बाघको आक्रमणबाट मृत्यु

प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार

चितवन, १ असोज । चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट पूर्वी चितवनको खैरहनी नगरपालिका–११ बस्ने ५२ वर्षीय लेखनाथ (हरि) बर्ताैलाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो घाँस काट्न चितवन राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरेका बर्तौला बेपत्ता भएका थिए । बेपत्ता भएका बर्तौलाको खोजी गर्दा आज बिहान अमृते पोस्ट नजिक शव फेला परेको निकुञ्जले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट