आन्तरिक पर्यटकको अबको गन्तब्य ‘हतुवागढी’ (भिडियो अन्तर्वार्ता)

प्रकाशित मिति: १६ पुष २०७६, बुधबार

हतुवागढ़ी गाउँपालिका प्रदेश नं १ को भोजपुर जिल्लामा अवस्थित छ । भोजपुर जिल्लाको पूर्वी दक्षिण सिमानामा अवस्थित पूर्व–दक्षिणमा धनकुटा, दक्षिणमा उदयपुर, पश्चिममा आमचोक गाउँपालिका र उत्तर–पूर्व तर्फ रामप्रसाद राई गाउँपालिका र पौवादुम्मा गाउँपालिकासँग जोडिएको यो पालिका देशकै किरातहरुले शासन गरेको ऐतिहासिक भूमिको रुपमा प्रसिद्ध छ । समुन्द्री सतहदेखि लगभग १५४० मि उचाईमा अवस्थित यो स्थानको क्षत्रफल १४२.६१ वर्ग कि.मी. रहेको छ ।

यहाँको कुल जनसंख्या २० हजार ४०४ छ भने साबिकका ६ गाविस (रानीबास, होम्तंग, खैरंग, सिन्द्रंग, पात्लेपानी, हसनपुर) मिलि अहिलेको पूर्ण हतुवागढ़ी गाउँपालिका निर्माण भएको छ । पृथ्वीनारायण शाहको नेपाल एकीकरणका क्रममा हतुवागढीका राजालाई पराजयको क्रममा युद्ध भै रगत बगेर मिसिएको स्थान हतुवागढी भएको मानिन्छ । यसै स्थानमा नेपालको विशाल नदि अरुण, तमोर दुधकोशी, सुनकोशी, भोटेकोशी, इन्द्रावती, लिखुहरुको समागम थलो भै सप्तकोशीको निर्माणथलोको रुपमा पनि प्रसिद्ध मानिन्छ ।

प्रेम कुमार राई हतुवागढी गाउँपालिकाका अध्यक्ष हुन् । २०२२ सालमा जन्मेका अध्यक्ष राई २०४३ सालदेखि निरन्तर राजनीतिमा होमिएका छन् । एसएलसी दिएर शिक्षण कार्य सुरु गरेका राईले करिब २५ वर्ष शिक्षण पेशामा बिताएको बताउँछन् । राजनीति सँग सँगै सामाजिक कार्यमा पनि रुचि राख्ने राईले आफू शिक्षक हुँदादेखि नै बाटो बनाउने, खेलकुद, साँस्कृतिक कार्यक्रमका साथै विभिन्न संघसंस्थामा आबद्ध भएर काम गरिसकेका छन् । वि.सं २०७० वैशाखदेखि एमालेको जिल्ला अध्यक्ष रहेका राई पार्टी एकतापछि पनि नेकपाको जिल्ला अध्यक्ष नै रहेर काम गरे ।

हतुवागढी गाउँपालिकामा पर्यटनका विभिन्न संभावनाहरु रहेका र आफूले त्यसको विकास र प्रवद्र्धनका लागि निरन्तर काम गर्दै आएको उनी बताउँछन् । सरकारले नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सफल पार्न अध्यक्ष राई पनि आफ्नो स्थानबाट सक्दो सहयोग गर्न जुटेका छन् । आज हामीले उनै हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईसँग भ्रमण वर्ष लगायत हतुवागढीको विकासका बारेमा केन्द्रित रहेर कुराकानी गरेका छौं । प्रस्तुत छ वहाँसँगको कुराकानी :


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट