रिपोर्टर नेपाल समाचार
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तोलाको ९४ हजार २०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला एक सय रुपैयाँले घटेको हो ।
आज तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएरहेको छ । यस्तै, आज चाँदी प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।