विविध
प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलवार

गौशाला, ४ असोज ।तीन गाईलाई गएराति भन्सार छली भारततर्फ निकासी गर्न लागिएको अवस्थामा महोत्तरी प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी सम्सी र रघुनाथपुरबाट गए राति सीमा सुरक्षा गस्तीका लागि गएको संयुक्त प्रहरी टोलीले रघुनाथपुर–८ स्थित वनको बाटामा तीन गाई भारततर्फ लैजान लागिएको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । बरामद गाई आवश्यक कारबाहीका […]


प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

म्याग्दी, ३ असोज । सामान्य लेखपढसम्म गर्नसक्ने म्याग्दीका एक व्यक्तिले पर्यावरणीय शुद्धता कायम गरी धर्म प्राप्त गर्ने उद्देश्यले आफ्नो गाउँभित्रको सार्वजनिक जग्गा र वन क्षेत्रमा १०८ वटा चौतारी बनाई ती चौतारीमा वरपीपलका बिरुवा रोपेर जिल्लामा उदाहरणीय काम गरेका छन् । बेनी नगरपालिका–४ खबराका चन्द्रबहादुरले वनजङ्गलको विनासका कारण बिगँ्रदै गएको वातावरणीय सन्तुलन कायम राख्न, पानीका मूलको […]


प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

नवलपरासी, ३ असोज । नवलपरासीको विकट पहाडी क्षेत्रका सर्वसाधारण जनतालाई स्वास्थ्यको सहज पहुँच पु¥याउने उद्देश्यले जिल्लामा पहिलो पटक स्वास्थ्य उपचार घरदैलो सेवा सुरु गर्न लागिएको छ । जिल्लामा पहिलो पटक जिल्लाको गैँडाकोटमा अवस्थित सहज सामुदायिक अस्पतालले नयाँ सेवाका रुपमा प्राथमिक स्वास्थ्य उपचार घरदैलो सेवा सुरु गर्न लागेको हो । सो अभियानको उद्देश्य विशेष गरी पहाडी […]


प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

काठमाडौं, ३ असोज । विद्यालय कर्मचारी संगठनले विद्यालयमा कार्यरत कर्मचारीलाई दरबन्दीमा ल्याउन माग गरेको छ । संगठनले शिक्षा ऐनले अस्थायी शिक्षकलाई प्रतिस्पर्धा वा सुविधासहित स्वेच्छिक अवकाशको व्यवस्था गरे झैँ आफूहरुलाई पनि एक पटकका लागि भए पनि दरबन्दीमा ल्याउने व्यवस्था मिलाउनुपर्ने माग गरेको हो । संगठनका केन्द्रीय अध्यक्ष शङ्कर ढकालले  “विद्यालय कर्मचारी अत्यन्त न्यून सुविधा मासिक […]


प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

पाँचथर, ३ असोज । पाँचथरको दुई वटा गाविसबाट धसिंग्रेको कच्चा तेल उत्पादन गर्न सुरु भएको छ । विभिन्न औषधिजन्य वस्तुका रुपमा प्रयोग गर्न सकिने धसिंग्रे उत्पादन जिल्लाको लुङरुपा र सिदिनगाविसबाट एकैसाथ सुरु गरिएको हो । वनमा आफैँ उम्रिएको धसिंग्रेको पात उसिनेर यसलाई मेसिनमा लगेर पिसेर तेल निकाल्ने गरिन्छ । यो तेल युरोपलगायतका मुलुकमा लगेर प्रशोधन […]


प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

भीमदत्तनगर, ३ असोज । अनाथ, टुहुरालाई आश्रय दिँदै आएको कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली बाल अञ्चल अनाथालय आफैँ अनाथ अवस्थामा पुगेको छ । विभिन्न दाताको सहयोग र स्थानीय निकायको अनुदान रकममा अनाथालय बालबालिकाको भरोसा बन्दै आएको बाल अनाथालय केही समययता आफैँ भरोसाविहीन बन्न पुगेपछि व्यवस्थापनमा जटिलता थपिएको छ । हाल २७ जना अनाथ बालबालिकाले आश्रय लिँदै आएको […]


प्रकाशित मिति: २ आश्विन २०७३, आईतवार

रत्ननगर (चितवन), २ असोज । सिटी स्क्यानको अभावमा महँगो मूल्य तिर्दै आएका न्यून वर्गका बिरामीले अब भने सरकारी अस्पतालमै सिटी स्क्यानको सेवा लिन पाउने भएका छन् । चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालमा १२८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन ल्याउने प्रक्रिया सुरु भएको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनी र हस्पिटेक इन्टरप्राइजेज प्रालिबीच […]


प्रकाशित मिति: २ आश्विन २०७३, आईतवार

रसुवा, २ असोज । स्थायी बन्ध्याकरण गर्ने पुरुषको सङ्ख्या रसुवामा अत्यन्तै न्यून रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय, रसुवाले शनिबार पत्रकार सम्मेलन गरी परिवार नियोजनसम्बन्धी भएगरेका कामको सार्वजनिक गर्दै स्थायी बन्ध्याकरण गर्ने पुरुषको सङ्ख्या गत आर्थिक वर्षमा १० जना मात्र रहेको बताएको छ । रसुवामा पुरुषको सङ्ख्या २५ हजारको हाराहारीमा रहेको छ । परिवार नियोजनको […]


प्रकाशित मिति: २ आश्विन २०७३, आईतवार

बैतडी, २ असोज । बैतडीस्थित हटैराज–४ का स्थानीय बासिन्दा धौल चन्दले निःशुल्क रूपमा स्वास्थ्य चौकीलाई जग्गादान गरेका छन । चन्दले स्वास्थ्य चौकी भवन निर्माणका लागि पाँच रोपनी जग्गादान गरेको हटैराज स्वास्थ्य चौकीका इन्चार्ज जगदीश भट्टले जानकारी दिए । जग्गादान गरेसँगै स्वास्थ्य चौकीको भवन निर्माणका लागि सहज हुनाका साथै उक्त ठाउँमा स्वास्थ्य चौकी भवन निर्माण भएपछि […]


प्रकाशित मिति: २ आश्विन २०७३, आईतवार

बागलुङ, २ असोज । नेपाल लोक कल्याण सङ्घले जिल्लाको नारायणस्थान–३ मा स्वास्थ्य चौकी भवन निर्माण गरेको छ । रु २४ लाखको लागतमा बनेको स्वास्थ्य चौकी भवन सङ्घले हालै स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । जसमा रु पाँच लाख ५० हजार स्थानीय जनश्रमदान परेको छ । उक्त भवनबाटै स्वास्थ्य चौकी सञ्चालन भइरहेको […]


प्रकाशित मिति: २ आश्विन २०७३, आईतवार

उर्लाबारी (मोरङ), २ असोज । पूर्वी मोरङको उर्लाबारीस्थित इलाका प्रशासन कार्यालयबाट आजदेखि राहदानी वितरणको काम हुने भएको छ । जिल्ला सदरमुकाम विराटनगर धाउनुपर्ने झन्झटबाट अब यसक्षेत्रका बासिन्दा मुक्त भएका छन् । सङ्घीयताको मर्मलाई पछ्याउँदै धेरै जनसङ्ख्या रहेका इलाका तथा पहाडी क्षेत्रका मानिसका लागि समेत ध्यान दिएर स्थानीयवासीको विशेष पहलमा यसखाले सेवा थालिएको कार्यालयका प्रमुख मुरारी वस्तीले […]


प्रकाशित मिति: २ आश्विन २०७३, आईतवार

पोखरा, २ असोज । पोखराको जिरो किलोमिटरमा सञ्चालनमा आएको रिजनल हस्पिटलद्वारा शनिबार हाडजोर्नी तथा नशा रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो । अस्पतालको शुभारम्भको अवसरमा आयोजित सो शिविरमा ८१ जनाको स्वास्थ्य परीक्षण गरिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष जगत खड्काले जानकारी दिए । शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा दिवस कटुवाल क्षेत्री, डा दिनेशकुमार विक, […]


प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार

चितवन, १ असोज । चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट पूर्वी चितवनको खैरहनी नगरपालिका–११ बस्ने ५२ वर्षीय लेखनाथ (हरि) बर्ताैलाको मृत्यु भएको छ । शुक्रबार दिउँसो घाँस काट्न चितवन राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरेका बर्तौला बेपत्ता भएका थिए । बेपत्ता भएका बर्तौलाको खोजी गर्दा आज बिहान अमृते पोस्ट नजिक शव फेला परेको निकुञ्जले जनाएको छ ।


प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार

बैतडी, १ असोज । जिल्ला अस्पताल बैतडीमा औषधि बिक्री कक्ष सञ्चालनमा आएको छ । सरकारको नीति अनुसार जिल्ला अस्पतालमा शुक्रबारदेखि औषधि बिक्री कक्ष सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले जानकारी दिए। “औषधि बिक्री कक्षमा बाहिरी औषधि पसलभन्दा सस्तो मूल्यमा औषधि पाइनेछ” उहाँले भन्नुभयो “तत्कालका लागि एक जना बिफर्मा र एक जना […]


प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

राजविराज, ३१ भदौ । यहाँ आयोजित कार्यक्रममा संस्कृत तथा नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क ल्याउने दुईजना छात्रछात्रालाई पुरस्कृत गरिएको छ । सप्तरीको सखडास्थित छिन्नमस्ता भूपेन्द्र संस्कृत माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) २०७१÷२०७२ मा संस्कृत र नेपाली विषयमा सो विद्यालयमा सबैभन्दा बढी अङ्क ल्याउने संस्कृत विद्यालयका छात्र–छात्राहरू पुरस्कृत भएका हुन् । जिल्लामा एक मात्र संस्कृत विद्यालय रहेको […]



 

 

 

 

 

 

 


ताजा अपडेट