जटिल बन्दै बालविवाह

प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

नेपालगन्ज, २९ पुस । प्रत्येक वर्ष नेपालमा १० वर्षमुनिका सरदर एक लाख ३८ हजार बालबालिकाको  विवाह हुने गरेको तथ्याङ्क प्रस्तुत गरिएको छ ।

नेपालमा राष्ट्रिय जनगणना, २०६८ अनुसार  प्रतिवर्ष सरदर एक लाख १५ हजार बालिकाको विवाह हुने गरेको जनाइएको छ ।

१० देखि १४ वर्ष उमेरका ११ लाखभन्दा बढी बालिकाको प्रत्येक वर्ष विवाह हुने गरेको राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले बताए ।

यसैगरी, नेपालमा प्रत्येक वर्ष कुल जनसङ्ख्याको ४३ लाखभन्दा बढी १५ देखि १९ वर्षमुनिका किशोरीको विवाह हुने गरेको छ ।

बालविवाह नेपालको जटिल समस्या मध्य एक भएका कारणले यसको प्रभाव सबै क्षेत्रमा पर्ने हुँदा सम्बद्ध सरकारी तथा गैरसरकारी निकायले अनुगमन, जनवकालत तथा नागरिक शिक्षा र चेतनाको कार्यक्रम अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने अधिकारकर्मीहरुको ठहर छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट