स्वार्थभन्दा माथि उठेर कार्य गर्ने

प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

कञ्चनपुर, २९ पुस । विकासका कार्यक्रम सञ्चालन गर्नका लागि आफू कटिबद्ध रहेको व्यवस्थापिका–संसद्का सांसद दिवान सिंह बिष्टले बताए ।

कञ्चनपुरको बेलडाँडी नगरपालिकाको दोस्रो नगर परिषद् बिहीबार उद्घाटन गर्नुहुँदै बिष्टले विकासका कार्यक्रम सञ्चालन गर्नका लागि आफू सदैभ कटिबद्ध रहेको बताएका हुन ।

विकास कार्यका लागि पार्टीगत स्वार्थभन्दा माथि उठेर समान तरिकाले कार्य गरेको उनले बताए । ‘जिल्लाको दक्षिणी क्षेत्र जोड्ने हुलाकी राजमार्ग, शुक्लाफाँटा आरक्षको स्तरोन्नति गरी निकुञ्जमा परिणत गर्ने कार्य मेरै पहलमा भएको छ,’ उनले भने ।

नगरपालिकाका कार्यकारी अधिकृत गणेश दत्त भट्टले आव २०७४-७५ को रु नौ करोड १४ लाखको बजेट परिषद्समक्ष प्रस्ताव गरेका छन् ।

सडक ग्राभेल, तटबन्ध निर्माण, जेहन्दार छात्रछात्रालाई छात्रवृत्ति, स्वास्थ्य चौकीको भौतिक संरचना निर्माण, पुलपुलेसा, कल्भर्ट निर्माण, तालतलैया संरक्षण र दलित जनजाति, महिला अपाङ्ग, बालबालिकाको सशक्तीकरणका लागि बजेटमा प्रस्ताव गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट