मुख्य समाचार
प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

काठमाडौँ, २७ भदौ । नेपाल चिकित्सक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका डा मुक्तिराम श्रेष्ठ विजयी हुनुभएको छ ।   उहाँले एक हजार ६५२ मत प्राप्त गरी विजयी हुुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी डा रमेश ढकालले एक हजार १३२ मत प्राप्त गर्नुभएको छ । यसअघिका निर्वाचनमा जस्तै यस पटक पनि काँग्रेस निकट प्रजातान्त्रिक समूहले एक कोषाध्यक्ष पदबाहेक […]


प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

वर्षासँगै गएराति झरेको पहिरोका कारण मेची राजमार्गअन्तर्गत पाँचथर ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध बनेको छ । गत भदौ १७ गते गएको पहिरोले सडक अवरुद्ध भए पछि स्काइभेटर मेसिनको सहायताले सात दिन पछि नयाँ ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइए पनि पुनः त्यही ठाउँमा झरेको पहिरोले सडक अवरुद्ध भएको हो । पहिले गएको क्षेत्रबाट नै पुनः पहिरो झरेको […]


प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

साँझको खानपिन सकेरसँगै सुतेका कोर्चावाङ–५ निम्री रोल्पाका ४१ वर्षीय कृतिमान पुनको शव जंकोट–१ माडीचौरमा आइतबार फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । करिब तीन वर्ष पहिलोदेखि मानसिक रुपमा अस्वस्थ भएका पुन केही हप्तायता अली बढी बिरामी परेको परिवारलाई उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो । सँगै सुतेका पति बिहान उठ्दा […]


प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

बैतडी, २७ भदौ । बैतडीको तल्लोस्वाराडमा चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारले एक महिना पुग्न लाग्दा समेत क्षतिपूर्ति तथा राहत पाउन सकेका छैनन् । चितुवाको आक्रमणमा परी ज्यान गुमाएका उदयदेव–९ मकैल ब्याल्धमका चञ्चला चन्द र उदयदेव–२ कफाडीका अञ्जली चन्दका परिवारले राहत तथा क्षतिपूर्ति नपाएका हुन । उदयदेव–९ का हीरा चन्दकी सात वर्षीया छोरी चञ्चलाको भदौ ४ […]


प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

अग्ला हिमाल र चुली प्रशस्त रहेको नेपालमा हिउँमा चिप्लिएर खेलिने साहसिक खेल स्कीको विकास एवम् प्रवद्र्धनको प्रयास सुरु भएको छ । हिमालको आधारशिविर, चुली एवम् हिमाली क्षेत्रमा हिउँ पाइने भएकाले स्की खेलको विकास गरेर पर्यटक आकर्षित गर्न स्की तथा स्नोबोर्डिङ प्रतिष्ठान नेपालमा आबद्ध युवाले विदेशीको सहयोगमा तालिम चलाउँदै स्की स्कुल स्थापनाको कामअघि बढाएका छन् । […]


प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पहिलो पटक हाडजोर्नीको सफल प्रत्यारोपण गरिएको छ । कालिकोट फोइमहादेव–७ का ६३ वर्षीया देवीकन्या पाण्डेको दाहिने हिपको हाडजोर्नीको प्रत्यारोपण गरिएको हो । एक हप्ताअघि भैँसीले हानेर पाण्डेको हड्डी भाँचिएको थियो । हाडजोर्नी विशेषज्ञद्वय डा मङ्गल रावल र पुजन रोकायाको संयुक्त टिमले बिरामी पाण्डेको हाडजोर्नीको प्रत्यारोपण गरेको थियो । तीन दिनअघि […]


प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

एक किशोरीलाई जबर्जस्ती भारतीय नागरिकसँग यौन सम्पर्कमा लगाउन खोज्ने इटहरी–१ का लुम्बिनी होटलका सञ्चालक रामजी खत्री आइतबार अबेर पक्राउ परेका छन् । होटल सञ्चालक खत्रीले चार जना भारतीय नागरिकसँग प्रतिव्यक्ति पाँच हजारका दरले रु २० हजार लिई उनीहरूले नै लिएर आएको सवारीसाधनसँगै किशोरीलाई खत्री आफैँले मोटरसाइकलमा भेडेटार लैजाँदै गर्दा पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले […]


प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

म्याग्दीको बाबियाचौर–५ मा करिब रु डेढ करोडको लागतमा खानेपानी आयोजना निर्माण भएको छ । खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयमार्फत रु एक करोड ३५ लाख १५ हजारको लागतमा बाबियाचौर खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको हो । सरकारको रु ९६ लाख ८९ हजार अनुदान र उपभोक्ताको रु ३८ लाख २६ हजार बराबरको श्रमदानमा निर्माण भएको खानेपानी […]


प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

पुरातत्व विभाग र काठमाडौँ महानगरपालिका बीच सहमति भएपछि रानीपोखरी पुनःनिर्माणको काम यसै सातादेखि हुने भएको छ । मापदण्ड विपरीत पुनःनिर्माणका काम भएको भन्दै पुरातत्व विभागले निर्माणको लागि जिम्मा पाएको कामपालाई गत १६ गतेदेखि निर्माणको काम रोक्न निर्देशन दिएको थियो । निर्माण भइसकेका संरचना सच्याउने र अब बनाउने संरचना पनि विभागले भनेअनुरुप बनाउने सहमति भएपछि यसै […]


प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

राष्ट्रिय मानवअधिकार आयोगले रुपन्देहीसहितका तराईका दक्षिण सीमा क्षेत्रका नागरिकको मानवअधिकारको अवस्था जोखिमपूर्ण रहेको बताएको छ । आयोगले गरेको अवलोकनमा सीमा क्षेत्रमा भएका मानवनिर्मित बाँधले कटान, डुबान समस्या भोग्नुपरेको उल्लेख गरेको छ । आयोगका सदस्यव्दय गोविन्द शर्मा पौडेल र मोहना अन्सारी नेतृत्वको उच्चस्तरीय टोलीले रुपन्देही, नवलपरासी, कपिलवस्तु दाङका सीमा क्षेत्रका नागरिकको मानवअधिकारको अवस्थाबारे अवलोकन गरेको थियो । […]


प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

बागलुङदेखि छिमेकी मुलुक भारतको नयाँ दिल्लीसम्म सिधा बस सेवा सुरु हुने भएको छ । आउँदो असोज ७ गते पहिलो बस यहाँबाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नेछ । धौलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले पोखरामा रहेको मोर्डन ईरा टुर्स एन्ड ट्राभल्स प्रालिसँगको सहकार्यमा बस चलाउन लागेको हो । साताको आइतबार, बुधबार र शुक्रबार सेवा सुचारु हुने […]


प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

देशभरका ३५ हजार सामुदायिक विद्यालयलाई पछि पार्दै सर्वोत्कृष्ट बनेको पोखरा उपमहानगरपालिका– १२ स्थित शीतलादेवी माविले आइतबार एक भव्य कार्यक्रमका बीच हर्षोल्लास मनाएको छ । साधनस्रोतले सम्पन्न धेरै सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएका अवस्थामा सरकारबाट आठ वटा दरबन्दी र तीन वटा राहत कोटा मात्र पाएर अन्य सबै निजी स्रोतबाट सञ्चालनमा आएको विद्यालय सर्वोत्कृष्ट बनेको भन्दै […]


प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

सिद्धार्थ एसोसियसन अफ ट्राभल एन्ड टुर एजेन्ट (साटा) को आइतबार सम्पन्न आठौँ अधिवेशन तथा १७ औँ साधारणसभाबाट चन्द्र थापाको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । निर्वाचन समिति सदस्य उमेश थापा मगरका अनुसार साटाको वरिष्ठ उपाध्यक्षमा सुन्दरबहादुर क्षेत्री, उपाध्यक्षद्वयमा गोविन्द सिंह र दिनेश मल्ल, महासचिवमा मुकेश श्रेष्ठ, सचिवमा उमाशङ्कर मिश्र, कोषाध्यक्षमा अन्जन श्रेष्ठ र सहकोषाध्यक्षमा […]


प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

दशरथ रंगशाला, नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला हो। नेपालमा हुने सबै खालको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता यसै रंगशालमा सम्पन्न भएको थियो। मल्टी प्रपोज भेन्युको रुपमा प्रयोग हुँदै आएको रंगशालामा फुटबलबाहेक एथ्लेटिक्सका पनि विभिन्न इभेन्ट भएका छन्। यति मात्र होइन कन्सर्ट, विभिन्न राजनीतिक दलका ठूला कार्यक्रम पनि यहीँ हुँदै आएका छन्। बिहानबिहान मर्निङ वाक गर्नेले समेत […]


प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

काठमाडौँ, मन्त्रिपरिषद्ले सरकारका १२ सचिवहरुको सरुवा गरेको छ। त्यस्तै भवनआचारसंहिता राजपत्रमाप्रकाशित गरी लागु गर्ने निर्णय समेत गरेको छ। सिंहदरबारमा बसेको बैठले राष्ट्रिय योजनाआयोगमातीन सदस्यको नियुक्ति र विद्युतप्राधिकरणका कार्यकारी निर्देशक मुकेशराजकाफ्लेको राजनीनामा स्वीकृत समेत गरेको छ। योजनाआयोगमा डाक्टर स्वर्णीम वाग्ले, प्रभु बुढाथोकी र धिरेन्द्रमानप्रधानलाई नियुक्तीगरिएको छ । जसअनुसार………… शंकरप्रसादअधिकारीलाई सहकारी तथागरिबीनिवारणबाट पर्यटन तथानागरिक उड्डयन, गोपीनाथ मैनालीलाई […]



 

 

 

 

 

 

 


ताजा अपडेट