मनोरञ्जन
प्रकाशित मिति: १९ पुष २०७५, बिहीबार

काठमाडौं । गायिका जुनी खालिङ राईको पहिलो गीति एल्बम ‘जुनी’ विमोचन गरिएको छ । बुधबार नेपाली वाङ्मय परिषद्द्वारा राजधानीमा आयोजित समारोहमा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पाले गायिका राईको एल्बम ‘जुनी’भित्रका गीतहरू श्रुतिमधुर रहेको दाबी गर्दै गीत संगीतले समाजलाई परिवर्तन गर्ने सामथ्र्य राख्ने बताए । कार्यक्रममा गायिका लोचन भट्टराईले ‘गीत–संगीत मनोरञ्जनको साधन नभएर […]


प्रकाशित मिति: १७ पुष २०७५, मंगलवार

मुम्बई । क्यानडाको एक अस्पतालमा उपचाररत रहेका बलिउडका चर्चित कमेडियन अभिनेता कादर खानको निधन भएको छ । स्थानीय समयअनुसार खानको सोमबार साँझ सवा ६ बजेतिर क्यानडाको अस्पतालमा निधन भएको हो । खानका छोरा सरफराज खानले निधनको पुष्टि गरेका हुन् । लामो समयदेखि प्रोग्रेसिव सुप्रान्युक्लियर पाल्सी डिसअर्डरबाट ग्रसित ८१ वर्षीय खानको पछिल्लो समय बोलचाल समेत बन्द […]


प्रकाशित मिति: १६ पुष २०७५, सोमबार

मुम्बई । बिग बोस सिजन १२ को उपाधि दीपिका कक्कडले जितेकी छिन् । सलमान खान सञ्चालक रहेको टेलिभिजन रियालिटी शो बिग बोसको १२औँ संस्करणको उपाधि दीपिकाले हात पारेकी हुन् । आइतबार राति भएको फिनालेमा दीपिकाले भारतीय क्रिकेट टिमका पूर्व सदस्य रहेका एस श्रीसान्तलाई हराएर उपाधि जितेकी हुन् । विजेता बनेकी दीपिकाले ३० लाख भारतीय रुपैयाँ […]


प्रकाशित मिति: १५ पुष २०७५, आईतवार

काठमाडौं । बलिउड अभिनेता कादर खानको दिमागले काम गर्न बन्द गरेपछि उनलाई अस्पताल भर्ना गरिएको छ । लामो समयदेखि प्रोग्रेसिव सुप्रान्युक्लियर पाल्सी डिसअर्डरबाट ग्रसित ८१ वर्षीय खानको पछिल्लो समय बोलचाल समेत बन्द भएको बताइएको छ। उनका छोरा सरफराजलाई उदृत गर्दै भारतीय मिडियाले उल्लेख गरे अनुसार क्यानाडामा उपचाररत् रहेका कादर खानको अवस्था चिन्ताजनक अवस्थामा रहेको छ। […]


प्रकाशित मिति: १५ पुष २०७५, आईतवार

काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नेपाली गीत–संगीतका क्षेत्रमा अतुलनीय योगदान पु¥याएबापत दार्जिलिङकी प्रसिद्ध गायिका दावा ग्याल्मोलाई ‘प्रतिभा सम्मान’ र निबन्ध तथा अनुवादका क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत गोरखाका युवा लेखक तथा अनुवादक बलराम अधिकारीलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरेको छ । शनिबार प्रज्ञा भवन, कमलादी, काठमाडौंमा आयोजित विशेष समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि एवम् […]


प्रकाशित मिति: १३ पुष २०७५, शुक्रबार

काठमाडौं । लोकगायक बुद्धिकृष्ण लामिछानेको ६६ वर्षको उमेरमा निधन भएको छ । निमोनिया रोग लागेका उनको उपचार चलिरहेको थियो । उनले घाँस काट्ने खुर्केर आयो जोवान हुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेरलगायतका चर्चित गीत गाएका थिए। उनको शुक्रबार दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि अस्वस्थ लामिछाने भक्तपुरको चागुनारायण नगपालिकामा बस्दै आएका […]


प्रकाशित मिति: ६ पुष २०७५, शुक्रबार

काठमाडौं । चर्चित रियालिटी शो नेपाल आइडल सिजन-२ को उपाधि रवि ओडले जितेका छन् । ललितपुरस्थित नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको मैदानमा शुक्रबार साँझ भएको ग्राण्ड फिनालेमा अन्तिम ४ मा पुगेका रवि ओडले विजेताको उपाधि आफ्नो नाम गरेका हुन् । उपाधिसँगै रविले नगद २२ लाख र गोल्डेन माइक प्राप्त गर्दै विश्व भ्रमणको अवसरसमेत हात पारेका छन् […]


प्रकाशित मिति: ४ पुष २०७५, बुधबार

काठमाडौं । एकपटक सात एल्बम स्रोतामाझ ल्याएर चर्चामा आएका गीतकार डा. डीआर उपाध्याय ‘जुगौं जुग’ भन्दै आएका छन् । सनुप पौडेलको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको ‘जुगौं जुग जूनताराकी सहेली तिमी’ गीतको भिडियो लिएर स्रोतारदर्शकमाझ डीआर आएका हुन् । बसन्त सापकोटाको निर्देशन रहेको गीतको भिडियोमा डा. उपाध्याय आफैँ र रिचा थापा फिचरिङ छन् । […]


प्रकाशित मिति: ३ पुष २०७५, मंगलवार

काठमाडौं । उर्वरा फाउन्डेसन नेपालले पहिलोपटक ‘अन्तर्राष्ट्रिय साहित्यिक विशिष्ट नारी रत्न अवार्ड’को घोषणा गरेको छ । अमेरिकाको न्युयोर्कमा रहेर नेपाली साहित्यमा विशेष योगदान पु¥याए बापत वरिष्ठ साहित्यकार कमला प्रसाईंलाई पहिलो पटक सो अवार्ड प्रदान गर्ने निर्णय गरिएको छ । प्रसाईंका दुईवटा कविता संग्रह, एक गीति संग्रह र एक नाटक संग्रह प्रकाशित छन् । साहित्यकार प्रसाईं […]


प्रकाशित मिति: २ पुष २०७५, सोमबार

काठमाडौं । केही समयअघि भारतीय प्रकाशन पेन्गुइनबाट अंग्रेजी भर्सनमा बजारमा आएको अभिनेत्री मनिषा कोइरालाको पुस्तक ‘हिल्ड’ अब नेपालीमा अनुवाद हुने भएको छ। पुस्तकमा मनिषाले क्यान्सरले आफूलाई कसरी नयाँ जीवन दियो भन्नेबारे उल्लेख गरेकी छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा अभिनेत्री मनिषा र फाइन प्रिन्टका निर्देशक निरज भारीले पोखरामा आगामी साता (पुस ७-१० सम्म) हुने […]


प्रकाशित मिति: २ पुष २०७५, सोमबार

काठमाडौं । फिलिपिन्सकी क्याट्रिओना ग्रेले ‘मिस युनिभर्स-२०१८’ को उपाधि आफ्नो नाम गरेकी छन् । फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओना मिस युनिभर्सको ताज जित्ने फिलिपिन्सको चौथो सुन्दरी हुन् । थाइल्याण्डकको बैंककमा सोमबार भएको फाइनल प्रतिस्पर्धामा क्याट्रिओनाले मिस युनिभर्सको ताज जितेकी हुन् । फस्ट रनरअप दक्षिण अफ्रिका र सेकेन्ड रनरअप भेनेजुयलाका सुन्दरीहरु भए । नेपालबाट प्रतिनिधित्व गरेकी मनिता […]


प्रकाशित मिति: २८ मंसिर २०७५, शुक्रबार

काठमाडौं । साहित्यकार झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ कृतिमा आधारित चलचित्रको पोस्टर सार्वजनिक गरिएको छ । ६५ लाखमा निर्माण गरिएको चलचित्र ‘जीवन काँडा कि फूल’ विनोद विष्टले निर्माण गरेका हुन् । निर्माता विष्टले ६ वर्षको समयावधि लगाएर अनुसन्धान गरी चलचित्र निर्माण सम्पन्न गरेका हुन् । करिब दुई घन्टा समयावधिको उक्त फिल्मको छायाङ्कन धनकुटास्थित घिमिरेको […]


प्रकाशित मिति: २७ मंसिर २०७५, बिहीबार

काठमाडौं । बेलायतलाई कर्मथलो बनाएर कविता साधना गरिरहेका खोटाङका कवि देवेन्द्र खेरेस आफ्नो दोस्रो कविताकृति ‘कोलम्बस यात्रा’ लिएर आएका छन् । एक दशकअघि ‘रुङ्रीको बयान र नदी किनारा’ नामक पहिलो कविताकृतिबाटै आफ्नो पहिचान स्थापित गरिसकेका कवि खेरेसको ‘कोलम्बस यात्रा’को नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ कवि बैरागी काइँलाले नेपाली वाङ्मय परिषद्, नेपाल र नेपाली प्रतिभा […]


प्रकाशित मिति: २२ मंसिर २०७५, शनिबार

सान्या । मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा देलिओनले जितेकी छन् । मेक्सिकोकी सुन्दरी भेनेसाले अन्तिम ५ मा छानिएका थाइल्याण्ड, युगाण्डा, मेक्सिको, बेलारुस र जमैकामध्ये निर्णायक मण्डलको मन जित्दै मिस वर्ल्ड २०१८को ताज पहिरिएकी हुन् । युगाण्डाले मेक्सिको तथा थाइल्याण्डले सबैभन्दा बढी पब्लिक भोट पाएका थिए । थाइल्याण्ड की प्रतियोगी फर्स्ट रनर अप […]


प्रकाशित मिति: २२ मंसिर २०७५, शनिबार

काठमाडौं । चीनको सान्यामा हुने मिस वर्ल्ड-२०१८ तिर यतिबेला धेरैको कौतूहल मोडिएको छ, जहाँ नेपाल सुन्दरी श्रृंखला खतिवडा एक दाबेदार बनेर प्रतिस्पर्धा गर्दैछिन्।प्रतियोगिताको नतिजा शनिबार सार्वजनिक हुनेछ। तर त्यसअघि नै धेरै नेपालीहरूले उनको सहभागितालाई राष्ट्रिय गौरवको रूपमा लिएका छन्। विशेषगरी सामाजिक सञ्जालमा धेरैले उनलाई जितको शुभकामनासँगै आत्मबल उच्च राख्न सुझाव दिएका छन्। ट्विटरमा सुशील रानाभाटले […]



 

 

 

 

 

 

 


ताजा अपडेट