रिपोर्टर नेपाल समाचार
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१५ निवासी ४६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
ज्वरो आएर मंगलबार मात्रै अस्पतालमा भर्ना भएका ती पुरुषको बुधबार बिहान ६ बजे कोभिड विशेष वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको हो ।
मधुमेहका रोगी रहेको ती पुरुषको १८ गते स्वाब संकलन गरिएको र १९ कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
उनको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ।