दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो

प्रकाशित मिति: १९ भाद्र २०७६, बिहीबार

काठमाडौं । दुग्ध विकास संस्थानले दुधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको छ । कृषि मन्त्रालय र दुग्ध विकास संस्थानले गठन गरेको कार्यदलको सिफारिस अनुसार दुधको मूल्यवृद्धि गरिएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउन संस्थानलाई बिहीबार पत्राचार गरेको थियो । नयाँ मूल्य अनुसार उपभोत्ताले अब एक लिटरको दुधका लागि ७६ रुपैयाँ तिर्नेछन् । कृषकहरुले लागत बढेको भन्दै मूल्य बढाउन दवाव दिएपछि सरकारले कार्यदल गठन गरेको थियो ।

शुक्रबार बजार पठाउन दूधको प्याकेजिङ भइसकेका कारण २१ गते शनिबारबाट लागू हुने गरी दुधको मूल्य बढाइएको संस्थानका सूचना अधिकारी सुभाषप्रसाद भट्टराईले बताए ।संस्थानकाअनुसार बढेको मूल्यको ६९ प्रतिशत अर्थात ४ रूपैयाँ १६ पैसा किसानले पाउने छन् भने ३१ प्रतिशत अर्थात १ रूपैयाँ ८४ पैसा व्यवसायीले ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट