अवैध रुपमा ढुङ्गा ओसारपोसार गर्ने ट्र्याक्टर-चालकमाथि कारबाही

प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

लहान, ९ कात्तिक । चुरे जङ्गल क्षेत्रबाट अवैध रुपमा ढुङ्गा ओसारपोसार गर्ने आधा दर्जनभन्दा बढी ट्र्याक्टर तथा चालकमाथि जिल्ला वन कार्यालय लहानले  कारबाही गरेको छ ।

सिरहा जिल्लास्थित चुरे जङ्गल क्षेत्रबाट अवैध रुपमा ढुङ्गा ओसारपोसार गरिरहेका अवस्थामा पक्राउ परेका नौ ट्र्याक्टर तथा चालकमाथि कारबाही गरिएको जिल्ला वन कार्यालय सिरहाका प्रमुख शिलानाथ झाले जानकारी दिए ।

चुरे क्षेत्रबाट अवैध रुपमा ढुङ्गा ओसारपोसार बढेपछि वन कार्यालयले नियमित रुपमा गस्ती बढाएको हो । वन कर्मचारीले गस्ती बढाएयता गत असोज १२ गतेदेखि हालसम्ममा नौ ट्र्याक्टर र चालकलाई कारबाही गरिएको प्रमुख झाले बताए ।

पक्राउ गरिएका ट्र्याक्टर र चालकलाई पहिलो पटकका लागि कारबाहीस्वरुप धरौटी तिराएर तारेखमा छाडिएको बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट