मुख्य समाचार
प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

अमेरिका, २३ माघ । जी सेभेनको सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदो मे महिनामा इटली जाने कार्यक्रम रहेको छ । उक्त कुरा इटलीका प्रधानमन्त्री पाउलो जेन्टिलोनीसंगको टेलिफोन वार्तापछि भ्रमण तय भएको बताइएको छ । यो नै ट्रम्पको पहिलो युरोप भ्रमण हो । विश्वका सात विकसित राष्ट्रका प्रमुखको बैठक टोर्मिना, सिसिलीमा हुन लागेको छ […]


प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल काठमाडौँ, २३ माघ । स्वीकृति प्राप्त पात्रो (पञ्चाङ्ग) विसं २०७४ को सार्वजानिक बिदा समावेश नगरी नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रकाशन गर्ने भएको छ । समितिले विसं २०७४ मा पात्रो प्रकाशन गर्न तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, आकाश दर्शन, सूर्य, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, सिद्धि र कीर्ति गरी १३ वटा पञ्चाङ्गलाई स्वीकृति दिएको […]


प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

काठमाडौं, २३ माघ । एसएसपी श्याम खत्रीलाई दुबईबाट आएको ३४ किलो सुनकाण्डमा पक्राउ गरिएको छ । आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआईबीको टोलीले खत्रीलाई प्रहरी प्रधानकार्यालयबाटै पक्राउ गरेको हो । खत्रीलाई सुनकाण्डमा मुछिएकै कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरी प्रधान कार्यालय नक्शालमा सरुवा गरिएको थियो । एसएसपी खत्रीलाई विमानस्थलमा ३४ किलो सुनकाण्डपछि कर्मचारीहरु छानविनको दायरामा आउने […]


प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल जाजरकोट, २३ माघ । उद्घाटन भएको एक महिना नपुग्दै जाजरकोटको गर्खाकोट– ९ मा रहेको छिर्क खोलामा निर्माण भएको पिको जल विद्युत् आयोजना नहर भत्किएको छ । नहर भत्किए लगतै विद्युत सेवा बन्द भएको छ । जिल्लामा आइतबार बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । ४.५ किलोवाट क्षमताको आयोजना सञ्चालनमा आएपछि ६१ घरमा बिजुली […]


प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल भद्रपुर, २३ माघ । झापाका राजनीतिक दलले सबै दलको सहमतिमा तत्काल स्थानीय निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेका छन् । आइतबार विर्तामोडमा भएको छलफलमा सहभागी नेताहरुले स्थानीय तहको निर्वाचनका लागि सबै दल सहमतिमा आउनुपर्ने जोड दिएका हुन् । सबै दलको भावनालाई समेत समेटेर सहमति र सहकार्यमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने उनीहरुको भनाइ थियो […]


प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

भक्तपुर, २३ माघ । यही माघ ८ गते राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले सञ्चालन गरेको कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक भएको  छ । परीक्षामा कुल ५३ हजार ५०७ जना परीक्षार्थी सहभागि भएकोमा ४६ हजार १४३ जना परीक्षार्थी उतीर्ण भएका छन । बोर्डले कक्षा ११ को नियमित परीक्षामा एक विषयमा अनुतीर्ण भएका परीक्षार्थीका लागि मौका […]


प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल काठमाडौं, २३ माघ । आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाका नेताहरुलाई छलफलका लागि आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका छन् । दलहरुबीच पहिला संविधान संशोधन कि निर्वाचन भन्ने विषयमा विवाद बढिरहेका बेला देउवाले मोर्चाका नेताहरुसँग छलफल गर्न लागेका हुन । देउवाले मोर्चाका नेताहरुलाई आज दिउँसो तीन बजे बुढानिलकण्ठमा बोलाएका छन् । संविधान संशोधन […]


प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल दमक, २१ माघ । संविधानले दिएको समय सीमाभित्र निर्वाचन गर्न छाडेर सरकार अन्यत्र छलकपटमा मात्रै केन्द्रित भएको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । शुक्रबार झापाको दमकमा एमाले प्रदेश नम्बर १ को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले निर्वाचन गर्ने भन्दै निर्वाचन नगराउने खेलमा लागेको आरोप लगाए । […]


प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल भक्तपुर, २१ माघ । सरकारले आगामी जेठ १० गतेभित्र स्थानीय निर्वाचन गर्न गरेको प्रतिबद्धता स्वागतयोग्य भएको नेकपा (एमाले) नेता एवम् पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले बताएका छन् । शुक्रबार भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अझै पनि निर्वाचन गर्न नदिने षड्यन्त्र भइरहेकाले त्यसलाई चिरेर अगाडि बढ्नुपर्ने बताए । उनले व्यवस्थापिका–संसद्ले […]


प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

काठमाडौँ, २१ माघ । आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुन लागेको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनका लागि प्रत्येक क्षेत्रबाट प्रतिनिधि छनोट गर्ने उद्देश्यले देशका २४० निर्वाचन क्षेत्रमा आज एकै दिन क्षेत्रीय अधिवेशन सुरु भएको छ । सम्बन्धित निर्वाचन क्षेत्रमा पार्टीका अध्यक्ष, पदाधिकारी तथा केन्द्रीय नेतृत्व अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ । महाधिवेशनमा सहभागी […]


प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल काठमाडौँ, २१ माघ । विकास निर्माणबाट पछाडि परेको कर्णाली क्षेत्रको विकासका लागि ठोस कार्ययोजनासहित प्रस्तुत हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कर्णाली विकास आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् । कर्णाली क्षेत्रको जडिबुटी, कृषि, पर्यटन, ऊर्जा क्षेत्रको प्रचुर सम्भावनालाई सदुपयोग गरेर मात्रै मुलुकको आर्थिक समृद्धिको मार्गप्रशस्त गर्न सकिने उनले स्पष्ट पारे । विगतमा जस्ता […]


प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल काठमाडौं, २१ माघ । सीके राउतलाई १० दिन थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ । जनकपुरबाट बिहीबार पक्राउ परेका राउतलाई शुक्रबार अदालतमा उपस्थित गराइएको हो । इलाका प्रहरी कार्यलय लाहानका अनुसार राज्य विरुद्धको संगठित अपराधमा मुद्दा चलाउने तयारीमा रहेको प्रहरीले अनुसन्धानका लागि १० दिनको म्याद पाएको छ । पहिले पनि राज्य विरुद्धको […]


प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल काठमाडौं, २१ माघ । मेलम्ची खानेपानी आयोजनाको पाइप विच्छाउने क्रममा भत्काइएका सडकको खाल्डा तत्काल पुर्न संसदको विकास समितिले निर्देशन दिएका छन् । यस्तै काम भइरहेको ठाउँमा पनि पानी छर्कन र सडकको धुलो सफा गर्ने ब्रुमर मेसिनको प्रयोग गर्न पनि भनेको छ । राजधानीमा मेलम्चीको पाइप विच्छाउने तथा रिङरोड विस्तारका क्रममा सडक खन्दा धुलो […]


प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल गोरखा, २१ माघ । नेपाली काँग्रेस गोरखाले जिल्ला अधिवेशन सम्पन्न भएको एक वर्षपछि जिल्ला सदस्य र आमन्त्रित सदस्य मनोनीत गरेको छ । बिहीबार बसेको बैठकले क्षेत्र नं १ बाट महासमिति सदस्य राजनराज पन्त, विश्वदेव श्रेष्ठ र इमानसिंह बस्नेतलाई जिल्ला सदस्यमा मनोनीत गरेको हो । यस्तै क्षेत्र नं २ बाट बलराम खड्का र राजु […]


प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

रिपोर्टर नेपाल भीमदत्तनगर, २१ माघ । अपराध नियन्त्रण, अनुसन्धान तथा सामाजिक सुरक्षाका लागि प्रहरी–नागरिकबीच सहकार्य आवश्यक रहेको नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बताए । प्रहरी महानिरीक्षक अर्यालले शान्तिसुरक्षा प्रहरीको एक्लो प्रयासले असम्भव रहेको बताए । ‘अपराधीसित समाजले कहिल्यै पनि सम्झौता गर्न सक्दैन,’ उनले थपे–’अपराध नियन्त्रणमा बढ्दै गएका चुनौती सामना गर्न नागरिकबाट पनि प्रहरीलाई सहयोग आवश्यक […]



 

 

 

 

 

 

 


ताजा अपडेट