पाँचथरका छजना पूर्वसंयोजक सम्मानित

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

पाँचथर, ६ असोज । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर स्थानीय शान्ति समिति पाँचथरका ६ जना पूर्वसंयोजकलाई बुधबार बिहान सम्मान गरिएको छ ।

सम्मानित हुनेहरूमा स्थानीय शान्ति समिति, पाँचथरका पहिलो संयोजक हर्क नेम्वाङ (मिक्सो), भुवानीप्रसाद लिङदेन, ज्ञानेन्द्र लक्सम, सागर केरुङ, बालकृष्ण काफ्ले, लयप्रसाद बास्कोटा र अर्जुनदेव स्याङवो छन ।

उनीहरूलाई पाँचथरका प्रमुख जिल्ला अधिकारी किरण थापाले प्रमूख अतिथिको आसनबाट सम्मानपत्र वितरणसँगै दोसल्ला ओढाएर सम्मान गरेका हुन।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट