महोत्तरी प्रहरीद्धारा तीन गाई बरामद

प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलवार

गौशाला, ४ असोज ।तीन गाईलाई गएराति भन्सार छली भारततर्फ निकासी गर्न लागिएको अवस्थामा महोत्तरी प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी सम्सी र रघुनाथपुरबाट गए राति सीमा सुरक्षा गस्तीका लागि गएको संयुक्त प्रहरी टोलीले रघुनाथपुर–८ स्थित वनको बाटामा तीन गाई भारततर्फ लैजान लागिएको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

बरामद गाई आवश्यक कारबाहीका लागि छोटी भन्सार कार्यालय सम्सीमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरीमा खुल्ला सीमा नाकाका कारण दैनिक गाईगोरु भारतमा तस्करी हुने गरेको छ । रासस


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट