कञ्चनपुरका मदिरा कारोबारीलाई जरिवाना

प्रकाशित मिति: ५ आश्विन २०७३, बुधबार

कञ्चनपुर, ५ असोज ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–११ का दुईजनालाई अनुमति नलिइकनै अवैध रूपमा मदिराको कारोबार गर्दै आएका कारण जरिवाना तिराइएको छ ।

मङ्गलबार साँझ आन्तरिक राजस्व कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले पसलमा छापा मारी लक्ष्मण ऐरी र मुकेश पैतलालाई जनही रु पाँच÷पाँच हजार जरिवाना तिराइएको हो । पसलमा अवैध रूपमा बिक्रीका लागि राखिएको विभिन्न ब्रान्डका ५६ थान मदिरासमेत जफत गरी आन्तरिक राजस्व कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले बताए।

अनुमतिबिना मदिरा बिक्री–वितरण गर्दै आएका पसलको निरन्तर अनुगमन गरी कारबाही अघि बढाइने  पनि बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट