परम्परागत पेसा नरोक्न बोटे समुदायको जोड

प्रकाशित मिति: २३ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार
हेटौँडा, २३ मंसिर । परम्परादेखि  जीविकोपार्जनका लागि आधारभूत आवश्यकताको माग राख्दै आफ्नो परम्परागत पेसा रोक्न नहुनेमा   मकवानपुरको मनहरि गाविसका बोटे समुदायले जोड दिएका छन् ।

रमौली प्रतापपुरमा बस्दै आएका उनीहरुले आफ्नो परम्परादेखि  जीविकोपार्जनका लागि आधारभूत आवश्यकताको माग राख्दै आज पर्सा वन्यजन्तु आरक्षणको कार्यालयमा मागपत्र बुझाएका हुन् । दैनिकी गुजाराका लागि जंगली कन्दमूल खोज्ने र बालुवा चाल्ने कार्य गर्दै आएका उनीहरुले माछा मार्न नपाएकामा असन्तुष्ट व्यक्त गरेका थिए । बालुवा चाल्ने कार्य गर्दै आएकी कान्छीमाया बोटे भन्छिन् “निकञ्जमा बस्नेले त बालुवा चल्ने, सुन चाल्ने र माछा मार्ने गर्दा कसैले रोक्दैनरे, हाम्ले नि पाउनु      प¥यो  नि त, पुर्खादेखी गर्दैआएको काम हो क्यार ।” बोटे समाज जिल्ला समन्वय समितिका प्रतिनिधि दिलबहादुर बोटेले कानुन एउटै भए पनि कार्यान्वयन भने ठाउँ र व्यक्तिअनुसार भिन्नाभिन्नै भएकाले आफूहरु त्यसको सिकार हुनुपरेको बताईन् । उनले भन्नि, “कि त हामीलाई सीप सिकाउनुपर्यो, हैन भने परम्परागतरुपमा गर्दै आएको पेसा त गर्न दिनपर्यो नि ।”

पर्सा वन्यजन्तु आरक्षको कार्यालयका निमित्त प्रमुख शिवनारायण शाहले सो समुदायको मागपत्रलाई पूर्णरुपमा कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाए । माग पत्रमा माछा मार्ने अनुमतिपत्र उपलब्ध गराउनु पर्ने, परम्परागत पेसा व्यवसायको संरक्षण र प्रवद्र्धधन हुनुपर्ने, भूमिहीन बोटेलाई जीविकोपार्जनको वैकल्पिक पेसा र व्यवसायका लागि उचित सहयोग हुनुपर्ने, बोटेको बस्तीको दिगो पूर्वाधार विकास गरी पर्यापर्यटनको विकास र प्रवद्र्धनमा ध्यान दिनुपर्ने, आरक्ष भित्रको माछा पोखरी व्यवस्थित हुनुपर्ने, आफ्ना बालबलिकालाई उचित शिक्षाको व्यवस्था हनुपर्ने, बैकल्पिक रोजगारीको व्यवस्था हुनुपर्ने जस्ता कुरा उल्लेख छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट