चन्द्रागिरि हिल्सको आईपीओ पुस २४ देखि

प्रकाशित मिति: १७ पुष २०७७, शुक्रबार

काठमाडौं । चन्द्रागिरि हिल्सले सर्वसाधारणका लागि धितोपत्रको प्रराम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुल्ला गर्ने भएको छ ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ । चन्द्रागिरि हिल्सले यसअघि आयोजना प्रभावित काठमाडौं र मकवानपुरका बासिन्दाका लागि आईपीओ निष्कासन गरिसकेको छ ।

आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्‍नेछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँबराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

जसमध्ये ४ प्रतिशत अर्थात् ६१ हजार ३६४ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेर बाँकी १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । उक्त आईपीओ छिटोमा पुस २८ गते र उक्त समयमा पर्याप्त आवेदन नपरे माघ ९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट