विविध
प्रकाशित मिति: १३ आश्विन २०७३, बिहीबार

जुम्ला, १३ असोज ।  ‘डेभलपमेन्ट फर पिस’ टेक्सासको सहयोगमा स्थानीय कर्णाली स्पोर्टस् क्लबले बोहोरागाउँस्थित रत्नचुँडेश्वर उच्च माविको पुस्तकालयका लागि पुस्तक सहयोग गरेको छ । कथा, कविता, निबन्ध, उपन्यास, एकाङ्की, बाल शिक्षा, बाल कथा सङ्ग्रहलगायतका विभिन्न विधाका एक हजार १६५ पुस्तक प्रदान गरिएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दि ए। “हामीले रु एक लाख १८ हजार […]


प्रकाशित मिति: १३ आश्विन २०७३, बिहीबार

नवलपरासी, १३ असोज । नवलपरासीका गण्डक प्रभावित समुदायले गण्डक सम्झौता पुनरावलोकनको माग राख्दै जनजागरण अभियान सुरु गरेका छन् । गण्डक नदीबाट प्रभावितको सङ्गठन गण्डक नदी नियन्त्रण सङ्घर्ष समितिको अगुवाइमा प्रभावितले जिल्लाबाट सुरु गरेको जनजागरण अभियान देशका मुख्य मुख्य स्थानमा गरी असोज १६ गतेसम्म चल्ने छ । नवलपरासीबाट सुरु गरिएको गण्डक सम्झौता पुनरावलोकन जनजागरण अभियान अन्तिम […]


प्रकाशित मिति: १३ आश्विन २०७३, बिहीबार

नवलपरासी, १३ असोज । बेस्ट मिडियाको आयोजनामा जिल्लामै पहिलो पटक बृहत् शैक्षिक मेला २०७३ शुरु भएको छ । उक्त मेला असोज १५ गतेसम्म सञ्चालन हुनेछ । यस क्षेत्रका विद्यार्थीका लागि शैक्षिक परामर्श दिन मेला आयोजना गरिएको आयोजक संस्था बेस्ट मिडियाका अध्यक्ष नवीन पौडेलले जानकारी दिए । कुन विषय अध्ययन गर्ने, कुन विषयका शैक्षिक संस्था कहाँ छ, विषय […]


प्रकाशित मिति: १३ आश्विन २०७३, बिहीबार

पोखरा, १३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज  पोखरा हल्लनचोकमा आयोजित कार्यक्रममा फेवातालबाट जलकुम्भी झार निकालेर फेवाताल  सरसफाइ अभियानको  शुभारम्भ गरिएको छ । राष्ट्रपतिसमक्ष ज्ञापनपत्र बुझाउँदै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले पोखरा र फेवातालको सरसफाइमा सुरक्षा निकाय, नागरिक समाज, राष्ट्रसेवक कर्मचारीलगायत विभिन्न सङ्घसंस्थाको सक्रिय सहभागिता रहँदै आएको जानकारी गराए । राष्ट्रपति भण्डारीलाई नागरिक समाज पोखराका संयोजक […]


प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

चन्द्रौटा (कपिलवस्तु), १२ असोज ।  राष्ट्रिय मदरसा सङ्घले कृष्णनगरमा आउनुभएका (डिएसपी) प्रहरी नायब उपरीक्षक तारिखचन्द्र चौधरीलाई मुस्लिमको पवित्र धार्मिक ग्रन्थ कुरान प्रदान गरेको छ । प्रहरी नायब उपरीक्षक चौधरीसहित सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका प्रहरी निरीक्षक परशुराम पन्थी र इलाका प्रहरी कृष्णनगरका प्रमुख सञ्जय रिजाललाई स्वागत गर्दै कुरान दिइएको हो । राष्ट्रिय […]


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

बैतडी, ११ असोज । स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका कार्यकारी निर्देशक डा गुणराज लोहनीले स्वास्थ्य सेवालाई सुदृढीकरण गर्नका लागि पनि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याइएको बताएका छन्। स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमको बारेमा जानकारी दिनका लागि सोमबार बैतडी पुगेका कार्यकारी निर्देशकले यो कार्यक्रमले सबै नागरिकलाई समान व्यवहार गरेको र पहुँच नपुगेकाको स्वास्थ्य सेवामा पहुँच पु¥याउने दाबी गरे […]


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

दाङ, ११ असोज । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ५ का सभापति वसन्त देवकोटाको ४८ बर्षको उमेरमा काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको छ । रगत, फोक्सोलगायतमा समस्या देखिएपछि भदौ ३० गते नर्भिक अस्पताल, काठमाडौँमा भर्ना हुनुभएका देवकोटाको उपचारकै क्रममा निधन भएको उपचारमा संलग्न डाक्टर बजेन्द्र श्रीवास्तवले जानकारी दिए । स्व देवकोटाका श्रीमती, तीन […]


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

काठमाडौँ, ११ असोज ।  मुलुकमा पहिलो पटक छिन्नमस्ता सखडा शक्तिपीठ सप्तरीको आयोजनामा आगामी चैत १६ गतेदेखि सप्तरी जिल्लास्थित छिन्नमस्ता मन्दिर, सखडामा श्री लक्षचण्डी रुद्र महायज्ञ हुने भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा पीठाधीश महाचन्द्र ठाकुरले उक्त महायज्ञ उच्च कोटीको महायज्ञ भएको बताउँदै महायज्ञमा नेपाल र भारतका शङ्कराचार्य, पीठाधीश, मठाधीश, सन्त, महन्थको सान्निध्यमा तीन हजार […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

भक्तपुर, १० असोज ।  आयोजक संस्था क्वेस्ट नेपालका अध्यक्ष नीरञ्जन अधिकारीले  कात्तिक ५ र ६ गते भक्तपुर सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयमा विद्यालय पाठ्यक्रममा आधारित विद्यार्थी गुणीय चक्र (एसक्युसी)को १२ औँ  राष्ट्रिय सम्मेलन आयोजना हुने बताएका छन । क्वेस्ट नेपालका देशभर रहेका १८ हवबाट छानिएका विद्यार्थीमात्र राष्ट्रिय सम्मेलनमा सहभागी हुन पाउने छन् ।अध्यक्ष अधिकारीले सम्मेलनमा देशका विभिन्न […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार डोल्पा, १० असोज । नेपालीको महान् चाड बडादसैँ  नजिकिँदै गर्दा डोल्पालीलाई भने खाद्यान्नको चटारो बढेको छ । खाद्य संस्थानले हरेक वर्ष दसैँका लागि सहुलियतमा खाद्यान्न वितरण गर्ने गरे पनि यसपाली समयमै खाद्यान्न ढुवानी हुन नसक्दा खाद्यान्नको चटारो बढेको स्थानीयवासी लवचन्द्र रोकाय बताउँछन् । संस्थानले चामल, नुनलगायतको खाद्यान्न ढुवानी भइसकेको बताए तापनि खाद्य […]


प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

काठमाडौं । विश्व अल्जाइमर्स दिवसको सन्दर्भ पारेर बिहीबार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले चेतनामूलक कार्यक्रमसहित मेमोरी क्लिनिक शुभारम्भ गरेको छ । ग्रान्डीले बिहीबार सेप्टेम्बर २१ ‘मलाई सम्झ’ (रिमेम्बर मी) भन्ने नाराका साथ संसारभर विश्व अल्जाइमर्स दिवस मनाइँदै गर्दा अस्पतालले एक औपचारिक कार्यक्रम गरी मेमोरी क्लिनिक शुभारम्भ भएको घोषणा गरेको हो । मेडिको सोसियल समस्याका रूपमा फैलँदो अवस्थामा […]


प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

बागलुङ, ७ असोज । ‘नेपाल किड्नी फाउन्डेसन’ र अमेरिकाको ‘डाभिटा भिलेज ट्रस्ट’ले बिहीबार आयोजना गरेको मिर्गौला परीक्षण शिविरबाट बागलुङका ५६० जनाले निःशुल्क रूपमा आफ्नो मिर्गौला परीक्षण गरेका छन्  । स्वदेशी तथा विदेशी दक्ष चिकित्सक र प्राविधिकले शिविरमा सेवा उपलब्ध गराएका थिए । फाउन्डेसनले बर्सेनि यस्ता शिविर सञ्चालन गर्दै आएको  छ।  मिर्गौलासम्बन्धी रोगको परीक्षण, परामर्श र […]


प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

भक्तपुर, ७ असोज । योग जिल्ला घोषणा मूल समारोह समिति भक्तपुरले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुर नेपालमै पहिलो योग जिल्ला भएको घोषणा गर्ने तयारी पूरा भइसकेको पतञ्जली योग समितिका केन्द्रीय सदस्य एवम् मूल समारोह सचिवालय सदस्य बालमुकुन्द सुवालले बताएका छन् । भक्तपुरमा १० देखि ७० वर्ष उमेर समूहका दुई लाख ५० हजार ४३९ जनसङ्ख्यामध्ये ५५ प्रतिशत नागरिक योगाभ्यासमा […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

गुल्मी, ६ असोज । गुल्मीको निस्ती–बडिघाट सामुदायिक विकास केन्द्र गुल्मीमार्फत विभिन्न ठाउँमा एम्बुलेन्स सेवा सञ्चालनका लागि आर्थिक सहयोग अभियान सुरु गरी आर्थिक रकम थपिँदै गएको छ । निस्ती–बडिघाट सामुदायिक विकास केन्द्र गुल्मीले केही समयअगाडि देखि स्वदेश तथा विदेशका विभिन्न देशमा रहेका यस क्षेत्रका नेपालीबाट अर्थ अभियान सञ्चालन गरेको थियो । उक्त अभियानबाट हालसम्म विभिन्न व्यक्तिबाट […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

काठमाडौँ, ६ असोज ।  करिब ५०० वर्षअगाडि ब्रह्महरि उदासीनले स्थापना गरेको बालाजुस्थित धार्मिक सम्पदा ‘प्राचीन उदासीन गुरु नानक मठ’ संरक्षणको अभावमा  अहिले जीर्ण बन्दै गएको छ । करिब ३५ रोपनीको क्षेत्रफलमा रहेको उक्त स्थान, वरिपरिका स्थानीय मानिस तथा खोला किनारामा बस्दै आएका सुकुम्वासीबाट समेत अतिक्रमणमा परेको छ । गत वर्षको भूकम्पका कारण महन्त बस्दै आएको कुटी […]



 

 

 

 

 

 

 


ताजा अपडेट