । डेन्टल हस्पिटलमा केही मात्रामा औषधि राखिएको र सम्बन्धित कागजात नभेटिएका कारण ताला लगाइएको अनुगमन टोलीका संयोजक उदयराज जोशीले […]


प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलवार

करोडौँ कमाएर पनि सामाजिक क्षेत्रमा खर्च गर्न हिच्किचाउँछन् भने त्यस्तो धनको अर्थ छैन । गोजीमा पैसा छैन तर मनभित्र समाज सेवा गरौँ भन्ने भावना छ भने त्यो स्तुत्य छ । यस्ता सहयोगी भावना बोक्नेहरु जस्तोसुकै परिस्थितिमा पनि सहयोग गर्न पछि पर्दैनन् । पाल्पा जिल्ला हुमिन गाविसका विष्णुप्रकाश विश्वकर्मा (विष्णु सुस्केरा) बा¥है महिना समाजसेवा गर्दै हिँड्नुहुन्छ […]


प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार

काठमाडौँ, २२ भदौ । सरकारले भ्यागुते रोगविरुद्धको औषधि ‘डिप्थेरिया एन्टी टक्सिन’ ५० भाइल नेपाल ल्याएको छ । आयात गरिएका औषधिमध्ये २५ भाइल त्रिवि शिक्षण अस्पतालको बालरोग विभागलाई आइतबार हस्तान्तरण गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाँकी २५ भाइल हामीले आफैँसँग राखेका छौँ । फेरि अन्य ठाउँमा […]



 

 

 

 

 

 

 


ताजा अपडेट