समाचार
प्रकाशित मिति: १२ कार्तिक २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १२ कात्तिक । ब्राजिलका लागि नेपाली राजदूत ताराप्रसाद पोखरेलले ब्रासिलियास्थित राष्ट्रपति प्रासादमा शक्रिबार आयोजित विशेष समारोहमा त्यहाँका राष्ट्रपति मिसेल टेमरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे । त्यस अवसरमा राजदूत पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट राष्ट्रपति टेमरको सुख, सुस्वास्थ्यका साथै ब्राजिलका जनताको निरन्तर प्रगति, समृद्धि र शान्तिको कामना गरे । ओहोदाको प्रमाणपत्र […]


प्रकाशित मिति: ११ कार्तिक २०७३, बिहीबार

पर्वत, ११ कात्तिक । ग्रामीण क्षेत्रका महिलालाई आधुनिक शिक्षा र प्रविधिसँग परिचित गराई सीप र प्रविधियुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले पर्वतको फलेवासस्थित खानीगाउँमा रहेको मेती सामुदायिक पुस्तकालयले विवाहित गृहिणी महिलालाइ निःशुल्क कम्प्युटर शिक्षा दिन सुरु गरेको छ । कम्प्युटरसम्बन्धी ज्ञान केही थाहा नहुँदा महिला पछाडि परेकाले पुस्तकालयले गृहिणी महिलालाई लक्षित गरी उक्त कार्यक्रम ल्याएको पुस्तकालय […]


प्रकाशित मिति: ११ कार्तिक २०७३, बिहीबार

उदयपुर, ११  कात्तिक । जिल्ला अदालत उदयपुरले बेल्टार बसाहा नगरपालिका बसाहाकी एक १३ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गर्ने किशोरीको बुबा, मामा र गाउँले दाजुलाई  जेल सजायको फैसला गरेको छ । जिल्ला अदालत उदयपुरका न्यायाधीश राजकुमार कोइरालाको एकल इजालासले किशोरी बलात्कार गर्नेहरूविरुद्ध हालै जेलसजाय र आर्थिक जरिवानाको फैसला गरेको अदालतका स्रेस्तेदार रितबहादुर मगरले बताए । अदालतको फैसलाअनुसार […]


प्रकाशित मिति: ११ कार्तिक २०७३, बिहीबार

वीरगन्ज, ११ कात्तिक । तिहार नजिकिँदै गर्दा  पर्सा र बारा जिल्लाको सीमा नाकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहे पनि तस्करले लुकाइछिपाइ ठूलो परिमाणमा पटाका भित्र्याउने क्रम तीव्र भएको छ । तस्करले सीमावर्ती भारतको रक्सौलबाट पर्सा जिल्लाको भिस्वा, पर्सौनी, सिर्सया, जानकी टोल, ठोरीलगायतका नाकाबाट पटका भित्र्याउने गर्दछन् भने बारा जिल्लाको मोतिहर्वा, ठवैगोठ, सिमरौनगढ, कचोरवा नाकाबाट पटाका भित्रिने […]


प्रकाशित मिति: १० कार्तिक २०७३, बुधबार

लहान, १० कात्तिक । हुकिङ गरी विद्युत् चुहावट गर्ने २१ जनालाई विद्युत् प्राधिकरण कार्यालय लहानले पक्राउ गरी आवश्यक कारबाहीको लागि थुनामा पठाएको छ । विद्युत् प्राधिकरण कार्यालय लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले मङ्गलबार साँझ लहान नगरपालिकासहित जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएका उनीहरुलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा पठाएको छ । पक्राउ गरिएका […]


प्रकाशित मिति: १० कार्तिक २०७३, बुधबार

उदयपुर, १० कात्तिक । संविधान संशोधन र कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको भौतिक पूर्वाधार र यातायात मन्त्री रमेश लेखकले बताएका छन् । नेपाल प्रेस युनियन उदयपुरले आज गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दैं “मधेसी तथा जनजातीको जायज माग पूरा गर्नका लागि सरकारले संविधान संशोधन गर्ने गृहकार्यमा लागेको र अब केही हप्तामा नै यो कार्य पूरा […]


प्रकाशित मिति: १० कार्तिक २०७३, बुधबार

कञ्चनपुर, १० कात्तिक । बस्तीमै चार वर्षअघि गठन भएको घटाल मुक्त हलिया समूहमा आबद्ध भएपछि  समाजका अगाडि कुरा गर्न लजाउने कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१० खल्ला बस्तीकी देवा दमाईं सामाजिक कार्यमा अग्रसर भएर समाजका अगाडि खुलेर कुरा गर्न सक्ने भएकी छिन् । समूहमा हप्तामा हुने बैठकमा बोल्न सिकेपछि अधिकारका लागि सम्बन्धित निकायमा प्रतिनिधित्व गर्न देवा अगुवा भएर […]


प्रकाशित मिति: १० कार्तिक २०७३, बुधबार

चितवन, १० कात्तिक । सामाजिक सञ्जाल दुरुपयोग विरुद्ध अभियान नामक संस्थाको नेतृत्वमा सामाजिक सञ्जालका कारण विकृति बढेको भन्दै महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील सङ्घ संस्थाले भरतपुरको चौबीसकोठीबाट आज बृहत् सचेतना ¥याली सुरु गरी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर ¥याली सम्पन्न गरेको छ । जिल्लाका १०७ वटा सङ्घ संस्था ¥यालीमा सहभागी थिए । जिल्ला प्रशासन कार्यालयमार्फत […]


प्रकाशित मिति: १० कार्तिक २०७३, बुधबार

रोल्पा, १० कात्तिक । सम्बन्धविच्छेद गर्ने महिलामध्ये प्रायः सबैजसोले अंश दाबीबिना नै सम्बन्धविच्छेदको उजुरी दिने गरेको देखिएको छ । जिल्ला कानुनी सहायता समितिले गत वर्ष सहयोग गरेका मुद्दामध्ये करिब ९९ प्रतिशत मुद्दामा महिलाले सम्पत्तिको दाबीबिना नै सम्बन्धविच्छेदको उजुरी गरेको समिति रोल्पाका अध्यक्ष जिल्ला न्यायाधिवक्ता सुवर्णमान बनेपालीले जानकारी दिए । अंशसहित सम्बन्धविच्छेद गर्दा प्रक्रिया निकै झन्झटिलो […]


प्रकाशित मिति: १० कार्तिक २०७३, बुधबार

मेलम्ची, १० कात्तिक । काभ्रेको पहरी गाउँमा २० एकीकृत बस्ती निर्माणबाट प्रेरणा पाएका कलाकार जोडी सीताराम कट्टेल र कु्ञ्जना घिमिरेले सिन्धुपाल्चोकको गिरानचौरमा दोस्रो चरणको नमुना बस्ती निर्माण कार्य सम्पम्न गरी शुक्रबार सम्बन्धित भूकम्प पीडितलाई घर हस्तान्तरण गरिँदै छ । एकीकृत नमुना बस्ती विस्तारबाट देश विकास हुने भएकाले क्लिन सिटी र ग्रिन सिटीको अवधारणा सहित अपाङ्गमैत्री, […]


प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

रोल्पा, ९ कात्तिक । जीर्ण अवस्थामा रहेको रोल्पा कारागारभित्र क्षमताभन्दा झन्डै दोब्बर कैदी असहज ढङ्गले दिन गुजारिरहेका छन् । पैँतिस पुरुष कैदी क्षमता रहेको कारागारमा हाल ६७ जना छन् । यसैगरी महिला कैदी राख्ने ठाउँमा तीन नाबालक र १० महिला रहेको चौकीदार हुकुम बुढा मगर बताउँछन् । “अरु बेलाभन्दा पनि राति सुत्ने समयमा समस्या हुन्छ, […]


प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

लहान, ९ कात्तिक । चुरे जङ्गल क्षेत्रबाट अवैध रुपमा ढुङ्गा ओसारपोसार गर्ने आधा दर्जनभन्दा बढी ट्र्याक्टर तथा चालकमाथि जिल्ला वन कार्यालय लहानले  कारबाही गरेको छ । सिरहा जिल्लास्थित चुरे जङ्गल क्षेत्रबाट अवैध रुपमा ढुङ्गा ओसारपोसार गरिरहेका अवस्थामा पक्राउ परेका नौ ट्र्याक्टर तथा चालकमाथि कारबाही गरिएको जिल्ला वन कार्यालय सिरहाका प्रमुख शिलानाथ झाले जानकारी दिए । […]


प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

काठमाडौँ, ९ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेट जुरेको बताएको छ । समितिको सोमबार बसेको बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस वर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका […]


प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

काठमाडौं, ८ कात्तिक । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले श्रमजीवि पत्रकार ऐन पूर्ण कार्यान्वयन र समानुपातिक विज्ञापन नीति लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रेस सेन्टर नेपाल ३ नम्बर प्रदेशको आज ज्ञापनपत्र बुझ्दै मन्त्री कार्कीले प्रेस सेन्टरले राखेका मागप्रति आफू सकारात्मक रहेको भन्दै त्यसलाई छिटै कार्यान्वयनमा लैजाने बताए । मन्त्री कार्कीले आफूले चाँडै सरोकारवाला […]


प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

कात्तिक, ८ काठमाडौं । नेपालीहरुको महान चाड तिहारका अवसरमा हुने देउसी भैलो कार्यक्रम राति १० बजेसम्म मात्र खेल्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको बिज्ञप्तिमा तिहारको अवसरमा खेलिने देउसी भैलो कार्यक्रम सम्बन्धित घरधनीको सहमतिमा बढीमा राति १० बजेसम्ममात्र मनाउन आग्रह गरिएको छ । अन्याथा प्रहरीले कारबाही गर्ने प्रशासन कार्यालयले […]



 

 

 

 

 

 

 


ताजा अपडेट