पोखरामा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित मिति: २ आश्विन २०७३, आईतवार

पोखरा, २ असोज । पोखराको जिरो किलोमिटरमा सञ्चालनमा आएको रिजनल हस्पिटलद्वारा शनिबार हाडजोर्नी तथा नशा रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो ।

अस्पतालको शुभारम्भको अवसरमा आयोजित सो शिविरमा ८१ जनाको स्वास्थ्य परीक्षण गरिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष जगत खड्काले जानकारी दिए ।

शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा दिवस कटुवाल क्षेत्री, डा दिनेशकुमार विक, वरिष्ठ रेडियोलोजिस्ट डा आनन्दबहादुर श्रेष्ठले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

उहाँका अनुसार शिविरमा ५० जना बिरामीको ल्याब परीक्षण, १० जना बिरामीको भिडियो एक्सरे र ४० जना बिरामीको एक्स–रे गरिएको थियो ।

आइसियुसहित २५ बेड क्षमता रहेको हस्पिटलले चौबीसै घन्टा आकस्मिक सेवा, अत्याधुनिक प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, मुटुको भिडियो एक्स–रे, इसिजीलगायत ओपिडी सेवा सुरु गरेको छ । रासस


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट