विद्यालय कर्मचारीलाई दरबन्दीमा ल्याउन माग

प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

काठमाडौं, ३ असोज । विद्यालय कर्मचारी संगठनले विद्यालयमा कार्यरत कर्मचारीलाई दरबन्दीमा ल्याउन माग गरेको छ ।

संगठनले शिक्षा ऐनले अस्थायी शिक्षकलाई प्रतिस्पर्धा वा सुविधासहित स्वेच्छिक अवकाशको व्यवस्था गरे झैँ आफूहरुलाई पनि एक पटकका लागि भए पनि दरबन्दीमा ल्याउने व्यवस्था मिलाउनुपर्ने माग गरेको हो ।

संगठनका केन्द्रीय अध्यक्ष शङ्कर ढकालले  “विद्यालय कर्मचारी अत्यन्त न्यून सुविधा मासिक रु दुई हजारदेखि छ हजारमा काम गरेर बाँच्न सक्ने अवस्था नरहेकाले हामीलाई पनि सरकारले हेर्नुप¥यो भने ।”

उहाँले शैक्षिक तथ्याङ्क विवरण संकलन कार्य पनि झारा टार्ने किसिमको मात्र भएको गुनासो गर्दै माथिल्लो तहको मात्र विवरण संकलन हुने गरेको आरोप लगाए । उहाँले शंसोधित शिक्षा ऐन कार्यान्वयनमा आफ्नो संगठनको समेत सहकार्य हुनुपर्नेमा जोड दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट