हिमालय अन्तर्राष्ट्रिय अवार्डमा यी स्रष्टाहरु सम्मानित

प्रकाशित मिति: १० माघ २०७७, शनिबार

काठमाडौं । ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड-२०७७’ मा वरिष्ठ सङ्गीतकार राजु सिंहलाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ ।‘कला संस्कृतिको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित शुक्रबार राजधानीमा सम्पन्न भएको अवार्ड समारोहमा पत्रकारद्य अनन्त वाग्ले र कुवेर गिरीलाई नगदसहित रङ्ग पत्रकारिता सम्मान प्रदान गरिएको थियो।

अवार्ड समारोहमा व्यवसायी ढण्डबहादुर अधिकारी, प्रोडक्सन डिजाइनर यमप्रसाद ओली, कलाकार सरिता राजोपाध्याय, निर्देशक तथा कलाकार ओम प्रतिक, निर्देशक राजु गिरी, राष्ट्र सेवक कर्मचारी सुशिला ढकाल, नृत्य निर्देशक सुनिता बस्नेतलाई सम्मान गरिएको थियो भने कीर्तिमानी सम्मानबाट निर्देशक माधवराज खरेल, कमला कुमारी जोशी, पूर्णबहादुर राईलाई सम्मान गरिएको थियो ।

अवार्ड समारोहमा सर्वोत्कृष्ट आधुनिक गीत अवार्ड अञ्जु पन्त (कान्छा कान्छी) सर्वोत्कृष्ट गायक शिव परियार (आँशुको अर्थ–३, तिमीले पो सक्यौ होला), सर्वोत्कृष्ट आधुनिक वर्ष गीतकार डा.डीआर उपाध्याय (छोरी विदाई आफ्नै छातिबाट ढुकढुकी टाढा हुने बेला भो), सर्वोत्कृष्ट गीतकार अमर वान्तु (आए म त तिम्रो शहर), सर्वोत्कृष्ट लोकआधुनिक गीतकर जनक रावल (भुल्यौकी मायाले गोठालोमा गएको मेलापात धाएको), सर्वोत्कृष्ट आधुनिक गीत रचनाकार हरि उप्रेती (वल्ली होइन पल्ली), सर्वोत्कृष्ट आधुनिक गीत सङ्गीतकार विकास चौधरी (वल्ली होइन पल्ली) जुरी अवार्ड सङ्गीतकार सन्तोष श्रेष्ठ (एक्लो उदास जवानी), सर्वोत्कृष्ट राष्ट्रिय गीत गायक चेतन सापकोटा (बुद्ध पठाइदेऊ), सर्वोत्कृष्ट राष्ट्रिय गीत रचनाकार शोभा केसी (माया गरौ माया गरौ)लाई अवार्ड प्रदान गरिएको थियो ।

यसैगरी लोकगीत बैनी झ्यालैमाबाट सार्वोत्कृष्ट मोडल बहिरा कलाकार सुजल बम, यसै गीतबाट इनकरेजमेन्ट अवार्ड बहिरा कलाकार श्रद्धा भुसाल, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक आदित्य बुढाथोकी (ढुंगामुडा), सर्वोत्कृष्ट युगल गायन योगश काजी र सारिका घिमिरे (हेल्लो), दृष्टिविहिन सङ्गीतकार रमेश सुवेदी इनकरेजमेन्ट अवार्ड (सेतो छडी), गायक पदम राई जुरी अवार्ड (के गुलियो छ र सखर चिनी), सर्वोत्कृष्ट भोजपुरी गायक श्यामकुमार मिश्रा (तु जान हमार), सुरज पौडेल आधुनिक पप गायक जुरी अवार्ड (लव लव), धमेन्द्र तिमिल्सिना (क्षितीज) गीतकार इनकरेजमेन्ट अवार्ड (के भो र), गायिका उषा मालाहा (सिम्रन) नवगायिका अवार्ड (झापाको सुपारी)बाट अवार्ड प्राप्त गर्न सफल भए।

विमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालद्वारा आयोजित अवार्ड समारोहमा विमेन्स ग्रुपकी अध्यक्ष प्रतिमा राई र अवार्ड कार्यक्रमका अध्यक्ष गणेश सुवेदीको सभापतित्व रहेको थियो । कार्यक्रममा निर्माता संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघका नवनिर्वाचित केन्द्रीय सदस्य आकाश अधिकारी, गीतकार संघका उपाध्यक्ष बसन्त वित्यासी थापा, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, वरिष्ठ कलाकार लय संग्रौला, नेपाल टेलिभिजनकी नायब महाप्रबन्धक आरती चटौत, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य टेकबहादुर बम, वरिष्ठ कलाकार उत्तम केसी, गायक सीताराम पोख्रेललगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।

अवार्ड समारोहमा अतिथिहरूले कला संस्कृतिका सर्जकहरूको सम्मानका लागि गरिएको यस्ता अवार्डले यसमा संलग्न सर्जकहरूलाई अझ प्रोत्सान मिल्ने बताएका थिए । कार्यक्रमको निर्देशकमा भीष्मराज फुलारा र संयोजकमा गीता अधिकारी रहेका थिए भने सहजीकरण सञ्चारकर्मी दीपज्योति थापाले गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट