प्राथमिक उपचार घरदैलो सेवा जिल्लामै नमुना कार्यक्रम

प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

नवलपरासी, ३ असोज । नवलपरासीको विकट पहाडी क्षेत्रका सर्वसाधारण जनतालाई स्वास्थ्यको सहज पहुँच पु¥याउने उद्देश्यले जिल्लामा पहिलो पटक स्वास्थ्य उपचार घरदैलो सेवा सुरु गर्न लागिएको छ ।

जिल्लामा पहिलो पटक जिल्लाको गैँडाकोटमा अवस्थित सहज सामुदायिक अस्पतालले नयाँ सेवाका रुपमा प्राथमिक स्वास्थ्य उपचार घरदैलो सेवा सुरु गर्न लागेको हो । सो अभियानको उद्देश्य विशेष गरी पहाडी क्षेत्रका जनतालाई लक्षित गरी अस्पतालले पोषणसम्बन्धी जानकारी दिन तथा स्वास्थ्य सेवा र सरसफाइबारे स्थानीयलाई सचेत गराउने रहने छ ।

विकट पहाडी गाविस कोटथर, डाँडाझेरी, रतनपुरलगायत नवलपरासी र चितवन आसपासका पहाडी क्षेत्रका सर्वसाधारणलाई लक्षित गरी तीन वर्षे विशेष योजना ल्याउने तयारी गरिएको सहज सामुदायिक अस्पतालका अध्यक्ष करुणासागर सुवेदीले बताए ।

गैँडाकोटको सहज सामुदायिक अस्पतालले सुरु गर्न लागेको प्राथमिक स्वास्थ्य उपचार घरदैलो सेवा जिल्लामै नमुना कार्यक्रम हो । अस्पतालको सेवा क्षेत्र गैँडाकोट नगरपालिकासहित नवलपरासी र चितवनको विकट पहाडी क्षेत्र रहने छ । अभियानका लागि बङ्गलादेशबाट एक जना चिकित्सक र एकजना पोषण विज्ञसहितको एक टोली एक साताअघि अस्पतालमा आएका छन् ।

विदेशी चिकित्सक तथा पोषणविद्ले अस्पतालसँग मिलेर स्वास्थ्य स्वयम्सेविकालाई तालिम दिनेछन् । यस्तै तालिम प्राप्त स्वयम्सेविकालाई प्राथमिक स्वास्थ्य उपचार सेवा दिनका लागि घरघरमा पठाइ सरसफाइ तथा स्वास्थ्य जानकारी तथा पोषणसम्बन्धी चेतना पु¥याउन बङ्गलादेशी चिकित्सकले भूमिका खेल्ने बताइएको छ ।

त्यसैबीच, नवलपरासीको बर्दघाटमा रहेको दिव्यज्योति बहुमुखी क्याम्पसलाई मुलुककै नमुना क्याम्पस एवम् मानव विश्वविद्यालयका रुपमा विकसित गर्ने उद्देश्यले बृहत् शैक्षिक तथा धार्मिक महोत्सव सञ्चालन हुने भएको छ ।

आगामी फागुन २५ गतेदेखि चैत २ गतेसम्म सप्ताहव्यापी ‘नवलपरासी बर्दघाट चिसापानी शैक्षिक तथा धार्मिक महोत्सव २०७३’ सञ्चालन हुने बताइएको हो ।

क्याम्पसलाई उत्कृष्ट बनाई यस क्षेत्रकै शैक्षिक गुणस्तर युक्त अग्रणी क्याम्पसको रुपमा विकसित गर्ने उद्देश्यले शौक्षिक तथा धार्मिक महोत्सवको आयोजना गरिएको क्याम्पस प्रमुख कृष्णबन्धु पौडेलले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट