देउसी भैलो राति १० बजेसम्म मात्र खेल्न पाईने

प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

कात्तिक, ८ काठमाडौं । नेपालीहरुको महान चाड तिहारका अवसरमा हुने देउसी भैलो कार्यक्रम राति १० बजेसम्म मात्र खेल्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको बिज्ञप्तिमा तिहारको अवसरमा खेलिने देउसी भैलो कार्यक्रम सम्बन्धित घरधनीको सहमतिमा बढीमा राति १० बजेसम्ममात्र मनाउन आग्रह गरिएको छ । अन्याथा प्रहरीले कारबाही गर्ने प्रशासन कार्यालयले जनाएको छ ।

साथै प्रशासन कार्यालयले तिहार र छठको अवसरमका गरिने अतिशबाजी, पटाका, भुइचम्पाजस्ता प्रज्वलनशील पदार्थको उत्पादन, आयत, बिक्री र प्रायेगमा पूर्ण प्रतिबन्ध लगाइएकाले त्यसको प्रयोग नगर्न सर्वसाधारणलाई सुझाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट