विविध
प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

इलाम, ६ असोज । सहिद रत्नकुमार वान्तवाको इलामको चमैतास्थित चित्रेमा रहेको पुरानो घर सहितको संरचना संरक्षणका लागि सरकारले रु एक करोडभन्दा बढी रकम छुट्याएको छ । मृत्यु भएको ३७ वर्षपछि सहिद घोषित हुनुभएका वान्तवाले निर्माण गरेको सुरुङ, घर, सहादत प्राप्त गरेको स्थान र समाधि संरक्षणका लागि उक्त रकम विनियोजन गरेको रत्न—बम प्रतिष्ठानले जानकारी दिएको छ […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

पाँचथर, ६ असोज । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर स्थानीय शान्ति समिति पाँचथरका ६ जना पूर्वसंयोजकलाई बुधबार बिहान सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा स्थानीय शान्ति समिति, पाँचथरका पहिलो संयोजक हर्क नेम्वाङ (मिक्सो), भुवानीप्रसाद लिङदेन, ज्ञानेन्द्र लक्सम, सागर केरुङ, बालकृष्ण काफ्ले, लयप्रसाद बास्कोटा र अर्जुनदेव स्याङवो छन । उनीहरूलाई पाँचथरका प्रमुख जिल्ला अधिकारी किरण थापाले प्रमूख […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

जाजरकोट, ६ असोज । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले प्रगति विवरण नपठाएपछि रेबिज विरुद्धको भ्याक्सिन जिल्ला अस्पतालमा आएको छैन । जिल्ला स्वास्थ्य कार्यालयमा रेबिज विरुद्धको भ्याक्सिन नहुँदा दैनिक कुकुर तथा स्यालले टोकेका बिरामी आएपनि रित्तो हात फर्कने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटलाई क्षेत्रीय स्वास्थ्य निर्देशनालयले प्रगति विवरण पठाउन ताकेता गरेपनि स्वास्थ्य कार्यालयले पठाउन ढिला […]


प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

दाङ, ६ असोज । दाङको उरहरी र हस्नापुर गाउँ जोड्ने पुल निर्माणसँगै यहाँका स्थानीयवासीलाई सहज भएको छ । उक्त पुल २०७१ साल साउन २९ गते बाढीले बगाउँदा स्थानीयवासीलाई आवत–जावतमा समस्या भएको थियो । बगाएको पुल फेरि निर्माण गरिएपछि स्थानीयवासी खुसी भएका छन् । तुलसीपुर–१९ स्थित क्वाङखोलामा रु ९३ लाख रुपैयाँको लागानीमा पक्की पुल निर्माण गरिएको […]


प्रकाशित मिति: ५ आश्विन २०७३, बुधबार

हेटौँडा, ५ असोज । ऊर्जामन्त्री जनार्दन शर्माले मकवानपुर जिल्लास्थित कुलेखानी जलविद्युत् आयोजना प्रथम निबुवाटार, दोस्रो आयोजना भैँसे र निर्माणाधीन आयोजना तेस्रोको भैँसेमा आज स्थलगत निरीक्षण गर्नुभएको छ । सो अवसरमा ऊर्जामन्त्री शर्माले  निर्माणाधीन तेस्रो आयोजनाका सम्बन्धित पदाधिकारीलाई छिटोभन्दा छिटो उक्त आयोजना निर्माण कार्य सञ्चालन गरी लक्ष्यअनुसार उत्पादन कार्य सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । कुलेखानी प्रथम […]


प्रकाशित मिति: ५ आश्विन २०७३, बुधबार

वीरगन्ज, ५ असोज । प्रदेश नं २ को उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा स्थापना भई आजबाट आफ्नो कामकाज सुरु गरेको छ । नेपाल सरकारको भदौ २९ गतेको निर्णयअनुसार सो इजलास स्थापना भई बारा, पर्सा तथा रौतहट जिल्लाको सेवाग्राहीलाई न्याय सेवा पु¥याउँदै आएको छ । जनताको घरदैलोसम्म न्याय सेवा पु¥याउने उद्देश्यले अस्थायी इजलास वीरगन्जमा स्थापना […]


प्रकाशित मिति: ५ आश्विन २०७३, बुधबार

कञ्चनपुर, ५ असोज ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–११ का दुईजनालाई अनुमति नलिइकनै अवैध रूपमा मदिराको कारोबार गर्दै आएका कारण जरिवाना तिराइएको छ । मङ्गलबार साँझ आन्तरिक राजस्व कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले पसलमा छापा मारी लक्ष्मण ऐरी र मुकेश पैतलालाई जनही रु पाँच÷पाँच हजार जरिवाना तिराइएको हो । पसलमा अवैध रूपमा बिक्रीका लागि राखिएको […]


प्रकाशित मिति: ५ आश्विन २०७३, बुधबार

पाँचथर, ५ असोज । पाँचथरको ग्रामीण भेग यासोक बजारबाट चौबिसै घन्टा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । रञ्जन सिंह बोहोरा स्मृति प्रतिष्ठानले लामो समयदेखि बिरामी बोक्ने सवारीसाधनको अभावमा समयमै अस्पताल पुग्न नसकिरहेका सर्वसाधारणलाई ध्यानमा राखेर यो सेवा सञ्चालनमा ल्याएको हो । इलाका स्वास्थ्य चौकी यासोकमा यसअघि पटक पटक एम्बुलेन्स सेवाको माग भइआएको भएपनि स्थानीयवासीको मागप्रति […]


प्रकाशित मिति: ५ आश्विन २०७३, बुधबार

गुलरिया (बर्दिया), ५ असोज । सिकलसेल एनेमियाका गम्भीर प्रकृतिका १६५ बिरामीलाई सुविधासम्पन्न अस्पतालमा उपचारका लागि सिफारिस गरिएको छ । बाँकेको भेरी अञ्चल अस्पताल र बर्दिया अस्पतालमा ११४ जना बिरामीलाई जान सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए । सरकारले एक लाख रुपैयाँसम्म उपचार खर्च बेहोर्ने प्रजिअ थापाले बताए। पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली […]


प्रकाशित मिति: ५ आश्विन २०७३, बुधबार

फलेवास (पर्वत), ५ असोज । ठेकेदारको लापरबाही र सडक विभागको बेवास्ताका कारण पर्वतको सदरमुकामसँग ग्रामीण क्षेत्रलाई जोड्ने दोविल्ला–फलेवास सडकको कालोपत्र उप्किएको छ । बर्खायाममा कालोपत्र गरिएको र गुणस्तरहीन काम भएकाले एक महिनामै कालोपत्रको बिजोग भएको हो । एक महिना नपुग्दै सडकको कालोपत्र उप्किएको भन्दै स्थानीयवासीले त्यसप्रति विरोध गरेका छन् । जिल्लामै पहिलोपटक ग्रामीण सडकमा गरिएको […]


प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलवार

काठमाडौँ, ४ असोज । व्यवस्थापिका संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले क्यासिनो नेपाल-नेपाल रिक्रिएसन सेन्टरका पूर्व कर्मचारीका उजुरीका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, होटल सोल्टी, गृहमन्त्रालय र नेपाल प्रहरीलाई छलफलका लागि समितिमा बोलाएको छ । सो विषयमा अध्यययन गर्न गठित उपसमितिले समिति समक्ष दिएको प्रतिवेदनका आधारमा थप छलफल गरी निष्कर्षमा पुग्न ती निकायलाई […]


प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलवार

भोजपुर, ४ असोज । भोजपुरको बेहेरेश्वर गाउँपालिकाको केन्द्र वैकुण्ठे गाविसको चिलाउनेटारलाई हटाई भुल्केमा केन्द्र सारेको प्रति मानेभञ्ज्याङ, वैकुण्ठे, बासिखोरा सङ्घर्ष समितिले घोर आपत्ति जनाएको छ । सोमबार अपराह्न भोजपुरको सदरमुकाममा पत्रकार सम्मेलन गर्दै स्थानीय तह पुनःसंरचना प्राविधिक समितिले प्रस्तुत गरेका आठवटा स्थानीय तह र तीनको सिमाङ्कन र केन्द्रहरु प्रस्तावित गरिएको भन्दा फरक गरी बेहेरेश्वर गाउँपालिकाको […]


प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलवार

लिबाङ (रोल्पा), ४ असोज । जलजला बहुमुखी क्याम्पस लिबाङ, रोल्पालाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउन अनुरोध गर्नका लागि सर्वदलीय बैठकले निर्णय गरेकोे छ । जिल्ला सदरमुकाममा रहेको क्याम्पस नाजुक अवस्थामा गुज्रिरहेको हुँदा शैक्षिक र आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले क्याम्पसलाई कुनै न कुनै विश्वविद्यालयको आङ्गिक बनाउनुपर्ने भएको क्याम्पस प्रमुख कृष्णप्रसाद न्यौपानेले जानकारी दिए। उहाँका अनुसार […]


प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलवार

काठमाडौँ, ४ असोज । सरकारले थालेको अस्थायी शिक्षक व्यवस्थापन प्रक्रियामा अस्थायी शिक्षकले आफूहरू सामेल नहुने जनाएका छन् । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिका अध्यक्ष नीरेन्द्र कुँवरले शिक्षा ऐन (आठौँ संशोधन) अनुसार आफूहरूको व्यवस्थापन गर्न नथालेको भनी प्रक्रियामा सामेल नहुने जानकारी गराए । “ऐनमा शिक्षक सेवा आयोगले प्रकाशन गर्ने आन्तरिक विज्ञापन अगाडिसम्म तोकिएको सुविधा लिने वा […]


प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलवार

रसुवा, ४ असोज । रसुवाका गाउँ गाउँमा गठित सामुदायिक मेलमिलाप केन्द्रको सेवालाई सहजीकरण गर्न  जिल्ला संवाद समूह गठन भएको छ । अधिवक्ता एवम मेलमिलाप राष्ट्रिय प्रशिक्षक हरिप्रसाद पण्डितका अनुसार गाउँ गाउँमा गठित केन्द्रले मिलाउन नसकेको देवानी मुद्दा जिल्लास्तरमा सरोकार निकायलाई समन्वय गरी छिटो छरितो तरिकाले सुल्झाउन नौ सदस्यीय समूह गठन भएको हो । गाउँ समाजमा ससाना […]



 

 

 

 

 

 

 


ताजा अपडेट