विश्व
प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, कात्तिक । पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङशलको जोडीले शुक्रबार स्वर्ण जितेका छन् । फाइनलमा रत्न र नङशलको जोडीले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको जोडीलाई २१–१३ र २१–१५ को सोझो सेटमा पराजित गरी ब्याडमिन्टनमा नेपाललाई ऐतिहासिक सफलता […]


प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

काठमाडौं । ११औँ भ्याली पब्लिक कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिता आगामी २५ कात्तिकदेखि ४ मंसिरसम्म आयोजना हुने भएको छ । गल्फुटारस्थित आयोजक भ्याली पब्लिक स्कुलको कोर्टमा सञ्चालनमा हुने प्रतियोगितामा सिनियर छात्रतर्फ २४ र सिनियर छात्रातर्फ १६ विद्यालयको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी छात्र र छात्राका टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल […]


प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

काठमाडौं । जारि तेस्रो सेन्चुरी बैंक कर्पोरेट क्रिकेट सुपर सिक्सेज प्रतियोगितामा आयोजक टिम सेन्चुरी बैंकले बिहीबार भएको दुवै खेलमा जित हात पार्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । सेन्चुरी बैंकले पहिलो खेलमा एनएमबी बैंक र दोस्रो खेलमा आइसिएफसी फाइनान्सलाई पराजित ग¥यो । कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा आयोजक सेन्चुरी बंैकले एनएमबी बैंकलाई २२ रनले जितेको हो […]


प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ५ कात्तिक । बाबु हिराबहादुर थापा र छोरा अमृत थापा मगर चौथो सिभिल बैंक खुला स्क्वास प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरूसँगै प्रवीणवीरसिंह कंशाकार र डिफेन्डिङ च्याम्पियन अरहान्तकेशर सिं पनि सेमिफाइनलमा पुगे । हिराले सुजन ज्वारचनलाई ५–११, ११–२, ११–४ र ११–७, अमृतले कुमार पुनलाई ११–६, ११–९ र […]


प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ५ कात्तिक । राष्ट्रिय फुटसल लिगअन्तर्गत बिहीबार भएका खेलमा शंखमुल फुटसलले जित हात पारेको छ भने चउर फुटसल र ह्वाइट हर्स फुटसलले बराबरी खेलेका छन् । शंखमुल फुटसलको होम ग्राउन्डमा भएको खेलमा शंखमुलले अवे टिम सामाजिक फुटसललाई ७–४ गोल अन्तरले पराजित ग¥यो । निकै प्रतिस्पर्धात्मक खेलमा शंखमुलले आफ्नो होम कोर्टको फाइदा […]


प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

काठमाडौं । सुजेन शाही र सोम लामाले नेपाल ओपन स्नुकर प्रतियोगितामा बिहीबार जित हात पारेका छन् । सुजेनले मोती तामाङलाई ३–२ तथा सोमले सरोज गौतम ३–१ को फ्रेममा पराजित गरे । बिहीबार भएको खेलमा विकास गुरुङले सौरभ कर्णलाई ३–१, शेरबहादुर लामाले दीपु शाक्यलाई ३–१ र राम महर्जनले समिम अख्तरलाई ३–२ ले पराजित गरे । त्यस्तै […]


प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

एजेन्सी लन्डन, ५ कात्तिक । युरोपियन च्याम्पियन्स लिग फुटबलमा आर्सनल र बार्सिलोनाले फराकिलो जित हात पारेका छन् । समूह ‘ए’ अन्तर्गत बुधबार राती भएको तेस्रो चरणको खेलमा आर्सनलले बुल्गेरियाको लुदोगोरेट्स राज्गार्डलाई ६–० ले हरायो । आर्सनलको जितमा मेसुत ओजिलले ह्याट्रिक गरे । बाल्कोट, अक्सलेड चेम्बरलिन र अलेक्सिस सान्चेजले १–१ गोल गरे । त्यस्तै समूह ‘सी’ […]


प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ५ कात्तिक । तेक्वान्दोको खेलको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)का अध्यक्ष डा. चोङवन चो ५ दिने नेपाल भ्रमणमा शुक्रबार आउने भएका छन् । तेक्वान्दो महासंघका अध्यक्ष डा. चोको ५ दिने नेपाल भ्रमण ९ कात्तिकमा हुनेछ । सो भ्रमणको दौरानमा उनले तेक्वान्दोका विभिन्न गतिविधिका बारेमा अध्ययन गर्नेछन् । अध्यक्ष डा.चोले त्यसबीच भगवान् […]


प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ५ कात्तिक । पाकिस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङशलको जोडी बिहीबार फाइनलमा प्रवेश गरेका छन् । २७ मिनेट चलेको सेमिफाइनलमा रत्न र नङशलको जोडीले पाकिस्तानका रिज्वान अजाम र सरा मोहम्मदको जोडीलाई २१–१६ र २१–१२ को सोझो सेटमा पराजित गरे । […]


प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहीबार

४ कात्तिक, रामेछाप । रामेछाप जिल्लामै सर्वाधिक पुरस्कार राशीको भुजी लिग रनिङ शिल्ड फुटबल प्रतियोगिता शुक्रबारबाट भूजीको खेल मैदानमा सुरु हुने भएको छ । प्रतियोगितामा २० भन्दाबढी स्थानीय टोलीहरुको सहभागिता रहनेछ । आयोजक लिखु भुजी रामेछाप युवा क्लवले विहीबार जिल्ला सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी शुक्रबारदेखि प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ । २०६८ सालदेखि […]


प्रकाशित मिति: १ कार्तिक २०७३, सोमबार

चितवन, १ कात्तिक । नारायणगढको क्याम्पाचौरमा आजदेखि टुबोर्ग विकास रनिङ सिल्ड फुटबल नकआउट प्रतियोगिताको १२औँ संस्करण सुरु भएको छ । यो प्रतियोगितामा भारतका चारसहित १५ वटा टोलीले स्पर्धा गर्नेछन् । प्रतियोगिता १६ वर्षपछि हुन लागेको हो । युवा पुस्ताको सक्रियतामा पुनः खेल सुरु हुन लागेको हो । आज पहिलो दिन चितवन ११ र हिमालयन युथ क्लब कैलालीबीच […]


प्रकाशित मिति: ३० आश्विन २०७३, आईतवार

दाङ, ३० असोज । नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च कतारले एक वर्षअघि कतारमा दुर्घटनामा घाइते भएका रुकुम चौखावाङ गलम्पाटीका ललित बुढा मगरको परिवारलाई एक लाख ६० हजार रुपैयाँ सहयोग गरेको छ । बिरामी बुढा मगर दश महिनादेखि कतारको अस्पतालमा अचेत अवस्थामा छन् । बिरामी ललितको गाउँमा एक कार्यक्रम गरी सहयोग रकम हस्तान्तरण गरिएको […]


प्रकाशित मिति: ३० आश्विन २०७३, आईतवार

३० असोज, काठमाडौं । शनिबार राति भएको खेलमा  चोटमुक्त भएर मैदान फर्किएका लिओनल मेस्सीले गोलका मदतमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा डिपोर्टिभोमाथि सहज जित हात पारेको छ ।बार्सिलोनाले १० खेलाडीमा सिमित डिपोर्टिभोलाई ४-० गोल अन्तरले पराजित गरेको हो । नाउ क्याम्पमा भएको खेलमा मेस्सी तीन हप्तापछि मैदान फर्किएका थिए । बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश […]


प्रकाशित मिति: २९ आश्विन २०७३, शनिबार

पर्वत, २९ असोज । पर्वत र छिमेकी बागलुङबाट बेल्जियममा पुगेका गैह्रआवासीय नेपाली सङ्घ बेल्जियममा रहेका नेपालीहरुले सङ्कलन गरेको रकम प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल मोदीवेणी धाममा निर्माणाधीन वृद्धाश्रम निर्माण समितिलाई हस्तान्तरण गरि सहयोग गरेको छ । बेल्जियममा रहेका हिक्मत श्रेष्ठको पहलमा सङ्कलन गरिएको उक्त रकम मोदीवेणी ज्येष्ठ नागरिक आश्रम विकास समितिका अध्यक्ष दीर्घनारायण श्रेष्ठलाई शुक्रबार एक समारोहबीच रु दुई लाख […]


प्रकाशित मिति: १९ आश्विन २०७३, बुधबार

काठमाडौँ, १९ असोज । न्युरोड टिम (एनआरटी)ले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मङ्गलबार भएको खेलमा सातदोबाटो युवा क्लबलाई पराजित गर्दै ‘ए’ डिभिजन फुटबल क्लबमा बढुवा भएको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएको आफ्नो अन्तिम खेलमा एनआरटीले सातदोबाटोलाई २–० गोलअन्तरले पराजित गर्दै पुनः ‘ए’ डिभिजनमा बढुवा भएको हो । अन्तिम खेलमा […]



 

 

 

 

 

 

 


ताजा अपडेट