पुल निर्माणले स्थानीयवासीलाई सहज

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

दाङ, ६ असोज । दाङको उरहरी र हस्नापुर गाउँ जोड्ने पुल निर्माणसँगै यहाँका स्थानीयवासीलाई सहज भएको छ । उक्त पुल २०७१ साल साउन २९ गते बाढीले बगाउँदा स्थानीयवासीलाई आवत–जावतमा समस्या भएको थियो ।

बगाएको पुल फेरि निर्माण गरिएपछि स्थानीयवासी खुसी भएका छन् । तुलसीपुर–१९ स्थित क्वाङखोलामा रु ९३ लाख रुपैयाँको लागानीमा पक्की पुल निर्माण गरिएको हो ।

जिल्ला विकास समिति, दाङले पुल निर्माणको जिम्मा जुद्ध एन्ड पूर्ण निर्माण कम्पनीलाई दिएको थियो । रु ९२ लाख ९६ हजार ३४६ रुपैयाँमा १२ मिटर लम्बाइ र ४ं.८५ मिटर चौडा पुल निर्माण भएको इन्जिनियर थमप्रसाद पाण्डेले जानकरी दिए छ। नवनिर्मित पुलको उद्घाटन मङ्गलबार सांसद डिल्लीबहादुर चौधरीले गरेको थिए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट