तरुल बेच्न भ्याइनभ्याई

प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

मोरङ, २९ पुस । माघे सङ्क्रान्ति आउनै लाग्दा मोरङको पथरीशनिश्चरे–१२ का धनबहादुर तामाङलाई सिमल तरुल बेच्न भ्याइनभ्याई छ ।

सिँचाइ नहुने एक बिघा पाखोबारी लिजमा लिएर व्यावसायिक रूपमा सिमल तरुलको खेती लगाएका हुन । उनका अनुसार माघे सङ्क्रान्तिमा तरुलको माग थेग्न नसक्ने हुन्छ । तरुलको उच्च माग हुने बेलामा आफ्नो उत्पादन सकिने उनको भनाइ छ ।

चार वर्षयता निरन्तर तरुल खेती गरिरहेका भण्डारीले खेती लगाएको पहिलो वर्ष (२०७०) साल मा रु एक लाख ५५ हजारको तरुल बिक्री गरेको बताए ।

२०७१ सालमा हौसिएर व्यवसायमा लाग्नुभएका तामाङले सो वर्षमा रु एक लाख ६५ हजार हात पार्नुभयो । २०७२ मा उत्पादन अलि घट्यो । माग बढेपनि मूल्य चार वर्षयता स्थिर छ । उनले भने, ‘गत वर्ष -१ क्विन्टल सिमल तरुल उत्पादन भएछ । बजारबाट ट्याक्टर आएर प्रतिकेजी रु १५ का दरले आफ्नै बारीबाट तरुल किनिदिएपछि उनले खर्च कटाएर रु एक लाख आम्दानी गए ।

अर्काको जग्गा लिजमा लिएर खेती गर्दै आएका तामाङ जग्गाको वार्षिक रु २६ हजार भाडा तिर्दै आएका छन् । विगत वर्षमा त्यही जग्गामा लगाएको कोदो, फापर र रहर दालले तामाङलाई वर्षभरि खाने अन्न जोहो गर्न धौधौ हुने गथ्र्यो । तर, तरुल खेती गर्न थालेपछि आफ्ना दिन फेरिएको उनको भनाइ छ ।

‘पहिले पहिले आफैँलाई खानका लागि मात्र लगाइन्थ्यो, तर बजारको माग उच्च भएपछि व्यावसायिक खेती सुरु गरेको हुँ,’ उनले भने । साबिक शनिश्चरे गाविसको दोहुलु क्षेत्रमा सिंचाइँको सुविधा छैन, पानी आकासकै भरमा मात्र । त्यसैले सिँचाइबिना पनि उत्पादन गर्न सकिने नगदेबाली लगाएको तामाङको भनाइ छ ।

तामाङले विगत चार वर्षदेखि सिमल तरुलको खेती गर्दै आएका हुन । तामाङले पाखोबारीमा सिमल तरुल खेती गरेर राम्रो आम्दानी गरेको देखेपछि शुक्रबारे गाउँका हुकुमबहादुर थापाले चार कट्ठा जग्गामा सिमल तरुल खेती सुरु गरेका छन् ।

काठमाडौं, पोखरा लगायतका बजारबाट सिमल तरुलको माग उच्च हुन थालेपछि पथरीशनिश्चरे–१२ दोहलु र शुक्रबारेका करिब डेढसय किसानले अहिले सिमल तरुलको व्यावसायिक खेती सुरु गरेका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट