सोहनकुमारविरुद्ध आरोपपत्र

प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, ११ मंसिर । अख्यिार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएका प्रमुख अनुसन्धान अधिकृत सोहनकुमार रौनियारविरुद्ध आरोपपत्र दायर गरेको छ ।

रौनियारले राष्ट्रिय अनुसन्धान विभागको मुख्य पहरेदार पदमा नियुक्ति पाउने तथा सोही कार्यालयको सहायक निरीक्षक, नायब निरीक्षक, निरीक्षक र प्रमुख अनुसन्धान अधिकृत पदमा समेत बढुवाका लागि पेस गरेको प्रमाणपत्र नक्कली भएको आयोगले जनाएको छ ।

झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी साविक भ्रष्टाचार कसुर गरेको देखिएकाले रौनियारविरुद्ध सजाय मागदाबीका साथ आयोगले शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट