समाचार
प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहीबार

पर्वत, ४ कात्तिक । वालिङ–हुवास–बर्राचौर सडकखण्ड अन्तर्गत दक्षिण पर्वतको हुवासमा बढ्दो सवारी चाप व्यवस्थापनका लागि अस्थायी ट्राफिक प्रहरी पोस्ट स्थापना गरिएको छ। उक्त सडकखण्डमा वालिङ हुँदै पोखरा, बुटवल, नारायणघाट, काठमान्डौँका लागि लामो दूरीका आठ बस तथा छोटो दूरीका दर्जनौँ जिप सञ्चालनमा रहेका छन् । हुवासमा इलाका प्रशासन कार्यालयको सेवारम्भ भएसँगै सवारी र यात्रुको सङ्ख्यामा पनि […]


प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहीबार

कैलाली, ४ कात्तिक । सेती अञ्चल अस्पताल धनगढीमा भदौ र असोज महिनाको अवधिमा धनगढी उपमहानगरपालिका मनेहराकी २८ वर्षकी दिपा राना, पहलमानपुर गाविस–१३ का १५ वर्षका कृष्ण बोगटी, फूलबारीका १६ वर्षका दिवस चौधरी, फूलबारी कै २४ वर्षीय सगुन राना र उर्माका १२ वर्षकी अञ्जुकुमारी सार्की गरी पाँच जना बिरामीको  स्क्रब टाइफस रोगबाट मृत्यु भएको सेती अञ्चल अस्पतालले जनाएको […]


प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहीबार

चितवन, ४ कात्तिक । देशभरका अस्पतालमा उपचारका लागि आउने क्यान्सरका बिरामीको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्ले सुरु गरिएको क्यान्सर रजिस्ट्रिमा नेपालमा हरेक वर्ष क्यान्सरका बिरामीको सङ्ख्या थपिँदै गएको देखिएको छ । देशभरका सरकारी र निजी गरी १२ वटा अस्पतालमा तथ्याङ्क सङ्कलन भइरहेको छ । बिरामीको उपचार पद्धति लामो हुने हुँदा तथ्याङ्क आउन ढिला हुने गर्दछ । तथ्याङ्क […]


प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहीबार

काठमाडौँ, ४ कात्तिक । विदेशी विश्वविद्यालयका कलेजलाई नेपालमा सम्बन्धन दिने कार्य तत्काल रोक्न व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले निर्देशन दिएको छ । समितिको आजको बैठकले उच्च शिक्षाको समग्र व्यवस्थापन र सुधारका लागि एक उपसमिति गठन गर्ने निर्णय गरेकाले त्यसको प्रतिवेदन नआउन्जेलसम्मका लागि विदेशी शिक्षण संस्थाका सम्बन्धन रोक्न निर्देशन दिएको हो । […]


प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहीबार

पोखरा, ४ कात्तिक । आजदेखि पोखरा आर्ट ग्यालरीमा कियाः ग्राफी भक्तपुरको आयोजनामा फोटो प्रदर्शनी सुरु भएको छ । भक्तपुरको कला, संस्कृति, चाडपर्व, रहनसहन र जीवनशैलीमा आधारित फोटोबारे पोखरावासीलाई जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको संस्थाका अध्यक्ष अचुत प्रजापतिले जानकारी दिए । नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले प्रदर्शनीे शुभारम्भ गर्दै कला र संस्कृतिको संरक्षण संविधानमा लेखेर मात्र हुँदैन […]


प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहीबार

इटहरी, ४ कात्तिक ।  विराटनगरको पूर्व नयाँ बजार नाका हुँदै इटहरी ल्याई पु¥याइएको २० बन्डल (२८ हजार थान) पटाकासहित एक आयातकर्तालाई इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ। पटाका मास्टर भनेर चिनिने मोरङ बनिगाउँ–९का ३५ वर्षीय बद्रीनारायण चौधरीलाई उक्त परिमाणको पटाका र साइकलसमेत नियन्त्रणमा लिई विस्फोटक पद्धार्थसम्बन्धी ऐन २०१८ बमोजिम कारबाही अघि बढाइएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवदीले […]


प्रकाशित मिति: ३ कार्तिक २०७३, बुधबार

रोल्पा, ३ कात्तिक । मिरुल–३ रोल्पाकी प्रेमकुमारी घर्तिमगर जापानमा रहेका श्रीमान्को लास नेपाल ल्याउन गरिएका सबै प्रयास असफल भएपछि यतिबेला हारगुहार गर्न रोल्पाको सदरमुकाम लिवाङ आइपुगेकी छिन्  । गत असोज २ गते जापानमा मृत्यु भएका श्रीमान शिवराज रोकामगरको लास ल्याउन परराष्ट्र मन्त्रालय तथा विभिन्न राजनीतिक दलका नेतालाई गरिएको पहल कार्यान्वयन हुन नसके पछि डेढ वर्षकी नाबालिका […]


प्रकाशित मिति: ३ कार्तिक २०७३, बुधबार

ललितपुर, ३ कात्तिक । राष्ट्रिय ख्रिस्टियन महासङ्घले ख्रिस्टमसमा दिँदै आएको सार्वजनिक बिदा सरकारले कटौती गरेकोमा असहमति जाहेर गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई महासङ्घले मंगलबार बुझाएको ध्यानाकर्षण पत्रमा बिदा कटौतीको कार्यप्रति असहमति जनाउँदै सार्वजनिक बिदाका लागि पहल गरिदिन माग गरिएको छ । महासङ्घका अध्यक्ष सिबी गहतराजले ख्रिस्टमसका दिन पहिले दिँदै आएको सार्वजनिक […]


प्रकाशित मिति: ३ कार्तिक २०७३, बुधबार

पोखरा, ३ कात्तिक । विश्वका विभिन्न १६ राष्ट्रका वैज्ञानिक नेपाल पोलिमर इन्स्टिच्युटको आयोजना एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट), पोखरा विश्वविद्यालय र जर्मनीको इन्स्टिच्युट अफ पोलिमरवेक्स्टफको सह-आयोजनामा  पोखरामा चारदिने छलफलमा जुटेका छन् । अत्यन्त सूक्ष्म पदार्थको प्रयोगबाट वर्तमानको मानव जीवनलाई सहज बनाउने र हाम्रा समाजमा प्राप्त सामग्रीको उपयोगबाट मानवीय आवश्यकता पूरा गर्ने विषयमा केन्द्रित रही […]


प्रकाशित मिति: ३ कार्तिक २०७३, बुधबार

काठमाडौँ, ३ कात्तिक । नेपालको एक सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्दा गरेको सानो असावधानीले गर्दा संयुक्त अरब इमिरेट्समा एउटा रेस्टुराँ सञ्चालन गर्दै आएका नेपाली रेस्टुराँ सञ्चालक सुजन सापकोटाले मानसिक तनाव झेल्नुपरेको छ । रिपोर्टर्स क्लबमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चालक सापकोटाले रेस्टुराँमा काम गर्ने कामदारले रेस्टुराँको चुलोको ग्यास खोलेर बिना कुनै सूचना बेखबर भएका कामदारसँग सामान्य […]


प्रकाशित मिति: २ कार्तिक २०७३, मंगलवार

काठमाडौँ, २ कात्तिक । चिनियाँ सरकारको निमन्त्रणमा तिब्बत पुग्नुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारी प्रतिनिधिसँग भेटघाट गरी नेपाल तथा तिब्बतको सांस्कृतिक आदानप्रदानका बारेमा छलफल सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । नेता थापा गत असोज २७ गते त्यसतर्फ प्रस्थान गरेका हुन ।भ्रमणका क्रममा अध्यक्ष थापाले कैलाश मानसरोवरको दर्शन तथा स्थानीय संस्कृतिको पनि अवलोकन गरेका थिए । अध्यक्ष […]


प्रकाशित मिति: २ कार्तिक २०७३, मंगलवार

काठमाडौँ, २ कात्तिक । संसद्को आजको बैठकको शून्य समयमा सांसद् शान्तिदेवी चौधरीले उदयपुरको गाईघाट पुग्ने सडक जीर्ण भएकाले र आवातजावतमा कठिनाइ भएकाले तुरुन्त मर्मत गर्न माग गरे । सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकमा भूकम्पपछि एकातिर जनताको दयनीय अवस्था रहेको तथा अर्कातिर बँदेल र बाँदरले कृषकको बालीनालीलाई नष्ट गरी दुःख दिएको गुनासो गरे । सांसद सकलदेव सुतिहारले […]


प्रकाशित मिति: २ कार्तिक २०७३, मंगलवार

भक्तपुर, २ कात्तिक । मिर्गौलाको उपचार एवम् प्रत्यारोपण गर्दै आएको मानव अङ्ग प्रत्यारोपण केन्द्रले पाँच वर्षभित्र मुटु प्रत्यारोपण गर्ने लक्ष्यका साथ आजदेखि  मुटु रोग उपचार सेवा सञ्चालनमा ल्याइएको आज पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । केन्द्रले मुटु रोग उपचार सुरु गरेका अवसरमा केन्द्रमा बुधबार निःशुल्क मुटुरोग परीक्षण शिविर गर्ने भएको छ । शिविरमा आउने बिरामीलाई इसिजी, इको, […]


प्रकाशित मिति: २ कार्तिक २०७३, मंगलवार

काठमाडौँ, २ कात्तिक । रिपोर्टर्स क्लबद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा संविधानविद् नीलाम्बर आचार्यले संविधान कार्यान्वयन गर्न तीन ठूला दलको सहकार्य आवश्यक भएको बताउँदै तीन निर्वाचन गरी देशलाई शान्तिको बाटामा लैजान तीन ठूला दललाई आग्रह गरेका छन् । वामपन्थी नेता टङ्क राईले संविधान निर्माण गरेका दलहरुले संविधान भत्काउनेतिर लाग्न नहुने बताए । उनले भारत, चीन र नेपालको […]


प्रकाशित मिति: १ कार्तिक २०७३, सोमबार

झापा, १ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–२ स्थित जुके कल्भर्टमा आज बिहान भएको सडक दुर्घटनामा परी दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–३ निवासी ५७ वर्षीय तीलविक्रम थेवे र सोही ठाउँका ६० वर्षीय अग्नि भेटवाल रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ३५९६ नम्बरको बसले विपरीत दिशाबाट […]



 

 

 

 

 

 

 


ताजा अपडेट