असहज ढङ्गले दिन काट्दैं रोल्पा कारागारका कैदी

प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

रोल्पा, ९ कात्तिक । जीर्ण अवस्थामा रहेको रोल्पा कारागारभित्र क्षमताभन्दा झन्डै दोब्बर कैदी असहज ढङ्गले दिन गुजारिरहेका छन् ।

पैँतिस पुरुष कैदी क्षमता रहेको कारागारमा हाल ६७ जना छन् । यसैगरी महिला कैदी राख्ने ठाउँमा तीन नाबालक र १० महिला रहेको चौकीदार हुकुम बुढा मगर बताउँछन् । “अरु बेलाभन्दा पनि राति सुत्ने समयमा समस्या हुन्छ, एउटा कोठामा १०/१२ जना सुत्नुपर्छ” चौकीदार मगरले भने ।

कारागारभित्र आफन्तसँग भेट नभएको दिन टेलिफोन गर्ने सुविधा समेत भएका कारण आफूहरूलाई विगतमा भन्दा केही सहजता मिलेको मेघबहादुर रोका मगरले बताए ।

आयआर्जनका लागि कारागारभित्रै मुडा, टोपी तथा बरियो समेत बुन्ने गरेको कैदीले बताएका छन् । “समय कट्ने र आयआर्जन पनि हुने भएका कारण यस्तो गरेका छाँै” अर्का कैदी खिमबहादुर थापाले बताए ।

आयआर्जनका लागि महिलाले प्रजिअ तथा राजनीतिक दलका नेतालाई सिलाइबुनाइका लागि सिलाइ यन्त्र सहयोग गर्न माग गरे पनि कसैले नसुनेको नाइके मनिसरा विकले दुखेसो पोखे ।

राति शौचालय बन्द गरिदिने भएका कारण आफूहरू बाल्टिनमै दिसापिसाब गर्न बाध्य भएको समेत कैदीले दुखेसो गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट