नेपाल सुनचाँदी शिल्प व्यवसायी संघको १०औँ वार्षिकोत्सव (भिडियोसहित)

प्रकाशित मिति: २५ पुष २०७६, शुक्रबार

काठमाडौं । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले आफ्नो १०औँ वार्षिकोत्सव, साधारण सभा तथा ज्वेलरी प्रदर्शन भब्यरुपमा सम्पन्न गरेको छ । गत शनिबार राजधानीको नयाँबजारमा सम्पन्न १०औँ साधारणसभा तथा ज्वेलरी फेशन शो मा साधारण सभाका साथै ज्वेलरी प्रदर्शन पनि गरिएको थियो ।

विभिन्न पहिरन अनि आभूषणमा सजिएका मोेडलहरुले विभिन्न डिजाइनका गहनाहरुको प्रहदर्शनी गरेका थिए । युवा व्यवसायी नविनरत्न शाक्य संस्थापक अध्यक्ष भएर उदाएको यो संस्थाका हालका अध्यक्ष युवा व्यवसायी टंक बराईली हुन् । शिल्प व्यवसायी संघको अध्यक्षको रुपमा भूमिका निर्वाह गर्दै आएका बराईली पुख्र्यौली पेशा सुनचाँदीलाई अझ व्यवस्थित र वैज्ञानिक गरेर लैजानुपर्छ भन्ने मान्यताले विगत २० वर्षदेखि यो क्षेत्रमा क्रियाशिल रहँदै आएका छन् ।

संघमा साधारण सदस्यको रुपमा प्रवेश गरेका उनी मिजासिलो र विश्वसनिय व्यवहारका कारण उपाध्यक्ष हुँदै संस्थाको अध्यक्ष भएर कार्यरत छन् । अहिले सुनमा बढाइएको भन्सारदरले कालोबजारीलाई प्रसय दिने हुँदा यसमा राज्यले भन्सार दर घटाएर व्यवसायीलाई राहत दिनुपर्नेमा अध्यक्ष बराईली जोड दिन्छन् । स्थापानाको एक दशक भनेको कुनै पनि संस्थाको लागि गर्विलो पाटो भएको सम्झिदै उनले विगतमा यो व्यवसायमा अनेकन समस्याहरुसँग सिंगौरी खेल्दै यहाँसम्म आइपुगेको बताए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट