बैतडी जिल्ला अस्पतालमा औषधि बिक्री कक्ष

प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार

बैतडी, १ असोज । जिल्ला अस्पताल बैतडीमा औषधि बिक्री कक्ष सञ्चालनमा आएको छ । सरकारको नीति अनुसार जिल्ला अस्पतालमा शुक्रबारदेखि औषधि बिक्री कक्ष सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले जानकारी दिए। “औषधि बिक्री कक्षमा बाहिरी औषधि पसलभन्दा सस्तो मूल्यमा औषधि पाइनेछ” उहाँले भन्नुभयो “तत्कालका लागि एक जना बिफर्मा र एक जना अहेवको व्यवस्था गरिएको छ ।”

सरकारले बिरामीलाई सजिलो होस् भन्ने उद्देश्यले सरकारी अस्पतालभित्र औषधि बिक्री कक्ष सञ्चालन गर्ने नीति लिएको हो । औषधि बिक्री कक्षमा निःशुल्क रुपमा अस्पतालमा उपलब्ध हुने बाहेकका औषधि किन्न पाइने बताइएको छ ।

जिल्ला अस्पताल परिसरभित्रै औषधि बिक्री कक्षा सञ्चालनमा आएपछि बिरामीलाई सजिलो हुने भएको छ । निःशुल्क रुपमा प्राप्त नहुने तर किन्नुपर्ने औषधि अब सजिलै किन्न सकिने बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट