‘छक्का पन्जा’ पाइरेसीका आरोपी मृत फेला

प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २९ पुस । चर्चित चलचित्र छक्का पन्जा को पाइरेसी गरेको आरोप लागेका युवक मृत फेला परेका छन् ।

काठमाडौं-९ भिमसेनगोला, विजयचोकमा बस्दै आएका २५ वर्षिय कृष्ण सुवेदीले बिहीबार साँझ आत्महत्या फेला परेका हुन ।

उनले आफुबसेको डेराका पंखामा गलबन्दिले पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ । शुक्रबार विहान पोस्टमाटम पछि नवलपरासीबाट काठमाडौं आएका आफन्तले शव बुझीलिएका छन् ।

उनले आफ्नो सुसाइट नोटमा आफ्नो मुत्यु प्रति कसैलाई पनि दोष नदिनु र आफ्नो बैंक खातामा भएको एक लाख रकम आफ्नो बहिनीलाई दिनु भनि लेखेका छन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट