नेपाल लोक कल्याण सङ्घद्वारा स्वास्थ्य चौकी निर्माण

प्रकाशित मिति: २ आश्विन २०७३, आईतवार

बागलुङ, २ असोज । नेपाल लोक कल्याण सङ्घले जिल्लाको नारायणस्थान–३ मा स्वास्थ्य चौकी भवन निर्माण गरेको छ ।

रु २४ लाखको लागतमा बनेको स्वास्थ्य चौकी भवन सङ्घले हालै स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । जसमा रु पाँच लाख ५० हजार स्थानीय जनश्रमदान परेको छ ।

उक्त भवनबाटै स्वास्थ्य चौकी सञ्चालन भइरहेको स्वास्थ्य चौकीका प्रमुख ऋषिराम शर्माले जानकारी दिनुभयो । नौवटा कोठा, एक सभा हल, शौचालय र स्नान कोठासहितको पक्की भवनबाट सेवा प्रवाह भइरहेको उहाँको भनाइ छ ।

सामाजिक उत्तरदायित्वस्वरूप संस्थाले स्वास्थ्य चौकी भवन निर्माण गरेको सङ्घका प्रशासकीय अधिकृत कल्पना कार्कीले बताए ।

पक्की भवन निर्माणपछि प्रसूति केन्द्रलगायतका सेवा सञ्चालन गर्न सहज भएको उहाँको भनाइ छ । सार्वजनिक जग्गामा बनेको उक्त भवनको जग्गा स्वास्थ्य चौकीको नाममा दर्ता गराउन प्रक्रिया अघि बढेको जनाइएको छ । रासस


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट