विश्व
प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

काठमाडौं । भियतनामको दानाङमा जारी पाँचौँ एसियाली विच गेम्समा सहभागी हुने नेपाली साम्बो टोलीलाई सोमबार बिदाई गरियो । युवा तथा खेलकुद मन्त्री दलजीत विक श्रीपालीले सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरे । सेप्टेम्बर २८ देखि अक्टोबर ३ तारिखसम्म हुने साम्बोको पुरुष ६२ केजीमुनि हिमप्रभ खत्री र कृष्णलाल तामाङले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ६४ […]


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

काठमाडौं । जुम्ल्याहा दिदी मायांका र बहिनी माहिका राणाको जोडीले प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको महिला डबल्स उपाधि सोमबार जितेका छन् । ३ जोडी सहभागी राउन्ड रोविन लिगको अन्तिम खेलमा जुम्ल्याहा जोडीले विभूति कार्की र विजिशा श्रेष्ठको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरे । राउन्ड रोविनको समाप्तिसँगै इरा रावत र अभिलाषा विष्टको […]


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ११ असोज । जिल्लाहरूमा पौडी खेलको विकास र विस्तार गर्ने उद्देश्यले नेपाल पौडी संघले पोखरामा पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ । ८ वर्षदेखि निरन्तर रूपमा सञ्चालन गर्दै आएको माछापुच्छ«े उमेर समूह पौडी प्रतियोगिताको सातौँ संस्करण १६ र १७ गते हुने भएको हो । संघका अध्यक्ष तथा नेपाल ओलोम्पिक कमिटीका सदस्य […]


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

काठमाडौं । प्रथम दसैँ स्नुकर प्रतियोगिता सोमबारदेखि राजधानीमा सुरु भएको छ । सोमबार एक कार्यक्रमकाबीच सुनधारास्थित एक्सक्ल्युसिभ स्नुकरमा स्नुकर खेलका अग्रज निमा लामाले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा विजयी खेलाडीले नगद ५० हजार, उपविजेताले २० हजार तथा तेस्रो हुनेद्वय खेलाडीले नगद ५÷५ हजार र ४ जुनियर उदीयमान खेलाडीलाई छनोट गरी स्नुकर क्युब प्रदान गरिने […]


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ११ असोज । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा सोमबारका खेलमा पञ्चकन्या तेज र विशाल वारियर्स विजयी भएका छन् । कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय(टियु) क्रिकेट मैदानमा पञ्चकन्याले कलर्स एक्स फ्याक्टर्सलाई ३४ रनले हरायो । पन्चकन्याले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कलर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

चौर फुटसलको विजयी सुरुआत रिपोर्टर नेपाल समाचार काठमाडौं, ११ असोज । सर्वाधिक पुरस्कार राशिको फुटसल लिग राजधानीमा सोमबारबाट सुरु भएको छ । सोमबार भएको उद्घाटन खेलमा चौर फुटसल बाँसबारीले विजयी सुरुआत गरेको छ । चौरले आफ्नै मैदानमा भएको खेलमा ढुकु फुटसल हव महाराजगञ्जलाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो । प्रतिस्पर्धात्मक बनेको […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १० असोज । रानी पोखरी कर्नर टिम (आरसिटी) सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा डिभाइन व्वाइज युनियन क्लबलाई ३–० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो । आरसिटीको जितमा बिकी तामाङले २ तथा शेखर लिम्बुले १ गोल गरे […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १० असोज । आसन्न कात्तिक ८ गतेका लागि तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदको लागि २ उम्मेदवार नरेन्द्र श्रेष्ठ र कर्माछिरिङ शेर्पाको उम्मेदवारी परेको छ । उम्मेदारी घोषणा गर्ने अन्तिम दिन आइतबार उपाध्यक्ष कर्माछिरिङ शेर्पाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजना गर्दै उम्मेदवारी घोषणा गरेपछि अध्यक्ष पदका […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

एजेन्सी कानपुर, १० असोज । भ्रमणकारी न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा भारत जित नजिक पुगेको छ । ४ सय ३४ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले चौथो दिनको खेल सकिँदा ४ विकेट गुमाएर ९३ रन बनाएर खराब प्रदर्शन गरेको छ । जितका लागि न्युजिल्यान्डलाई अझै ३ सय ४१ रन आवश्यक छ भने उसका ६ विकेट मात्र बाँकी छ […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

मड्रिड, १० असोज । स्पेनिस ला–लिगाको शीर्षस्थानमा रहेको रियल मड्रिड लगातार दोस्रो खेलमा पनि बराबरीमा रोकिएको छ । ला–लिगा अन्तर्गत शनिबार राती भएको खेलमा मड्रिड लास पालमससँग २–२ को बराबरीमा रोकिएको हो । बराबरीसँगै रियल मड्रिडले अंक दुरी बढाउने मौका गुमायो । रियलका लागि करिम बेन्जेमा र मार्को एसेनसिओले १–१ गोल गरे । लास पालमसका […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १० असोज । शनिबारबाट सुरु भएको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा पन्चकन्या तेज तथा कान्तिपुर गोर्खाजले विजयी सुरुआत गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा पञ्चकन्या तेज जगदम्भा राइनोजलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो । पहिलो दिनको खेल भने वर्षाका कारण स्थगित भएको […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १० असोज । इरा रावत र अभिलाषाको जोडीले प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको महिला डबल्समा आइतबार जित हात पारेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको राउन्ड रोविन लिगमा उक्त जोडीले विजिशा श्रेष्ठ र विभूति कार्कीको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे । ललितपुर जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार मुस्ताङ, १० असोज । मुस्ताङको कोबाङमा जारी ४६औँ थाक खेलकुद महोत्सवअन्तर्गत पुरुष भलिबलमा जनहित युवा क्लब जोमसोमले उपाधिमाथि ह्याट्रिक गरेको छ । आइतबार भएको पुरुषको फाइनल खेलमा जोमसोमले सिक्स सोल्टिज युवा क्लब घासालाई ३–२ सेटले पराजित गर्दै लगातार तेस्रोपटक उपाधि जित्न सफल भयो । महिलातर्फको भलिबलमा टुकुचेले उपाधि जित्यो । डिफेन्डिङ च्याम्पियनसमेत […]


प्रकाशित मिति: ९ आश्विन २०७३, आईतवार

काठमाडौं÷ ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित यहि असोज १५ गतेबाट नागी, भोजपुरको खेलमैदानमा महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता खेलकुद विकास समिति र बाल सञ्जाल नागीको संयुक्त आयोजनामा हुन गईरहेको छ । त्यसै गरी सो प्रतियोगितामा १६ वर्ष मुनीका बालबालिकाहरुको मनोरञ्जनका लागि बाल मैत्री फुटबल खेल पनि समावेश गरिएको छ […]


प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

मड्रिड, ७ असोज । स्पेनिस ला लिगा फुटबलमा स्पानियोल र भ्यालेन्सियाले विजय हासिल गरेका छन् । मड्रिडमा भएको खेलमा स्पानियोलले ओसासुना र भ्यालेन्सियाले डिपोर्टोभो अल्भासलाई पराजित गरेका हुन् । ओसासुनाको मैदानमा भएको खेलमा स्पानियोलले घरेलु टोलीलाई २–१ गोल अन्तरले पाखा लगायो । स्पानियोलको जितमा जेरार्ड मोरेनो र लियो बाप्तिस्ताओले समान एक÷एक गोल गरे । ओसासुनाका […]



 

 

 

 

 

 

 


ताजा अपडेट