‘रोयल स्टाफ ब्रुनाई पुनर्मिलन कार्यक्रम’ सम्पन्न

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

ब्रुनाईको रोयल प्यालेसमा लामो समय काम गरी अवकाश पाएका नेपालीहरुको संयुक्त आयोजनामा ‘रोयल स्टाफ ब्रुनाई पुनर्मिलन कार्यक्रम’ सम्पन्न भएको छ । राजधानीको जाउलाखेलमा रहेको थाईघर रेष्टुरेण्टमा संचालन गरिएको उक्त कार्यक्रममा काठमाडौं, पोखरा, झापा, धरान, चितवन, बुटवल, लमजुङ, भैरवा, स्याङ्जाबाट गरी ३५ जनाको उपस्थिति रहेको थियो ।

सागर थापाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा राम कुमार लिङ्देन प्रमुख अतिथि हुनुहुन्थ्यो । प्रकाश राईले संचालन गर्नु भएको पुनर्मिलन कार्यक्रममा ११ सदस्यीय सल्लाहकार समिति तथा सागर थापाको संयोजकत्वमा १५ जना कार्यसमिति गठन गरियो ।
पुनर्मिलन कार्यक्रमको मुख्य उद्देश्य परिवारका सदस्यहरुबीच सुमधुर सम्बन्ध स्थापना गर्ने, समाज तथा राष्ट्रका लागि सहयोग गर्ने साथै आगामी दिनहरुमा कार्यक्रमलाई अझ सफलताका साथ अगाडि बढाउने भनी सहमति भएको कार्यक्रम संचालक प्रकाश राईले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट