पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गरेरै छाड्ने देउवाको प्रतिबद्धता

प्रकाशित मिति: २१ मंसिर २०७६, शनिबार

बुटवल । कांग्रेस सभापति शेरबहादुर देउवाले अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने बताएका छन् ।

कांग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो नगर भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गरेरै छाड्ने बताए । उनले खोलामा कहिले बाढी आउँछ, कहिले सुक्छ भन्दै कांग्रेस मतमा केही कमजोर देखिए पनि सधै यस्तो अवस्था नरहने जिकिर गरे ।

हालै सम्पन्न उपनिर्वाचनमा कांग्रेसले विशेष गरी धरानमा कम्युनिष्टको लालकिल्ला तोड्न सफल भएको देउवाले बताए । ‘विगतदेखि पार्टीले पराजय भोग्दै आएको स्थानमा चुनाव जित्नु ठूलो सफलता होे’, उनले भने ।

कास्की र दाङमा सहानुभूतिका कारण पनि नेकपाका महिला उम्मेदवारहरु निर्वाचित भएको उनको भनाइ थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट