मुख्य समाचार
प्रकाशित मिति: २ आश्विन २०७३, आईतवार

फलेवास (पर्वत), २ असोज । गएरातिदेखि परेको मुसलधारे वर्षाका कारण पहिरो र खोलामा बाढी आउँदा पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–११ स्थित चुवाखोलामा आएको बाढीका कारण रातिदेखि नै सडक अवरुद्ध बनेको हो । बाढीले ठूलो मात्रामा ढुङ्गामाटो बगाएर सडकमा थुपारेपछि र खोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय, पर्वतले […]


प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार

नयाँ दिल्ली (भारत), १ असोज । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल भएको बताएको छ । भारत भ्रमणबारे जानकारी दिन उहाँले आज एक होटलमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा भने, “सद्भावना र सहयोग बढाउने भ्रमणको मूल लक्ष्य थियो, त्यसमा हामी सफल भयौँ ।” भारत सरकार, राजनीतिक दल र जनताको तहमा पनि प्रधानमन्त्रीको […]


प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार

नयाँ दिल्ली (भारत), १ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति सम्झौताका प्राकृतिक साझेदारसँग एकतासहित बनेको सरकारले नेपालमा लगानीका वातावरण उपयुक्त बन्दै गएको बताएका  छन । नेपालमा लगानी गरेका भारतीय उद्योगी एवम् व्यापारी समुदायले आज बिहान आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लगानीको वातावरण बन्दै गएकाले विदेशी लगानीकर्ताको मागअनुसार नेपालमा सबै संरचना तयार भएका छन् भने […]


प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार

गोरखा, १ असोज । नेपाल तरुण दल गोरखाका अध्यक्षमा यमबहादुर थापा विजयी हुनुभएको छ । शुक्रबार सदरमुकाममा भएको चौथो अधिवेशनले उपाध्यक्षमा आनन्द गुरुङ, सचिवमा चित्रप्रसाद भट्ट र कोषाध्यक्षमा प्रेम तामाङलाई सर्वसम्मत रुपमा चयन गरेको निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले जानकारी दिए । यस्तै अधिवेशनले कमलप्रसाद अम्गाईँ, जगत बराम, गौरी तामाङ, शान्ति रिजाल, चेतबहादुर गुरुङ, सरोज परियार […]


प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

काठमाडौँ, ३१ भदौ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले दशरथ रङ्गशालाको सरसफाइ गर्न निर्देशन दिएसँगै आज सरसफाइ गरिएको छ । बिहीबार रङ्गशालाको निरीक्षणपछि मन्त्री श्रीपाइलीले दश दिनभित्रमा त्यहाँको सरसफाइ गरिसक्नुपर्ने भन्दै निर्देशन दिएक थिए । मन्त्री स्वयम् सहभागी सरसफाइ कार्यक्रममा मन्त्रालयका कर्मचारी, खेलाडी र सम्बन्धित व्यक्तिको समेत सहभागिता थियो । रङ्गशालाको सरसफाइसँगै अन्य भौतिक […]


प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

भक्तपृुर, ३१ भदौ । इन्द्रजात्राको अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थलका रूपमा रहेको प्रसिद्ध प्राचीन इन्द्र दह (सिद्धपोखरी)मा आज बिहानैदेखि ठूलो मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट आश्विन कृष्ण द्वितीयाका दिन यहा“ ठूलो मेला लाग्ने गर्दछ । इन्द्र दह (सिद्धपोखरी)को स्नान गरी इन्द्रायणी देवीको पूजाआजा गर्ने भक्तजनको ठूलो घुइँचो लागेको हो । देवराज इन्द्रले स्नान […]


प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

काठमाडौँ, ३१ भदौ । जर्मन दाताले नेपालमा रहेको चिल्ड्रेन फ्युचर अर्गनाइजेसनलाई दिँदै आइरहेको मासिक रु १२ लाख अब नदिने भएका छन् । संस्थामा भइरहेको अनियमितताको स्थानीय प्रशासन तथा सरकारद्वारा छानबिन तथा दोषीलाई कारबाही नगरेसम्म सो सहयोग रकम रोक्न लागिएको हो । यहाँ बिहीबार आयोजित पत्रकारसम्मेलनमा दाताहरू फ्राउ पेट्र पाच्नर, हर हर्विग जान्ट्सिक एलेन र संस्थाकी […]


प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

३१ भदौ, नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता सम्पन्न भएको छ । बिहीबारदेखि चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड आज उच्चस्तरीय भेटवार्तामा व्यस्त छन् । विहान राष्ट्रपति भवनमा प्रधानमन्त्री प्रचण्डलाई राजकीय सम्मान प्रदान गरिएको थियो । अहिले विदेशमन्त्री स्वराजले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेकी छन् । भेटमा दुई देशको सम्वन्ध […]


प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

३१ भदौ, गुलरिया । जंगली हात्तीको आक्रमणबाट बर्दियामा दुई जनाको मृत्यु भएको छ । जंगली हात्तीले आक्रमण गर्दा सूर्यपटुवा-४ डल्लाका ७२ वर्षीय पुरुवा थारू र ढोडरी १ पठरवोजी घर भएका युवराज थारुको मृत्यु भएको हो । पुरुवालाई विहीबार बेलुकी सात बजे खेती कुर्न बनाइएको मचानमा बसीरहेका बेला हात्तीले आक्रमण गरेको थियो । यसैगरी युवराजलाई स्कुलबाट […]


प्रकाशित मिति: ३० भाद्र २०७३, बिहीबार

अर्घाखाँची, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकार पक्ष र प्रतिपक्षभन्दा पनि संविधान कार्यान्वयनका लागि सबै दल एकजुट हुनुपर्ने बताएका छन । सरकारमा को छ भन्दा पनि संविधान घोषणामा दलहरू एकमत र एकढिक्का भएजस्तै संविधान कार्यान्वयनका लागि एकजुट हुन नसकेमा संविधान कार्यान्वयन हुन नसक्ने बताए । उहाँले संविधान कार्यान्वयनका […]


प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

ब्रुनाईको रोयल प्यालेसमा लामो समय काम गरी अवकाश पाएका नेपालीहरुको संयुक्त आयोजनामा ‘रोयल स्टाफ ब्रुनाई पुनर्मिलन कार्यक्रम’ सम्पन्न भएको छ । राजधानीको जाउलाखेलमा रहेको थाईघर रेष्टुरेण्टमा संचालन गरिएको उक्त कार्यक्रममा काठमाडौं, पोखरा, झापा, धरान, चितवन, बुटवल, लमजुङ, भैरवा, स्याङ्जाबाट गरी ३५ जनाको उपस्थिति रहेको थियो । सागर थापाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा राम कुमार लिङ्देन […]


प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार भोजपुर, २८ भदौ । भोजपुर जिल्लामा एक सातादेखि हवाई उडान अवरुद्ध भएको छ । नेपाल वायुसेवा निगमले मौसमका कारण देखाउँदै हवाई उडान सञ्चालन गर्न सकेको छैन । भोजपुरमा रहेको एकमात्र विमानस्थलमा गत २१ गतेदेखि कुनै पनि उडान हुन नसकेको हो । भोजपुरमा नियमित उडान हुन नसक्दा बिरामीलाई प्रत्यक्ष असर पुगेको छ । […]


प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार विराटनगर, २८ भदौ । मुस्लिम धर्मालम्बीहरु आज (मंगलबार) धुमधामका साथ बकरिद अर्थात् इदजोहा पर्व उल्लासमय वातावरणमा मनाइरहेका छन् । सो धर्मालम्बीहरुले इदपछिको ठूलो पर्व बकरिदमा कुवानी गर्ने अर्थात् बलिदानीको पर्वका रुपमा मनाउने गर्छन् । सरकारले यस पर्वको उपलक्ष्यमा मंगलबार देशभर सार्वजनिक विदा दिएको छ । यस अवसरमा कतिपयले आफ्नो सबैभन्दा ठूलो धार्मिकस्थल […]


प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार भीमदत्तनगर, २८ भदौ । सरकारी विद्यालयमा भौतिक संरचना अभाव, विद्यार्थी संख्या घट्दै गएको जस्ता समाचार त धेरैले सुने र देखेका छौँ । तर, कञ्चनपुरको बेदकोट नगरपालिका–१ पिपलथलामा रहेको गणेश निमाविमा भने शिक्षकलाई तलब खुवाउनसमेत गाउँमा चन्दा संकलन गरिएको छ । ०४९ सालमा स्थापना भएको विद्यालयमा हाल ३ सय ६७ जना विद्यार्थी अध्ययनरत […]


प्रकाशित मिति: २८ भाद्र २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार पर्वत, २८ भदौ । सेवाप्रदायक कार्यालयबाट प्रवाह हुने सेवा सुविधा नागरिकलाई स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यले आयोजित एकीकृत घुम्ती शिविरमा १ हजार ५ सयभन्दा बढीले सेवा लिएका छन् । सदरमुकामसम्म आएर सेवा लिन नसकेका जिल्लाका छवटा गाविसलाई लक्षित गरी सोमबार थापाठाना गाविसमा सञ्चालन भएको शिविरमा १ हजार ५ सयभन्दा बढीले सेवा लिएका हुन् […]



 

 

 

 

 

 

 


ताजा अपडेट