नगरपालिकाको बजेट पारित

प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

इनरुवा, २९ पुस । बिहीबार सुनसरीको दुहवीभलुवा नगरपालिकाको चौथो नगर परिषद्बाट पारित बजेट, नीति तथा कार्यक्रमहरू सार्वजनिक गरिएको छ ।

नगर परिषद्बाट पारित गरेको विभिन्न शीर्षकको बजेट रु १२ करोड ६३ लाख चार हजार रहेको नगरपालिकाले जनाएको छ । सो बराबरको बजेट आर्थिक वर्ष २०७४/७५ का लागि सार्वजनिक गरेको कार्यकारी अधिकृत युवराज ढकालले जानकारी दिए ।

चालु बजेट आव भन्दा ५२.६३ प्रतिशतले बढी हो । नगरमा रहेका विभिन्न १४ वटा वडाको समानुपातिक विकास गर्ने गरी कार्यक्रमहरू समावेश गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट