मुख्य समाचार
प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

काठमाडौँ, २१ माघ । विभिन्न जिल्लाका निर्वाचन कार्यालयमा  निकट भविष्यमा हुन गइ रहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालय, कास्कीमा २३ दल दर्ता भएका छन् । जिल्लामा विसं २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा २६ दलले भाग लिएको कार्यालय प्रमुखले बताए । स्थानीय तहको निर्वाचनमा भाग लिन […]


प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

ताप्लेजुङ, २१ माघ । वनरक्षक गणेशबहादुर शाहीको हत्या प्रकरणका मुख्य अभियुक्त मानिने सबिन लिम्बूसहित ६ जना विरुद्ध जिल्ला अदालत ताप्लेजुङले थुनछेक आदेश जारी गरेको छ । करिब एक महिना अगाडि हत्या गरिएका वनरक्षक शाहीको हत्या प्रकरणमा मुख्य अभियुक्त भनिएका सबिन लिम्बूसहित ६ जनालाई पुर्पक्षका लागि बिहीबार थुनामा राख्न आदेश जारी गरिएको हो । जिल्ला न्यायाधीश […]


प्रकाशित मिति: २० माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल काठमाडौँ, २० माघ । संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक भएको भन्दै सांसदहरुले दलको सहमतिमा स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । बिहीबार व्यवस्थापिका–संसद्को बैठकको विशेष समयमा उनीहरुले निर्वाचनका लागि आवश्यक कानुनी पूर्वाधार र स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन सच्याएर मात्र निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका […]


प्रकाशित मिति: २० माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल काठमाडौँ, २० माघ । राष्ट्रिय उपभोक्ता मञ्च नेपालले खाना पकाउने ग्यास सिलिन्डरमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ । बुधबार रातिदेखि लागू हुने गरी नेपाल आयल निगमले ग्यासमा प्रति सिलिन्डर रु २५ वृद्धि गरेको थियो । गएको महिना मात्रै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको थियो । निगमले […]


प्रकाशित मिति: २० माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल काठमाडौं, २० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ७ मुस्लिमबहुल देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्धप्रति विश्वरभर विरोध भइरहेको छ । तर, संयुक्त अरब इमीरेट्सका राजकुमार शेख अब्दुल्ला बिन जायद अल नाहयानले भने ट्रम्पको यस निर्णयप्रति समर्थन जनाएका छन् । राजकुमारले भनेका छन्, ‘अमेरिकालाई यो निर्णय लिन पूरा अधिकार छ ।’ ट्रम्प प्रशासनले […]


प्रकाशित मिति: २० माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल काठमाडौँ, २० माघ । खाना पकाउनका लागि प्रयोग गरिने ग्यासको मूल्यमा फेरी वृद्धि भएको छ । शुक्रबार राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिन्डर रु २५ वृद्धि गरिएको हो । ग्यासको मूल्य बढेर अबदेखि प्रतिसिलिन्डर रु एक हजार तीन सय ५० पुगेको नेपाल आयल निगमले जनाएको छ । नेपाल आयल निगमका अनुसार यस अघि […]


प्रकाशित मिति: २० माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल काठमाडौं, २० माघ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनाको मृत्युको भविष्यवाणी गर्ने एक ज्योतिषीलाई प्रहरीले पक्राउ गरेको छ । श्रीलंकाको सेनामा काम गरिसकेका ज्योतिषी विजिथा रोहाना विजेमुनीलाई प्रहरीले पक्राउ गरेका हुन् । उनले श्रीलंकाको राष्ट्रपतिको गत महिना जनवरीमा मृत्यु हुने भविष्यवाणी गरेका थिए । उनले राष्ट्रपति २७ जनवरीमा कुनै दुर्घटना वा विमारीको शिकार हुनेछन् […]


प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल काठमाडौँ, १९ माघ । बुधबार स्वास्थ्यमा सुधार भएपछि नेपाली काँग्रेसका नेता नरहरि आचार्य एक वर्षपछि व्यवस्थापिका–संसद्को बैठकमा भाग लिएका छन् । पार्टीका तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि गत वर्षको पुस २६ गते श्रद्धाञ्जलि दिने क्रममा हृदयाघातका कारण अचेत भएका नेता आचार्य स्वास्थ्यमा सुधारआएपछि राजनीतिक गतिविधिमा संलग्न हुन थालेका हुन । पत्रकारसँग कुरा गदैं […]


प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल काठमाडौँ, १९ माघ । निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सरकार लागिपरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले बताए । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने – ‘निर्वाचनका लागि राजनीतिक समझदारी आवश्यक भएकाले यसका लागि सरकार इमान्दारीपूर्वक प्रयास गरिरहेको छ ।’ राजनीतिक सहमति जुटाएर छिट्टै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार […]


प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल न्यूजिल्याण्ड, १९ माघ । एक नेपाली युवक रक्सी पिएर गाडी चलाएको अवस्थामा समातिदा उनलाई न्यूजिल्याण्डको अध्यागमनले देश छोड्न आदेश दिएको छ । डिपेन्डेण्ट भिसामा एक वर्ष अगाडि न्यूजिल्याण्ड पुगेका दिपेन्द्र प्रधानले रक्सी पिएर गाडी चलाएको र प्रहरीको अगाडि नरोकिएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । वियर मात्र पिउने गरेका २९ वर्षीय प्रधान […]


प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल काठमाडौँ, १९ माघ । बुधबार राजधानीमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ५३औँ बैठक सुरु भएको छ । बैठकमा आठवटै सदस्य मुलुकका परराष्ट्र, विदेश तथा बाह्य मामिला मन्त्रालयमा क्षेत्रीय सङ्गठनको जिम्मेवारी पाएका सहसचिवले भाग लिएका छन् । उक्त बैठकको नेतृत्व भने परराष्ट्र मन्त्रालय, क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले गरेका छन् […]


प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल काठमाडौं, १९ माघ । प्रधानमन्त्री निवास बालुवाटारमा बगैंचा बन्ने भएको छ। त्याहा यतिबेला धमाधम निर्माणको खन्ने खोस्रने काम भइरहेको छ । बालुवाटारका एक कर्मचारीका अनुसार अहिले प्रधानमन्त्रीको निजी निवासको पूर्वतर्फ रहेको खाली जग्गामा बगैंचा बनाउनका लागि जमीन सम्यो पानर्ने काम भइरहेको ले जानकारी दिए । प्रधानमन्त्री निजी निवास अगाडी रहेको यो खाली जग्गासमेत […]


प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल काठमाडौं, १९ माघ । आज सरस्वती पूजाको दिन सरकारले शैक्षिक संस्थाहरुमा विदा दिएको छ । आजको दिन ज्ञान-विज्ञान, कला-शिल्प, संगीतकी देवी सरस्वतीको पुजा गर्ने गरिन्छ । माघ महिनाको शुक्लपक्षको पञ्चमीलाई वसन्त पञ्चमीको रुपमा पनि मनाइने गरिन्छ । माता सरस्वतीको जन्मोत्सवलाई हामी सरस्वती पूजाको रुपमा मनाउने गर्छौं । विधि-विधानपूर्वक पूजा गर्नाले विद्या, वाणी र […]


प्रकाशित मिति: १८ माघ २०७३, मंगलवार

एजेन्सी काठमाडौं, १८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सात मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको कार्यकारी आदेशको विरोधमा गुगलको मातृकम्पनी अल्फाबेटका हजारौं कर्मचारीहरु काम छाडेर प्रदर्शनमा उत्रेका छन् । अल्फाबेटका आठ कार्यालयका दुई हजारभन्दा बढि कर्मचारी काम छाडेर विरोध प्रदर्शनमा उत्रिएका हुन् । कर्मचारीहरुको प्रदर्शनलाई गुगलका सहसंस्थापक सेर्गे ब्रिन र सीईओ सुन्दर […]


प्रकाशित मिति: १८ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल काठमाडौं, १८ माघ । दलित समुदायका समस्या समाधानप्रति सरकार कटिवद्ध भएर लागेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । प्रधानमन्त्रीले प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान राष्ट्रिय दलित मुक्ति मोर्चाका प्रतिनिधि मण्डलसँगको भेटमा यस्तो कुरा बताएका हुन् । संबैधानिक मान्यता प्राप्त हुनु दलित आयोगलाई ठूलो उपलब्धी भएको बताउँदै उनले दलितहरुको विकास र सम्वृद्धिका पक्षमा कार्य […]



 

 

 

 

 

 

 


ताजा अपडेट