समाचार
प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल बैतडी, १२ फागुन । जिल्ला सदरमुकाम बैतडीमा दुई किलोमिटर चक्रपथ सडक निर्माण कार्य १९ वर्षपछि सम्पन्न भएको छ । विसं २०५४ सालमा सुरु भएको चक्रपथ निमार्ण कार्य स्थानीयवासीको अगुवाइ गरेपछि पूरा भएको हो । दशरथचन्द नगरपालिकाले सदरमुकामका मुख्य बजार गोठलापानी र शाहीलेक जोड्ने सडक निमार्ण कार्य थाले पनि थोरै बजेट र स्थानीयवासीबीच जग्गा […]


प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल धनुषा, १२ फागुन । साथी साथीबीच लेनदेनको कुरामा मनमुटाब हुदा साथीद्धारा घाँटी रेटी हत्या गर्ने प्रयास गरेका छन् । जनकपुर उपमहानगरपालिका–१४ धर्मटोल बस्ने १९ वर्षीय सुभाष भन्ने गौतमकुमार झालाई लाई उनकै दुई साथीहरुले बुधबार अपराह्न घाँटी रेटी हत्या गर्ने प्रयास गरेका हुन । धारिलो चक्कु प्रहारबाट घाँटीमा गम्भीर घाउ लागेका झाको जनकपुर अञ्चल […]


प्रकाशित मिति: ११ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल काठमाडौँ, ११ फागुन । बुधबारदेखि त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु भएको छ । त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीका अनुसार (आज) बुधबारदेखि निर्वाचन कार्य तालिकानुसार निर्वाचन प्रक्रिया सुरु भएको हो ।निर्वाचनका लागि आज देशभरका त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले स्ववियु निर्वाचन मतदानमा सहभागी मतदाताको नाम प्रकाशन गर्ने छन् […]


प्रकाशित मिति: ११ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल काठमाडौँ, ११ फागुन । बुधबार बसेको व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिका बैठकले काठमाडौँ–निजगढ द्रुत मार्गको काम छिटो हुनुपर्नेमा सांसदले माग गरेको छ । सांसदले ‘फास्ट ट्रयाक’ को काम ‘स्लो’ नगर्न माग गरेका हुन । द्रुत मार्गमा यस वर्ष छुट्याएको बजेट समेत अहिलेसम्म खर्च हुन नसकेको भन्दै सांसदले नामअनुरुप द्रुत रुपमा काम गरिनुपर्नेमा जोड दिए […]


प्रकाशित मिति: ११ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल काठमाडौँ, ११ फागुन । व्यवस्थापिका– संसद् अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा विकास खर्चको स्थिति र रकमान्तरका विषयमा उठेको प्रश्नको जवाफमा अर्थमन्त्रालयल पहिले पुँजीगत शीर्षकमा विनियोजन भएको रकम खर्च गरिसक्ने सुझाव दिएको छ । अर्थमन्त्रालय बजेट महाशाखाका प्रमुख मधु मरासनीले भने- ‘अहिलेसम्म झन्डै तीन सय अर्बको नयाँ कार्यक्रमका लागि रकम माग भई आएको छ, […]


प्रकाशित मिति: ११ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल सप्तरी, ११ फागुन । सप्तरीस्थित राजविराज नगरपालिका कार्यालयमा आज तोडफोड भएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले बन्दको अवज्ञा गरी कार्यालय खोलेको भन्दै राजविराज नगरपालिका कार्यालयमा तोडफोड गरेका छन् । मोर्चाका कार्यकर्ताले ढुँगा प्रहार गर्दा कार्यालयको झ्यालका सिसाहरु फुटेका छन् । यसतै आन्दोलनकारीहरुले कार्यकारी अधिकृत यादवराज सापकोटाको नेम प्लेट समेत बाहिर फुयालेका छन् । […]


प्रकाशित मिति: ११ फाल्गुन २०७३, बुधबार

काठमाडौँ, ११ फागुन । विजय सम्बाहाम्फेको अध्यक्षतामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालको तेह्रौँ राष्ट्रिय महाधिवेशनले ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । निर्वाचित अध्यक्ष सम्बाहाम्फे १२० मत अन्तरले विजयी भएका हुन । कुल १ हजार ६२३ मतमध्ये गएराति सम्पन्न मतगणनाको परिणाम अनुसार सम्बाहाम्फेले ८७१ र उनका निकटतम प्रतिद्वन्द्वी टीकाराम पुरीले ७५१ मत ल्याए […]


प्रकाशित मिति: ११ फाल्गुन २०७३, बुधबार

रिपोर्टर नेपाल काठमाडौं, ११ फागुन । जाउलाखेलको चिडियाखानालाई भक्तपुरको सूर्यविनायक सार्ने तयारी भइरहँदा सरकारले तनहुँमा नेपालकै सबैभन्दा ठूलो चिडियाखाना स्थापना गर्ने भएको छ । सरकारले तनहुँको भानु-घाँसीकुवा नगरपालिकाको वन क्षेत्रमा ‘प्राणी उद्यान’ सञ्चालन गर्ने निर्णय गरेको हो । यसबारे मन्त्रिपरिषद बैठकले औपचारिक निर्णय गरिसकेको छ । वन तथा भूसंरक्षण मन्त्रालयका सहकाय प्रवक्ता यज्ञनाथ दाहालका अनुसार […]


प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल काठमाडौं, १० फागुन । पूर्वअर्थमन्त्री एवम सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन भाइरल ज्वरो आएपछि अस्पताल भर्ना भएका छन् । धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा पुनको उपचार भइरहेको छ । उनी अहिले नर्सिङ केयर र मोनिटरमा छन् । उनी गत वर्ष मात्र जण्डिस बिग्रिएपछि भारतको नयाँदिल्ली र थाइल्याण्डको बैंककमा लगेर उपचार गरिएको थियो […]


प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल बाजुरा, १० फागुन । गएको असारबाट सञ्चालनमा आउने भनिएका नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराको रक्त सञ्चार सेवा केन्द्र नौ महिना बितिसक्दा पनि सञ्चालनमा आएको छैन । जिल्ला शाखा बाजुराको समन्वय तथा जिल्ला स्वास्थ्य कार्यालयसँगको सहकार्यमा सञ्चालन हुने लागेको सो रक्त सञ्चार सेवा केन्द्र नौ महिना बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको हो । […]


प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल जुम्ला, १० फागुन । एक तथ्याङ्क अनुसार जुम्लाका चार प्रतिशत बालबालिका विद्यालयको पहुँचबाट बन्चित रहेको सार्वजनिक भएको छ । सोमबार जिल्ला शिक्षा कार्यालय जुम्लाले ‘भर्ना अभियान र यसको औचित्य’ कार्यपत्र सार्वजनिकीकरण कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरेको हो । शाखा अधिकृत महेश देवकोटाले प्राथमिक तहमा तीनदेखि चार प्रतिशत बालबालिका अहिले पनि विद्यालय पहुँच बाहिर […]


प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल इटहरी, १० फागुन । मंगलबार १०० भन्दा बढी सैनिक जनशक्तिल बृहत् सरसफाइ अभियान सम्पन्न गरेका छन् । नेपाली सेनाका पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गत रहेको बटुक दल गणका प्रमुख सेनानी शुलभ खड्काको नेतृत्वमा इटहरी उपमहानगरपालिकामा रहेको बूढीगङ्गा जमुना धार्मिक तीर्थस्थल क्षेत्रको मन्दिर परिसर, शव दाहस्थल र बूढीगङ्गा जमुना नदी क्षेत्र समेतको सफाइ गरेका हुन […]


प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल काठमाडौँ, १० फागुन । सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको उपलक्ष्यमा ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रम हुने भएको छ । सैनिक मञ्च टुँडिखेलमा यस्तो ब्यान्ड कन्सर्ट पहिलो पटक हुन लागेको हो । यही फागुन १३ गते शिवरात्रिको दिन गौरवमय इतिहास र परम्परा बोकेको सङ्घीय गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले मुलुकभर ‘सेना दिवस’ मनाउँदैछ […]


प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल महोत्तरी, १० फागुन । महोत्तरी जिल्लाको सम्सी गाविसमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसारसम्सी गाविस–१ बस्ने शेष इस्तियाकी पत्नी २५ वर्षीया नसरीन खातुनको मृत्यु भएको हो । रोजगारीको सिलसिलामा पति खाडीमुलुकमा रहेका र नसरीन आफ्ना दुई साना छोरासँग बस्दै आएकी थिइन । प्रहरीका अनुसार गएराति आफ्नै घरमा […]


प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलवार

रिपोर्टर नेपाल दाङ, १० फागुन । दाङका धुव्रराज श्रेष्ठले पाण्डवेश्वर मन्दिर, धारापानीमा आफ्ना बुबाआमाको स्मृतिमा धर्मशाला निर्माण गरेका छन् । मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष श्रीधर पौडेलका अनुसार दाङ घोराही निवासी श्रेष्ठले रु एक करोडको लगानीमा भवन निर्माण गरेको छ । भवनमा आठवटा कोठा रहेका छन् । कोठामा बस्नका लागि आवश्यक सामग्री समेत राखिएको छ । त्यसैगरी, […]



 

 

 

 

 

 

 


ताजा अपडेट