बैतडीका धौल चन्दले गरे स्वास्थ्य चौकीलाई निःशुल्क जग्गादान

प्रकाशित मिति: २ आश्विन २०७३, आईतवार

बैतडी, २ असोज । बैतडीस्थित हटैराज–४ का स्थानीय बासिन्दा धौल चन्दले निःशुल्क रूपमा स्वास्थ्य चौकीलाई जग्गादान गरेका छन ।

चन्दले स्वास्थ्य चौकी भवन निर्माणका लागि पाँच रोपनी जग्गादान गरेको हटैराज स्वास्थ्य चौकीका इन्चार्ज जगदीश भट्टले जानकारी दिए ।

जग्गादान गरेसँगै स्वास्थ्य चौकीको भवन निर्माणका लागि सहज हुनाका साथै उक्त ठाउँमा स्वास्थ्य चौकी भवन निर्माण भएपछि स्थानीय बासिन्दाले सहज रूपमा स्वास्थ्य सेवा पाउने विश्वास गरिएको छ ।

एक्स–रे मेसिन बिग्रँदा बिरामीलाई समस्या

जिल्ला अस्पताल बैतडीमा एक्स–रे मेसिन एक हप्तादेखि बिग्रँदा बिरामीलाई समस्या भएको छ ।

एक्स–रे मेसिन बिग्रँदा चोटपटक लागेका बिरामीलाई चेकजाँच गर्न समस्या भएको हो । करिब २० वर्ष पुरानो एक्स–रे मेसिन जिल्ला अस्पतालमा रहेको र प्राविधिकहरूले बिग्रेको मेसिन बनाउन नसक्ने बताएपछि नयाँ मेसिन ल्याउनुपर्ने अवस्था रहेको जिल्ला अस्पताल बैतडीका डा नीरज आचार्यले जानकारी दिए ।

एक महिना अगाडि बिग्रेको एक्स–रे मेसिन बीचमा मर्मत गरेर सञ्चालनमा ल्याइएको भए पनि फेरि बिग्रेपछि समस्या भएको डा आचार्यले बताए । रासस


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट