समाचार
प्रकाशित मिति: १ माघ २०७३, शनिबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, १ माघ । आज माघ १ गते देशभर माघे संक्रान्ति पर्व मनाईदैं छ । विहान उठेर नुहाई धुवाई गरी आफुलाई चोखो पारी आफ्ना मान्यजनहरुको हातबाट टिका लगाई आशिर्वाद थापेर प्रसादको रुपमा तरुल, सेलरोटी, चाकु, घ्यु, सखरखण्ड, तिलबाट बनेको लड्डु, मिठाई आदि खाई यो पर्व मनाउने गरिन्छ । त्यसैगरी आजकै दिनमा नेपालका […]


प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २९ पुस । चर्चित चलचित्र छक्का पन्जा को पाइरेसी गरेको आरोप लागेका युवक मृत फेला परेका छन् । काठमाडौं-९ भिमसेनगोला, विजयचोकमा बस्दै आएका २५ वर्षिय कृष्ण सुवेदीले बिहीबार साँझ आत्महत्या फेला परेका हुन । उनले आफुबसेको डेराका पंखामा गलबन्दिले पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ । शुक्रबार विहान पोस्टमाटम पछि […]


प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं ,२९ पुस । एसएलसी परीक्षा खारेज भएपछि पहिलोपटक यस वर्षको माध्यमिक शिक्षा परीक्षा चैत ३ गतेदेखि हुने भएको छ । चैत ३ गतेबाट सुरु हुने परीक्षा १४ गते सम्म चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  


प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार चितवन, २९ पुस । माघे सङ्क्रान्तिमा लाग्ने देवघाट मेलालाई ध्यानमा राखेर हरेक दिन नियमित साढे १० देखि ३ बजेसम्म बन्द हुँदै आएको चितवनको नारायणगढ–मुग्लिन सडक  भोलि एकदिन खुला रहने भएको छ । शुक्रबार साँझदेखि शनिबार दिनभर मेला लाग्ने छ ।  मेलामा टाढाटाढाबाट भक्तजन आउने भएकाले उनीहरुको हितलाई ध्यानमा राखेर भोलि माघ १ गते […]


प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार नेपालगन्ज, २९ पुस । प्रत्येक वर्ष नेपालमा १० वर्षमुनिका सरदर एक लाख ३८ हजार बालबालिकाको  विवाह हुने गरेको तथ्याङ्क प्रस्तुत गरिएको छ । नेपालमा राष्ट्रिय जनगणना, २०६८ अनुसार  प्रतिवर्ष सरदर एक लाख १५ हजार बालिकाको विवाह हुने गरेको जनाइएको छ । १० देखि १४ वर्ष उमेरका ११ लाखभन्दा बढी बालिकाको प्रत्येक वर्ष […]


प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार पाल्पा, २९ पुस ।  यही फागुन १२ देखि २२ गतेसम्म पाल्पा उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा पाल्पा जिल्ला सदरमुकाम तानसेनमा पाल्पा महोत्सव हुने भएको छ । पाल्पा महोत्सवका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ । पाल्पामा उत्पादित वस्तु तथा सेवाको प्रदर्शन, बिक्री–वितरणका साथै राष्ट्रिय, बहुराष्ट्रिय उत्पादनको समेत महोत्सवको अवधिभर प्रदर्शन गरिने छ । महोत्सवमा […]


प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नृेपाल समाचार भीमदत्तनगर, २९ पुस । कञ्चनपुरको दक्षिण सीमा क्षेत्रका बासिन्दाले सीमा क्षेत्रमा सुरक्षा युनिट तथा पोस्ट स्थापना गर्न माग गरेका छन् । स्थानीय बेल्डाँडी र त्रिभुवनबस्ती पुगेका नेपाल प्रहरी र शसस्त्र प्रहरीका क्षेत्रीय प्रमुख समक्ष स्थानीयवासीले भारतीय क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत भएपनि नेपाली पक्ष निकै कमजोर रहेको भन्दै सीमा नाकामा शसस्त्र प्रहरी पोस्ट […]


प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार जाजरकोट, २९ पुस । कम्पनीको लापर्वाहीले भेरी नदीको चिसापानीस्थित बैरीताल पुलको निर्माण कार्य तीन वर्षदेखि अलपत्र परेको छ । जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत रुकुमको चिसापानी र जाजरकोटको डाँडागाउँ, छेप्काबीच भेरी नदीमा बन्ने सो पुल निर्माण कम्पनीको लापर्वाहीले अलपत्र परेको हो । हालसम्म नदीको दुवै तर्फका पिल्लर समेतको निर्माण पूरा भएको छैन । पुलको पिल्लर […]


प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार इनरुवा, २९ पुस । बिहीबार सुनसरीको दुहवीभलुवा नगरपालिकाको चौथो नगर परिषद्बाट पारित बजेट, नीति तथा कार्यक्रमहरू सार्वजनिक गरिएको छ । नगर परिषद्बाट पारित गरेको विभिन्न शीर्षकको बजेट रु १२ करोड ६३ लाख चार हजार रहेको नगरपालिकाले जनाएको छ । सो बराबरको बजेट आर्थिक वर्ष २०७४/७५ का लागि सार्वजनिक गरेको कार्यकारी अधिकृत युवराज […]


प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २९ पुस । सरोकारवालाले दार्चुला जिल्लामा पर्ने तिङ्कर नाका तत्काल खोल्न सरकारसँग माग गरेका छन् । दार्चुला जिल्ला ब्यास गाविसका बासिन्दाले बिहीबार यहाँ आयोजना गरेको अन्तरक्रियामा सहभागी वक्ताले सो नाका अविलम्ब खोल्न सकेमा दार्चुलाको मात्र नभई समग्र मुलुकको विकास गर्न सकिने सुझाएका हुन् । नेकपा (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले चिनियाँ […]


प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार पोखरा, २९ पुस । पोखराको विकास सरकारको प्राथमिकतामा रहेको उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले  बताएका छन् । आज पोखरा उपमहानगरपालिका २१आँै नगर परिषद्को उद्घाटन गर्दै देशकै ठूलो पर्यटकीयस्थलको रुपमा रहेको पोखराको विकासप्रति सरकार प्रतिवद्ध रहेको बताए । उपप्रधानमन्त्री महराले पोखराको समग्र विकासका लागि बृहत्तर गुरुयोजना निर्माण गर्नुपर्ने आवश्यकता औल्याउँदै पोखराको विकासले नेपालकै […]


प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार मोरङ, २९ पुस । माघे सङ्क्रान्ति आउनै लाग्दा मोरङको पथरीशनिश्चरे–१२ का धनबहादुर तामाङलाई सिमल तरुल बेच्न भ्याइनभ्याई छ । सिँचाइ नहुने एक बिघा पाखोबारी लिजमा लिएर व्यावसायिक रूपमा सिमल तरुलको खेती लगाएका हुन । उनका अनुसार माघे सङ्क्रान्तिमा तरुलको माग थेग्न नसक्ने हुन्छ । तरुलको उच्च माग हुने बेलामा आफ्नो उत्पादन सकिने […]


प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार मोरङ, २९ पुस । गएराति झापाको दमक–१६ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उर्लाबारी–४ का गौरव श्रेष्ठको मृत्यु भएको छ । दमकबाट उर्लाबारीतर्फ आउँदै गरेको को १० प ४६४३ नंको मोटरसाइकल राति १०:१५ बजे आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक २१ वर्षीय श्रेष्ठको मृत्यु भएको हो । गम्भीर […]


प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार कञ्चनपुर, २९ पुस । विकासका कार्यक्रम सञ्चालन गर्नका लागि आफू कटिबद्ध रहेको व्यवस्थापिका–संसद्का सांसद दिवान सिंह बिष्टले बताए । कञ्चनपुरको बेलडाँडी नगरपालिकाको दोस्रो नगर परिषद् बिहीबार उद्घाटन गर्नुहुँदै बिष्टले विकासका कार्यक्रम सञ्चालन गर्नका लागि आफू सदैभ कटिबद्ध रहेको बताएका हुन । विकास कार्यका लागि पार्टीगत स्वार्थभन्दा माथि उठेर समान तरिकाले कार्य गरेको […]


प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २९ पुस । उच्च अदालतका लागि न्याय परिषद् बैठकले ८० न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार राति अबेरसम्म बसेको बैठकले ८० जनाको नाम सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले जानकारी दिए । सिफारिस भएका न्यायाधीशहरूमा सहसचिव र विशिष्ट श्रेणी (कानुन, न्याय, सरकारी वकिल) का १६, […]



 

 

 

 

 

 

 


ताजा अपडेट