विविध
प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २० मंसिर । बाह्य पर्यटकको सहयोगमा भूकम्पले भत्काएको सिन्धुपाल्चोक जिल्ला बतासे गाविसस्थित सेतीदेवी निमाविको भवन बनेको छ । विद्यालयमा हाल १८६ विद्यार्थी अध्ययनरत छन् । हिमालय पिस एजुकेसन फाउन्डेसनमार्फत रु २६ लाखको लागतमा नौकोठे तीन भवन र चार शौचालय निर्माण गरिएको संस्थाका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताए । नेपाल घुम्न आउने फ्रान्सेलीको […]


प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार म्याग्दी, २० मंसिर । भगवती–४ रिसिनचौतारीस्थित धौलागिरि प्राविलाई अस्ट्रेलियाबाट रु छ लाखभन्दा बढी सहयोग प्राप्त भएको छ । अस्टे«लियामा बस्दै आएकी पिप्लेकी जममाया मल्लको पहलमा विद्यालयलाई रु छ लाख १० हजार सहयोग उपलब्ध भएको हो । मल्लको नेतृत्वमा विद्यालयमा पुगेका आठ अस्ट्रेलियालीले आज विद्यालयलाई उक्त सहयोग हस्तान्तरण गरेका छन् । कार्यक्रममा विद्यालयका […]


प्रकाशित मिति: १९ मंसिर २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार बनेपा, १९ मंसिर । काभ्रेपलाञ्चोकमा झन्डै चार महिनाको ठूलो रस्साकसीपछि अन्ततः १३ स्थानीय तहको सिफारिस भएको छ । स्थानीय तह पुनःसंरचना प्रविधिक सहयोग समिति, काभ्रेपलाञ्चोकले गरेको सिफारिस स्थानीय निकाय पुनः संरचनाउसम्बन्धी आयोगले जनसंख्याको मापदण्ड पूरा नभएको भन्दै फिर्ता गरेपछि ६ नगरपालिका र ७ गाउँपालिका हुने गरी स्थानीय तह सिफारिस गरिएको स्थानीय विकास […]


प्रकाशित मिति: १९ मंसिर २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार लहान, १९ मंसिर । ‘मूलनिवासी मुक्ति पार्टी’ नामक नयाँ पार्टीको आइतबार घोषणा गरिएको छ । केही वर्षयता आम मूलनिवासी मुक्ति मोर्चाका नाममा राजनीति गर्दै आएका मो इस्लामको अध्यक्षतामा नयाँ पार्टी घोषणा गरिएको हो । पार्टी घोषणाका लागि आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष इस्लामले सम्पूर्ण मूलवासीको इतिहास, अस्तित्व र पहिचानको रक्षा गर्दै जातीय, […]


प्रकाशित मिति: १९ मंसिर २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार पनौती, १९ मंसिर । समकालीन नेपाली कविताहरुले राजनीतिक क्षेत्रमा चुलिएको विकृतिविसंगतिमाथि नै प्रहार गरेको पाइएको छ । जनसाहित्यिक मञ्च नेपाल, साहित्य सन्ध्या र नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित ‘समकालीन नेपाली कवितामा परिवर्तनको स्वर’ विषयको विचारगोष्ठीमा कार्यपत्र प्रस्तुतकर्ता र टिप्पणीकारहरुले सामाजिक, सांस्कृतिक, औद्योगिक तथा शैक्षिक क्षेत्र मानवीय मूल्यमान्यता नै समाप्त पारिएको बताए । […]


प्रकाशित मिति: १७ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार कावासोती, १७ मंसिर । नयाँ साधारण सदस्यता वितरणमा तय गरिएको मापदण्डविपरीत बलजफ्ती एकलौटी नयाँ साधारण सदस्यताका विषयमा निर्णय गरेको भन्दै पत्रकारसँग आबद्घ संघसंस्थाले विरोध जनाउँदै नेपाल पत्रकार महासंघ नवलपरासीमा तालाबन्दी गरेका छन् । नयाँ साधारण सदस्यता वितरणमा नेपाल पत्रकार महासंघ नवलपरासीका कार्यबाहक अध्यक्ष एवं छनोट समितिका संयोजक वीरेन्द्र पराजुलीले एकलौटी तरिकाले साधारण […]


प्रकाशित मिति: १७ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १७ मंसिर । सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित तृतीय श्रेणी पदको रिक्त दरबन्दी संकलन गरेको छ । लोकसेवा आयोगमार्फत रिक्त दरबन्दी परिपूर्तिका लागि सबै मन्त्रालय, निकाय र विभागबाट उक्त श्रेणीको रिक्त दरबन्दी पदको संकलन गरेको मन्त्रालयका उपसचिव नवराज घिमिरेले जानकारी गराए । उनका अनुसार प्रशासन, राजस्व र लेखा गरी गत आर्थिक वर्ष […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार नेपालगन्ज, १५ मंसिर । नेपालगन्ज उपमहानगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने अभियान प्रारम्भ गरिए पनि तथ्यांक अद्यावधिक नहुँदा कार्यान्वयनमा आंका पैदा भएको छ । बाँके जिल्लालाई बालश्रमिक मुक्त जिल्ला घोषणा गरिए पनि करिब ३ हजारभन्दा बढी बालबालिका अहिले पनि उपमहानगरपालिकामा बाल श्रमिकका रूपमा कार्यरत रहेको पाइएकाले सो अभियानले मूर्तरूप लिन कठिन भएको हो । […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार म्याग्दी, १५ मंसिर । सामाजिक अभियन्ता महावीर पुनले सुरू गरेको राष्ट्रिय आविष्कार केन्द्र स्थापनार्थ अभियानमा म्याग्दीका शिक्षकले ५ दिनको तलब बराबरको रकम सहयोग गर्ने घोषणा गरेका छन् । आदर्श मावि रिम स्रोतकेन्द्रअन्तर्गत १० वटा विद्यालयका ९२ जना शिक्षक–कर्मचारीले ५ दिन बराबरको तलब केन्द्रलाई सहयोग गर्ने निर्णय गरेका आदर्श मावि रिमाका प्रधानाध्यापक कुमार […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ११ मंसिर । अख्यिार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएका प्रमुख अनुसन्धान अधिकृत सोहनकुमार रौनियारविरुद्ध आरोपपत्र दायर गरेको छ । रौनियारले राष्ट्रिय अनुसन्धान विभागको मुख्य पहरेदार पदमा नियुक्ति पाउने तथा सोही कार्यालयको सहायक निरीक्षक, नायब निरीक्षक, निरीक्षक र प्रमुख अनुसन्धान अधिकृत पदमा समेत बढुवाका लागि पेस […]


प्रकाशित मिति: १० मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार इलाम, १० मंसिर । संसदीय विकास समितिका सभापति रवीन्द्र अधिकारीले इलामका सरकारी कार्यालय प्रमुखलाई आफ्ना काम कारबाही चुस्त र दुरुस्त बनाई प्रत्येक २ महिनामा प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिएका छन् । उनले २ महिनामा १ पटक सयुुंक्त बैठक बसी आफूले गरेका क्रियाकलापको समीक्षा गर्नसमेत सुझाव दिएका छ । गुरुयोजनाविना गरिएका काम लथालिंग […]


प्रकाशित मिति: १० मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार पाल्पा, १० मंसिर । विद्यालयमा सेनेटरी प्याडको व्यवस्था हुन थालेपछि बीचैमा कक्षा छाड्ने छात्राको संख्यामा कमी आएको छ । महिनावारी भएका बखत विद्यालय जान छाडेर घरमै बस्ने गरेकोमा सेनेटरी प्याडको व्यवस्थापन विद्यालयमै हुन थालेपछि पछिल्लो समयमा कक्षा छाड्ने छात्राको सङ्ख्यामा कमी आएको हो । उनीहरु कक्षामा बसेर पढिरहेका बेला महिनावारी वा रजस्वला […]


प्रकाशित मिति: २३ कार्तिक २०७३, मंगलवार

भक्तपुर, २३ कात्तिक । भूकम्पीय आवास पुनःनिर्माण परियोजना, जिल्ला आयोजना कार्यान्वयन समितिले गाउँ गाउँमा अनुदान पाउने लाभग्राहीको नाम टाँसेपछि लाभग्राहीमा आफ्नो नाम छुटेका भूकम्पपीडितले आज विरोध गरेका छन् । भूकम्पले घर भत्किएर बस्ने ठाउँ नभएका र अहिलेसम्म टहरामा बस्दै आएका वास्तविक भूकम्पपीडितको नाम अनुदान पाउने लाभग्राहीका सूचीबाट हटाइएको र दुई तथा काठमाडाँैमा समेत घर भएकाको […]


प्रकाशित मिति: २३ कार्तिक २०७३, मंगलवार

पोखरा, २३ कात्तिक । कास्की जिल्लाको पूर्वी भेगस्थित थुमाको डाँडा गाविस–९ सिमलचौरमा रु ५८ लाख ४६ हजारको लागतमा ‘तारकाङ सामुदायिक स्वास्थ्य केन्द्र’ पक्की भवन बनी सञ्चालनमा आएको छ । महिला तथा पुरुष छुट्टाछुट्टै शौचालय र भान्छा कोठासहित ११ कोठे सो भवन निर्माणका लागि बेलायती रिचार्डबाट रु ४२ लाख, स्थानीयवासीबाट रु १६ लाख, गाविसबाट रु ५२ […]


प्रकाशित मिति: २३ कार्तिक २०७३, मंगलवार

पोखरा, २३ कात्तिक । पोखरा–१७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीलाई फ्याफुल्ला महिला बचत तथा ऋण सहकारी संस्था पोखराले आज आर्थिक सहयोग गरेको छ । सहकारीको पाँचौँ वार्षिकोत्सवका अवसरमा सहकारीले एकेडेमीलाई रु २५ हजार तथा जिन्सी सामान सहयोग गरेको सहकारीका अध्यक्ष विष्णु तामाङले जानकारी दिए। एकेडेमीमा हाल १६ जिल्लाका २८ विपन्न वर्गका बालबालिकाको शिक्षादीक्षा र पालनपोषण भइरहेको […]



 

 

 

 

 

 

 


ताजा अपडेट