धनगढीमा किसान मार्च अभियान २०७३ सुरु

प्रकाशित मिति: २३ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार
धनगढी, २३ मंसिर । । खाद्य सुरक्षाको अवस्था कमजोर रहेका कैलाली जिल्लाका मुक्त कमैया, बादी, कम्लरी, हलिया, सुकुम्बासी, दलितका साथै, बाढी तथा पहिरोपीडित नागरिकको खाद्य सुरक्षाको सवाललाई सबै सामु ल्याई सरोकारवाला निकायको ध्यानाकर्षण गर्ने उद्देश्यले जिल्ला खाद्य अधिकार सञ्जाल कैलालीको पहलमा धनसिंहपुर देखि धनगढीसम्मको किसान मार्च २०७३ (जागरण अभियान) सुरु गरिएको छ । किसान मार्च २०७३ को एक कार्यक्रमका बीच नारायणपुर गाविसका बयोवृद्ध किसान लौटी चौधरी र कुलबहादुर पुनले संयुक्तरुपमा बुधबार उद्घाटन गरेका थिए । किसान मार्च (जागरण अभियान) मंसिर २५ गते धनगढीमा पुगी समापन हुने छ ।

कार्यक्रममा जिल्ला खाद्य अधिकार सञ्जाल कैलालीका संयोजक धनपति ढुङ्गेलले बञ्चितिकरणमा परेका समुदायका साना÷सीमान्तकृत कृषक समूहको सञ्जालीकरण एवम् सहभागिताद्वारा खाद्य तथा पोषण सुरक्षासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्धि नीति तथा कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिन र सीमान्तकृत समुदायको खाद्य सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने साधन जल, जंगल, जमिन र रोजगारी आयआर्जनमा समान अवसर दिन र राज्यका सबै तहमा समतामूलक र न्यायोचित पहुँच बढाउनका लागि किसान मार्च आयोजना गरिएको बताए ।  खाद्य अधिकारका लागि राष्ट्रिय सञ्जालका केन्द्रीय सदस्य देवी खनालले खाद्य सम्प्रभुताको अधिकार अनुसार सीमान्तकृत समुदाय क्षेत्र र तहका नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षाको सुनिश्चितातका सचेतीकरण, सशक्तीकरण गर्नमा किसान मार्च सफल हुने विश्वास व्यक्त गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट