समाचार
प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

लमजुङ, ८ कात्तिक । जिल्लाको उत्तरी भेगमा पर्ने बाहुनडाँडा गाविस–४ मा रहेको तातोपानी कुण्डमा प्राय जाडोको सिजनमा नुहाउन आउनेको भीड लाग्ने गर्छ । कात्तिकबाट फागुनको अन्तिम सातासम्म तातेपानीमा नुहाउने सिजन सुरु भएपछि विभिन्न ठाउँबाट मानिस नुहाउन आउने गरेका छन् । जाडोयाममा तातोपानीमा नुहाउनुको आनन्द त छदैछ, तातोपानीमा नुहाउनाले दाद, घाउ, खटिरा, चाया, डन्डिफोर जस्ता छालासम्बन्धी रोग, […]


प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

झापा, ८ कात्तिक । झापाको दमकमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका कारण  ६० जना भन्दा बढी बिरामी बनेका छन् । डेङ्गु रोगका कारण आइतबार सम्ममा तीन स्वास्थ्यकर्मी एक पत्रकारसहित ६० जना बिरामी बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार लाइफलाइन अस्पताल दमकका मेडिकल सुपरिटेन्डेन्ड डा तीलकचन्द्र शाह र दमकस्थित एड्भान्स हेल्थ […]


प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

बागलुङ, ८ कात्तिक । प्रवासमा बस्ने नेपालीहरुले जिल्लाको रिघा–१ मा निर्माणाधीन ‘उदय रिघा बुद्ध विहार’लाई  रु २३ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि सोम सापकोटाले विभिन्न ४७ मुलुकबाट सङ्कलित रु २३ लाख ८० हजार १२१ रुपैया बराबरको चेक विहारका अध्यक्ष शेरबहादुर घर्तीमगरलाई प्रदान गरे  । अन्तर्राष्ट्रिय आर्थिक सहयोग अभियान समितिका संयोजक […]


प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

म्याग्दी, ८ कात्तिक । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङकङले आइतबार हङकङमा आयोजना गरेको देउसीभैलो र तिहार भेटघाट कार्यक्रमबाट महावीर पुनको नेतृत्वमा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्रका लागि करिब रु ४० लाख सहयोग सङ्कलन गरेको छ । मोना हङकङका देउसीभैलो कार्यक्रम संयोजक दल सर्बुजाले दिएको जानकारी अनुसार हङकङको मंकीहिल कन्ट्रीपार्कमा आयोजना गरिएको सो देउसीभैलो तथा […]


प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

बर्दिवास, ८ कात्तिक । नेपाल विद्युत् प्राधिकरणको बर्दिवास वितरण केन्द्रले महोत्तरीमा  विद्युुत् हुकिङ गर्ने २१ जनालाई पक्राउ गरी कारबाही गरेको छ । जिल्लाको बर्दिवास नगरपालिका–८ प्रेमनगर र भङ्गाहा–४ रामनगरमा आइतबार प्राधिकरण बर्दिवास वितरण केन्द्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले विद्युत् हुकिङ गर्ने २१ जनालाई पक्राउ गरी कारबाही गरेको हो । पक्राउ गरिएका २१ […]


प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

सिन्धुली, ८ कात्तिक । लाभग्राही ऐलानी जग्गामा बसोबास गरेकाले  सिन्धुलीका तीन हजार ५०० भूकम्प पीडितले अनुदान रकम लिन सकेका छैनन् । निजी आवास निर्माणका लागि सम्झौता गर्न त्यस्ता लाभग्राहीलाई सरकारले जग्गा उपलब्ध गराउने कार्यको प्रारम्भ नगरेसम्म सम्झौता हुन नसक्ने डिजास्टर फोकल पर्सन बबिन्द्रलाल माझीले बताए । जिल्ला विकास समिति सिन्धुलीले यस समस्याका बारेमा पुनः निर्माण […]


प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

काठमाडौँ, ८ कात्तिक । नेपाल सरकार स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्य तथा वातावरण केन्द्र तथा आइपीइएनले संयुक्त रुपमा आइतबार आयोजना गरेको कार्यक्रममा घर, अफिस, विद्यालय तथा ठूल्ठूला भवनमा प्रयोग हुँदै आएका रङमा सिसा(लिड)को प्रयोग गरिएको, जुन मानव स्वास्थ्यका लागि  निक्कै घातक भएको जानकारी दिइएको छ। नेपाललाई सिसामुक्त मुलुक बनाउने अभियान शूरु गर्ने उद्देश्यले कात्तिक ७ देखि १३ गतेसम्म लेडको […]


प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

अर्घाखाँची, ५ कात्तिक । नेकपा (एमाले) अर्घाखाँचीले धनचौर निवासी पार्टीको धनचौर गाउँ कमिटीका पूर्व सदस्य कल्पना भुसालको हत्याका आरोपित दुई नेतालाई पार्टीबाट निष्कासन गरेको छ । धनचौर गाविसका भूतपूर्व अध्यक्ष खेमराज भुसाल र निवर्तमान अध्यक्ष गणेशकुमार भुसाललाई एमालेको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताए । अध्यक्ष आचार्यद्वारा जारी विज्ञप्तिमा एमालेले […]


प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

डोल्पा, ५ कात्तिक । विभिन्न असुविधा देखाएर कार्यालयमा कर्मचारीको नियमित उपस्थिति नहुने कुरा डोल्पालीका लागि नौलो होइन, पछिल्लो समयमा त अझैं बढी जनसरोकार हुने विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीहरु कार्यालयमा नबसेपछि यहाँका सेवाग्राही प्रभावित भएका छन् । भौगोलिक विकटता, चाडपर्व, गोष्ठी, सेमिनार, भ्रमणलगायतका विभिन्न बाहानामा कार्यालयमा नबस्ने कर्मचारीविरुद्ध नागरिक समाज डोल्पाले “हेलो सरकारमा” गुनासो टिपाएर यसप्रति […]


प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

जाजरकोट, ५ कात्तिक । १६ वर्षकै उमेरमा बिहे गरेर बर्सेनि सन्तान जन्माएर पाठेघर खस्ने समस्याबाट पीडित बनेकी भुर–९ की विर्मी पुनले १३ वर्षदेखि पाठेघर खस्ने रोगका कारण समयमै गतिलो उपचार नपाउँदा १३ वर्षसम्म कष्टपूर्ण जीवन बिताउदा  धेरै दुःख पाउँनु पर्यो । पाठेघर खस्ने समस्याका कारण आफूले सजिलोसँग दिन काट्न पनि नपाएको र घरायसी काम पनि […]


प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

काठमाडौँ, ५ कात्तिक । मुलुकमा विकसित राजनीतिक परिस्थितिका कारण पूर्वप्रधानमन्त्री  एवम्  नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको आज हुने भनिएको बङ्गलादेशको भ्रमण स्थगित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा महाअभियोग दर्ता भएपछि विभिन्न दलका नेताहरुको विदेश भ्रमण स्थगित भएको छ । बङ्गलादेशको ढाकामा हुने अवामी लिगको २०औँ वार्षिक सम्मेलनमा सहभागी […]


प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

काठमाडौँ, ५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसबीच शिष्टाचार भेटघाट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटघाटमा नेपाल र बेलायतबीचको आपसी हितका बारेमा कुराकानी भएको प्रम दाहालको निजी सचिवालयले जनाएको छ ।


प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहीबार

रिपोर्टर नेपाल काठमाडौं÷ देशमा बाह्य हस्तक्षेपले चरम रुप लिएको भन्दै पूर्व राजा ज्ञानेन्द्रले शाहले घोर आक्रोश पोखेका छन् । अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलनलाई सम्बोधन गर्नेक्रममा उनले यस्तो आक्रोश ब्यक्त गरेका हुन् । देशमा निषेधको राजनीति बढ्दै गएपछि राष्ट्रहितका लागि काम गर्ने देशभक्त नेपालीहरुलाई राजनीति गर्न नदिने षड्यन्त्र बढ्दै गएपछि यसले ठूलो विद्रोहको रुप लिन सक्ने […]


प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहीबार

काठमाडौँ, ४ कात्तिक । नेकपा (माओवादी केन्द्र)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसद्मा पेस भएको महाअभियोग प्रस्तावको पक्षमा सत्ता साझेदार नेपाली काँग्रेससँग सहयोग माग्ने भएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको केन्द्रको कार्यालयको बैठकमा महाअभियोगबारे काँग्रेससँग थप छलफल गरेर निर्णय लिने सहमति भएको […]


प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहीबार

बनेपा, ४ कात्तिक । भूकम्पपीडितका लागि काभ्रेपलाञ्चोकको १० वटा गाविसमा सामूहिक आवास निर्माण भएको छ । रु पाँच करोडको लागतमा निर्माण भएको आवास पाँचदेखि १६ परिवार बस्न मिल्नेखालको १६० परिवारका लागि महिला तथा पुरुष शौचालय जडित भएको सहरी विकास भवन डिभिजन कार्यालय, धुलिखेलका डिभिजन प्रमुख अष्टलाल सुवालले जानकारी दिए। जिल्लाको बल्थली, सिम्थली, भीमखोरी, धुसेनी शिवालय, कोलातेभूमेडाँडा, […]



 

 

 

 

 

 

 


ताजा अपडेट